
खड्ग न्यौपाने
जर्मन इतिहासकारहरूका अनुसार, डच नामको उत्पत्ति मध्य उच्च जर्मन शब्द मूल रूपमा ‘आहार’ (जस्तै, डाइटमार, डाइट्रिच) र पूरानो उच्च जर्मन शब्द ‘डायट’ मा पत्ता लागेर टुङ्गिएको पाइन्छ । ‘डायट’ शब्दको विशेषण ‘ड्युटिस्क’ हुँदै यसको अर्थ पूरानो उच्च जर्मनमा ‘मानिसहरू’ र ‘मानिसहरूसँग सम्बन्धित बुझिन्छ । जर्मनी नाम कहिले आयो ? भन्ने सन्दर्भमा जर्मन विकिपेडियालाई स्रोतको रुपमा लिन सकिन्छ । जर्मनी शब्द १५औं शताब्दीदेखि प्रयोग गरिएको बताइन्छ । प्रसिद्ध जर्मन इतिहासकार गोल्डेन बुलको पुस्तक फ्रान्कफर्ट अनुवादमा सन् १३६५ तिर यसलाई डट्सचेलान्ट लेखेको पनि पाइन्छ ।
यो देशको नामको ऐतिहासिक उत्पत्तिको रोचक कारण भाषामा पनि छ, भनिन्छ । जर्मनीको लागि अंग्र्रेजी शब्द ‘जर्मनी’ ले अझै पनि जर्मनहरू जर्मनहरूबाट आएको हो भनेर बुझाउँछ । फ्रान्कहरू जर्मनहरूको बीचमा ठूलो संख्यामा जनजाति थिए ।
जर्मनीपूर्ण जर्मनी :
ईशा पूर्व ८४३ तिर सिमाना सम्बन्धी भएको विवादलाई लिएर आपसमा लामो समयसम्म लडाइँ हुँदा सर्वसाधारण लगायत दशलाख सैनिकहरू दोहोरो भिडन्तमा मारिए । पछिल्लो केही समयपछि फ्रान्सको हालको सानो शहर) को सन्धिले राज्यलाई पश्चिम र पूर्वी भागहरूमा विभाजित गरियो । भाषा र देशको सीमा सम्बन्धी विभाजनको लागि शुरुका केही वर्षहरूमा आपसमा मिलेर जाने सम्झौता भयो र त्यसपछि सदाका लागि जर्मनी र फ्रान्सका राज्यहरू दुई क्षेत्रहरूबाट शासित र विकसित हुँदै गए ।
● जर्मनहरूको आगमनको शुरुवात ईशा पूर्व ७ देखि १०औं शताब्दीको बीचमा भएको पाइन्छ । तिनीहरू बहुसांस्कृतिक, बहुजातीय मिश्रणबाट आफ्नो पहिचानका साथ आए । त्यसताका उनीहरू प्रायजसो राइन, डोनाउ र ओडरको आसपासमा बसेका जर्मनहरूमध्ये कम प्रतिशत मात्र जर्मनिक हुन् भन्ने आनुवंशिक विश्लेषण प्रयोगशालाले गरेको अध्ययनले यस्तो दाबी गरेको हो ।
यस अनुसार बाँकी प्रतिशत पूर्वी यूरोपेलीहरूका वंशज हुन् ।
डचको स्थापना !
मूलका जर्मन बोल्ने पहिलो व्यक्ति ट्यूटन्स थिए । रोमीहरूले जर्मनहरूलाई धेरै र भिन्न भिन्न जनसंख्याका समूहहरू विभाजन गरेर ठूला नदीहरू राइनभिस्टुला र डोनाउको बीचमा साथै उत्तरी सागर र बाल्टिक सागरको तटहरू धेरै ठूलो क्षेत्र लगभग मध्ययूरोप र उत्तरी युरोपको दक्षिणी भागहरूमा आजपर्यन्त बसोबास गर्छन् । जेडडीएफका अनुसार, जर्मनहरूका पुर्खाहरू सायद यूरेशियामा बस्थे । लगभग ईशापूर्व १००० तिनीहरूमध्ये केही बाल्टिक सागर र आल्पस बीचको वस्ती क्षेत्रमा पुगे र शताब्दीयौंदेखि डेन्युब, भिस्टुला र स्क्यान्डिनेभियासम्म फैलिए । ट्युटनहरू मुख्यतया आज डेनमार्कमा बस्ने मानिसहरू थिए । जर्मनहरूले २,५०० वर्ष पहिले आफ्नो भाषा विकास र विस्तार गरेर क्रमशः आफूहरूलाई अन्य मानिसहरूबाट अलग गरे ।
● जर्मनहरू भन्दा पहिले जर्मनीमा रोमीहरूले आफ्नो साम्राज्यको क्षेत्रको उत्तरी भागमा रहेका जनजातिहरूलाई ‘ट्युटन्स’ भनिन्थ्यो । यस क्षेत्रमा फ्रिसियनहरू, चौसियनहरू, सिम्बरी, ट्युटनहरू, स्वेबियनहरू, लोम्बार्डहरू ः चाउसिएन, सिम्वारी, टेउटन, स्वावियन लोम्वाडहरु समावेश भएका क्षेत्रहरूलाई आर्मिनियस हर्मनले ९ एडीमा भारुसको अधीनमा रोमीहरूको विकास विस्तार र प्रगतिलाई समेत रोक लगाएका थिए ।
●जर्मन जनजातिहरू ४७६ प्रकारका मानिएको भएपनि जर्मनीमा ६ मुख्य जनजातिहरूको रूपमा क्रमशः फ्रान्कोनिया, थुरिंगिया, अलेमान्नी, बाभेरिया (तल्लो क्षेत्र) सक्सोनी र फ्रिजियनहरू जर्मनहरू एकतावद्ध भएर बसोवास नगरेका हुनाले उनीहरू कहिल्यै पनि अस्तित्व र स्वतन्त्र रूपमा थिएनन् । बरु, जो राइन, डोनाउ र मिस्टुला क्षेत्रको आसपासमा बस्ने केही निश्चित जनजातिहरूको लागि सामान्य अवस्था थियो । यी जनजातिहरूले साझा राज्य र शासक बनाएका थिएनन् र तिनीहरूको साझा पहिचान पनि थिएन ।
जर्मनीको नाम :
जर्मनीको नाम, कहिले र कसरी रहन गयो ? भन्ने सन्दर्भमा अथवा जर्मनीलाई अर्को नाममा किन डचल्याण्ड पनि भनिन्छ ? भन्ने जस्ता सामान्य जिज्ञासाका लागि सामान्य जवाफ लेख्ने प्रयास गरिएको छ । सामान्यतया, डचल्याण्ड वा लाई अन्तर्राष्ट्रिय भाषामा जर्मनी वा अंग्र्रेजीमा पनि भनिन्छ । तर विभिन्न देशका आ–आफ्नै भाषा र बोलीअनुसार बेग्लाबेग्लै नामले चिनिन्छ र बुझिन्छ तर यो नामको जन्मकालमा वा सुरुको समय विन्दुमा पुग्नको लागि, बुझ्न र छुट्याउन पहिलो कुरो यो पनि जरुरी छ कि डचल्याण्ड अर्को शब्दमा, जर्मनहरूले आठौं शताब्दीको समयकालमा उनीहरूले आफ्नो देशलाई चिनाउने र चिनिन प्रयोग गर्ने नाम थियो रे । त्यसो त, डचल्याण्ड वा जर्मनी नामको उत्पत्ति त्यसको इतिहास धेरै सरल पनि छ भनिन्छ । डच शब्द पूरानो तथा उच्च जर्मनमा डिउटिसबाट आएको आगन्तुक शब्द हो । जसको अर्थ ‘मानिसहरूको’ हो भन्ने बुझाइ छ भनिन्छ । यसका साथै अर्को शब्दमा, डचल्याण्डको मुख्य अर्थ ‘जनताको भूमि’लाई बुझाउँछ किन जर्मनीलाई ती सबै अन्य नामहरू भनिन्छ ? धेरै अवस्था विभिन्न कालखण्डहरूमा, अन्य भाषाहरूले जर्मनीलाई दिएका नामहरू विशेष जर्मनिक जनजातिको प्रत्यक्ष र पहिलो पटक सम्पर्कमा आएका थिए । किनभने भूगोलको हिसाबले जर्मनी यूरोपको केन्द्र भागमा अवस्थित भएको साथै भौगोलिक रूपमा फरक–फरक किसिमका मानिसहरूसँग सम्पर्कमा आवतजावत गर्न सक्ने अवस्था र अनुकूल थियो । उदाहरणका लागि, रोम साम्राज्यका रोमीहरूले यस क्षेत्रको भूगोललाई ‘जर्मेनिया’ भनेर नामकरण गरे आफ्नो भाषामा प्रयोग गर्नथाले । जुन बेलाको, नजिकै रहेको विशाल क्षेत्र नदीपारिका ‘जर्मनिक’ जनजातिलाई आधुनिक युगमा जर्मनी भनिन थालियो । यो नाम ‘छिमेकी’ वा ‘जङ्गलका मानिसहरू’ भन्ने अर्थ हो भनेर मानिन्छ । स्पेनिस र फ्रेन्च ल्याटिन–व्युत्पन्न भाषाहरूले जर्मनीलाई ‘अलेमानिया’ र ’एलेमाग्ने’ भन्दछन् । यो नाम एलेमाग्नेबाट आएको हो ।
अर्को समूह जर्मन जनजाति जुन आधुनिक युगमा छिमेकी देश स्विट्जरल्याण्ड नजिकैको कुनै भागमा बस्ने गर्दथे । छैठौं शताब्दी पूर्वी तथा मध्ययूरोप, पूर्वी यूरोप र दक्षिणी यूरोपतिर बस्दै आएका दास (स्लाविकहरूको ठूलो समूहले रमाइलो तर, हाँसोको विषयमा राखिदिएको नाम भन्ने बुझिन्छ । यसको अर्थ ‘मौनहरू’, ‘अस्पष्ट’ वा ‘बुझ्न गाह्रो’, ’नबोल्नेहरू’ भन्ने बुझिन्छ । सन् ९०० देखि १८०६ का नौसय वर्ष अन्तरालमा, जर्मनी (क्याथोलिकहरूको भाषामा) पवित्र रोमन साम्राज्यको क्षेत्राधिकारभित्रको हिस्सा रहेको थियो भनिन्छ ।
जर्मनीको भूवनोट :
भूगोलको परिभाषा, यसको प्रकार, इतिहास र तथ्यका बारेमा ५ औं शताब्दी ईसापूर्वमा ग्रीक दार्शनिक र विश्वयात्री हेरोडोटसले प्रदर्शन गरे जस्तै नयाँ र विदेशी ठाउँहरूको बारेमा ज्ञानका भण्डारहरू निर्माण गरिएको थियो । त्यो ज्ञान भूगोलको रूपमा चिनिन थाल्यो, जुन शब्द पहिलो पटक ईसापूर्व तेस्रो शताब्दीमा साइरेनको पुस्तक जियोग्राफिकाको इराटोस्थेनिसको शीर्षकको रूपमा प्रयोग गरिएको थियो ।
प्राचीन ग्रिक विद्वान् इराटोस्थेनिस लाई ‘भूगोलका पिता’ भनिन्छ । बहु–प्रतिभाशाली पनि थिए । भूगोल (ग्रिक भाषामा “जियोग्राफिका’’ शब्द प्रयोग गर्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्थ्यो र उहाँसँग ग्रहहरू सम्बन्धी साना साना धारणाहरू थिए जसले इराटोस्थेनिस लाई पृथ्वीको परिधि निर्धारण गर्न मद्दत गरेको थियो, भनिन्छ ।
वर्गीकरणअनुसार भूगोलको तीन मुख्य विशेषताहरू रहेका छन् जसमध्ये, (१) भौतिक भूगोलः प्रकृति र मानिसहरू वा वातावरणमा पार्ने प्रभावहरू, (२) मानव भूगोलः मान्छेसँग सम्बन्धित र (३) वातावरणीय भूगोलः मानिसहरूले वातावरणलाई कसरी हानी वा संरक्षण गर्न सक्छन् ।
यूरोपको बारेमा महत्वपूर्ण भौगोलिक तथ्यहरूमा, उत्तरमा आर्कटिक महासागर
जुन यहाँ औस एकलिपश्चिममा एट्लान्टिक महासागर दक्षिणमा भूमध्यसागरले युरोपलाई तीनतिरबाट जलस्रोतले घेरेको छ । युरोपलाई यो क्यास्पियन सागर र उरल पर्वतहरू एशिया महादेशबाट छुट्याइएको छ । सोही अनुसार भौगोलिक शब्दमा नर्वे स्विडेन, आइसल्याण्ड र डेनमार्कलाई एकसाथ ‘स्क्यान्डिनेभिया’ पनि भनिन्छ ।
यूरोप महादेशलाई चार प्रमुख भौगोलिक क्षेत्रहरूमा विभाजन गरिएको छ, जुन पश्चिमी अपल्याण्ड उत्तर युरोपेली मैदान, केन्द्रीय अपल्याण्ड, र अल्पाइन पर्वतहरू ।
पृथ्वीको ९० प्रतिशत जनसंख्या उत्तरी गोलार्धमा बस्छन् । तर जर्मनी भूमध्येरेखाबाट उत्तरपश्चिम गोलार्धमा पर्ने यो देशको भूगोल ठूलो छ । यो देश ४७ देखि ५५ डिग्री उत्तर अक्षांश र लगभग ६ देखि १५ डिग्री पूर्वी देशान्तसम्म फैलिएको छ ।
जर्मनीको भूगोल संघीय गणतन्त्र जर्मनीको राष्ट्रिय क्षेत्रको भौतिक प्रकृतिको साथै यसमा बस्ने ठाउँ र यसका बासिन्दाहरू बीचको अन्तरक्रियाको विवरण हो । जर्मनीको राजधानी बर्लिनबाट सिमानासँग जोडिएका छिमेकी देशहरूमध्ये, अस्ट्रिया (सीमा लम्बाइः ८१८ किमी), चेक गणतन्त्र (सीमा लम्बाइः ८१८ किमी), नेदरल्याण्ड्स (सीमा लम्बाइः ५७६ किमी), पोल्याण्ड (सीमा लम्बाइः ४६९ किमी) र फ्रान्स (सीमा लम्बाइः ४५५ किमी), स्विट्जरल्याण्ड (सीमा लम्बाइः ३३३ किमी) पर्दछन् ।
जर्मनीको सिङ्गे भू–वनोट र भौगोलिक विशेषताहरू फरक प्रकारका छन् ः दक्षिणमा अग्ला पहाडहरू, उत्तरमा बालुवा मैदानहरू, जङ्गली पहाडहरू, घना जनसंख्या भएको, पश्चिममा, र पूर्वमा खेतबारीको फराकिलो मैदानहरू । समग्रमा, यद्यपि यो तुलनात्मक रूपमा समतल भूमि हो, र समुद्री सतहबाट २६३ मिटरको औसत उचाइ र केवल २,९६३ मिटरको उच्चतम् विन्दुमा रहेको छ । जर्मनीको एकतिहाइ जङ्गल र जङ्गलले ढाकिएको छ ।
जर्मनीका चार भौगोलिक क्षेत्रहरू उत्तरी जर्मन तल्लो भूमि, मध्य जर्मन अपल्याण्ड, दक्षिणी जर्मनी, अल्पाइन फोरल्याण्ड र आल्प्स हुन् ।
जर्मनी युरोपको सबैभन्दा ठूला देशहरूमध्ये एक हो । दक्षिणको अग्लो पहाड, पश्चिममा रहेका जङ्लका मा पर्छन ।
जर्मनीमा हिमालहरू छैनन् । सम्म परेकाहरू पनि छैनन् । पुरेनावर, खेतीयोग्य जमिनहरू, जलहरू पहाडी राज्य दक्षिण पश्चिममा पर्ने बाबारिया राज्यलाई भाषामा भनिन्छ) जुन अष्ट्रियाको उत्तरी सिमाना क्षेत्रको सीमासित जोडिएको छ ।
आल्पस पर्वतीय तटदेखि उत्तरी यूरोपेली मैदानमा बाल्टिक समुद्रसम्म फैलिएको जर्मनी, यूरोपको सातौं ठूलो देश हो । यसको मौसम उत्तरदेखि दक्षिणमा थोरै हुन्छ । जर्मनीमा उत्तरी एटलान्टिक बहावद्वारा सञ्चालित समशीतोष्ण मौसमी भएकोले हावापानीको एकनासे मौसम छैन । जर्मन उत्तरी गोलार्धमा स्थित छ । ग्रीष्मकालीन दिनहरू जुनको अन्त्यमा शुरु हुन्छ र सेप्टेम्बरमा समाप्त हुन्छ । भूगोल फरक १७ः दक्षिणमा अग्ला पहाडहरू, उत्तरमा बालुवाका मैदानहरू, जङ्गली पहाडहरू, घना जनसंख्या भएको, पश्चिममा र पूर्वमा खेतबारीका फराकिला मैदानहरू छन् । यद्यपि यो देश तुलनात्मक रूपमा करिब करिब समतल भूमि हो, सामुद्रिक सतहबाट यसको औसत उचाइ २६३ मिटर र उच्चतम् उचाइको विन्दु २,९६३ मिटरसम्म रहेकोछ ।
जर्मनमा औसत वार्षिक तापक्रम ८.७ डिग्री सेल्सियस हुन्छ । ४७.७ लगभग ८५३ मिमी पानी पर्छ ।
धेरै जसो जर्मनीमा उत्तरी एटलान्टिक बहायद्वारा सञ्चालित समशीतोष्ण मौसमी मौसम छ । समग्रमा, जर्मनी न्यानो ग्रीष्म र चिसो र जाडो अवधि ज्यादै रहन्छ । वर्षको सबैभन्दा चिसो महिनाहरू सामान्यतया डिसेम्बर, जनवरी र फेब्रुअरी हुन् । औसत चिसो भन्दा तल छन् ः –१,१०८ (२८१) र तापमान ५ड्ढ सेन्टीग्रेड ४१०६) भन्दा बढी हुँदैन । वर्षको सबैभन्दा चिसो मौसम पनि जाडो हो ।
बाडेन–युटैम्बर्ग को फ्राइवर्गलाई जर्मनीको सबैभन्दा तातो शहर मानिन्छ, जहाँ तापक्रम ४० डिग्रीभन्दा बढी रेकर्ड गरिएको छ । यो रमणीय विश्वविद्यालय शहरमा गॉथिक क्याथेड्रलको साथ एक सुन्दर मध्ययुगीन केन्द्र हो । जसले यसलाई पर्यटकहरूको लागि आकर्षण केन्द्र पनि हो । फ्रान्कफर्टलाई सामान्यतया जर्मनीको सबैभन्दा न्यानो प्रदेश मानिन्छ जसको औसत वार्षिक तापक्रम ११.४० डिग्री सेन्टीग्रेड, हल्का जाडो, र घमाइलो, पर्याप्त सुख्खा वर्षभरी मौसम हुन्छ ।
पितृभूमि जर्मनी :
“पितृभूमि’’ शब्द ल्याटिन पूर्वीटिमोरको राष्ट्रिय गानमा प्रयोग गरिएको अनुवाद हो । यो शब्द जर्मन भाषामा पनि स्पष्ट थियो, किनकि बुबाको भूमि छोराहरूलाई हस्तान्तरण गरिएको थियो । १८ औं शताब्दीमा, हर्डर जस्ता जर्मन लेखकहरूले “मातृभाषा’’ बदलेर “मातृभूमि’’ शब्दको परिचय दिन प्रयास गरे भन्ने भनाइ छ ।
पितृभूमि शब्द पिताबाट विरासतमा प्राप्त भूमिको कुलीनताको समयबाट आएको हो अर्थात् “पितृभूमि’’ भनिएको हो । मुख्यतयाः यूरोपेली राष्ट्रहरूको राष्ट्रिय भावना विकसित भएपछि, राष्ट्रको सम्बन्धमा पितृभूमिलाई पहिलो स्थान दिन थालियो । पितृभूमि पिताहरूको भूमि हो भन्ने चलन विस्तारै चलाइयो । पितृभूमिजर्मन मातृभूमिको लागि “एकता, न्याय र स्वतन्त्रता’’ हो भन्ने अर्थ लगाइयो र यसका लागि सबैले मन र हातले भाइचाराको प्रयास गरौं भन्ने राष्ट्रव्यापी रूपमा आह्वान गरियो ।
तर एकातिर पितृभूमि र अर्कोतिर मातृभाषा किन भन्छौं भन्ने बुझ्नका लागि यी शब्दहरूको उत्पत्तिको इतिहास हेरौं । “मातृभाषा’’ वा मुख्यतया “मातृभाषा’’ ल्याटिन शब्द “मातृभाषा’’ को अनुवाद हो । यो प्रारम्भिक १६ औं शताब्दीको पम्प्लेटहरूमा फेला पारिएको थियो र प्रारम्भिक रूपमा बोलचालको भाषालाई ल्याटिनको भाषा विपरीत विज्ञानको भाषाको रूपमा उल्लेख गरिएको पाइएको छ । जबदेखि पुरुषहरू पुजारी भए तबदेखि तिनीहरूले ल्याटिन भाषा सिके । तर, महिलाले त्यो अवसर न शिक्षा नै पाए न कहिल्यै भाषा सिक्न पाए । तसर्थ, महिलाहरूले ल्याटिन बोल्न नसक्ने जनसंख्याको प्रतिनिधित्व गर्थे र स्थानीय भाषा तिनीहरू आफ्नो मातृभाषामा मात्र कुराकानी गर्थे ।
पुरातन समयमा, ल्याटिन लेखकहरूले उनीहरूका लेखहरूको लागि “सेर्मो प्याट्रियस’’
वा मातृभाषा पनि प्रयोग गर्थे । विस्तारै “पितृभाषा’’ को रूपमा अनुवाद गरिएको शब्द, जर्मनमा छिटपुट रूपमा विशेष गरी १६ औं शताब्दी देखि विस्तारै प्रयोगमा आएको पाइन्छ । यद्यपि, “पितृभाषा’’स्थापित हुन् सकेन किनभने “मातृभाषा शब्द पहिले नै व्यापक रूपमा प्रयोग आइसकेको थियो र ल्याटिन भाषासँगको भिन्नतालाई स्पष्ट पारिसकेको थियो ।
“मातृभूमि’’ शब्द आज पनि यसको दोस्रो अर्थमा प्रयोग गरिन्छ । यसले यसको उपनिवेशहरूको सम्बन्धमा पुर्खाको देशलाई जनाउँछ । उदाहरणका लागि, जर्मनी टोगो र क्यामरून उपनिवेशहरूको मातृभूमि थियो । आज तपाईं प्रायः “फुटबलको मातृभूमि’’ इङ्गल्याण्डको लागि सुन्नुहुन्छ ।
विश्वका प्राय देशहरूलाई त्यहाँका जनताले आफ्नो मातृभूमिलाई भन्दछन् । देश भनेको जननी हो । आमा हो । जस्तैः नेपाल आमा भारत माता आदि । सामान्यतयाः जो मान्छे जुन देश वा जुन माटोमा जन्म लिए, त्यै माटोलाई वा धर्तीलाई धर्तीआमा वा धर्तीमाता भनिन्छ । तर जर्मनहरूको परिभाषामा देश, माटो, जर्मनधर्ती भनेको आमाबाबु दुबै हो भन्ने गर्दछन् । अझै विशेष गरी फादरल्याण्ड भनेको एउटा यस्तो देश हो, जहाँ र त्यो देश वा त्यहाँको माटोबाट जन्मिएर तपाईं आउनुभएको हो, भनिन्छ । र, त्यो देश हो, जहाँका जनता वा राष्ट्रलाई तपाईंले आफू भएको गौरवका साथ महसुस गर्नुहुन्छ, भन्ने गर्दछन् । तर आमाबाबु भनेका समानार्थी र आदरार्थी शब्दहरू पनि हुन् र तपाईं जन्मेको देश वा मातृभूमि वा मूल देश हो र त्यो तपाईं हो । यो शब्द १८ औं शताब्दीको उत्तरार्धदेखि जर्मनहरूले सम्मानपूर्वक स्वीकार गर्दै अपनाउँदै आएका छन् । “यदि आवश्यक भएमा विशेष अवस्थामा त्यस समयमा पुरुषहरूले देशको नाममा आफ्नो जीवन वलिदान गर्न आवश्यक थियो” भन्ने भनाइ पनि स्थापित छ । दोस्रो विश्वयुद्धको अन्त्य भएदेखि तुलनात्मक रूपमा, फादरल्याण्डको प्रभाव र पहिचानको प्रभाव, अझ कम प्रयोग र कम उल्लेख गरिएको पाइन्छ । १८ औं शताब्दीको अन्त्यदेखि नै मातृभूमि वा जन्मभूमिलाई “आफ्नी आमा वा बाबुआमाको भूमि’’ र पितृभूमिलाई आफ्नो पिता वा पुर्खाको जन्मभूमि’’ भनेर परिभाषित गरिएको थियो । पितृभूमि लागि ल्याटिन शब्द हो । एउटा थप व्याख्याः यस्तो पनि छ कि, फादरल्याण्ड एक राष्ट्रवादी शब्द थियो जुन नाजी जर्मनीमा पुरातन जर्मनीको पितृभूमिले देशलाई जनाउँछ जुन देशबाट एक हुन सकिन्छ वा संस्कृति र परम्पराहरूमा जर्मनीलाई एकतावद्ध गर्न प्रयोग गरिएको शब्द थियो । प्रतिको एकताको जोस र राष्ट्रभाव जगाउँछ । जुन देशका जनता र राष्ट्र एक हो, जुन देशको राष्ट्रियता एक हो भने जनताको घर र आश्रयको रूपमा आफ्नो देश जर्मनी पितृभूमि हो । हिजोआज जर्मनहरू वा जन्मभूमि, मूल, जन्मभूमि देशको लागि हो । फादरल्याण्ड भन्ने शब्द अलि पूरानो भएको महसुस गरिन्छ कम प्रयोग गरिएको सुनिन्छ र यो शब्द वेस्थित छः हामी ल्याटिन “प्याट्रिया“ बाट पितृभूमि आएको व्युत्पत्तिलाई विश्वास गर्न सक्छौं । फादरल्याण्डद्वारा सन् १८१२ मा लेखिएको कविता हो । यसलाई गीत कविताको सुरुवाती रेखा नामले चिनिन्छ ।
प्रतिक्रिया दिनुहोस्: