प्यालेस्टाइनमाथि इजरायली आक्रमणविरुद्ध देशव्यापी हस्ताक्षर अभियान चलाउन शुरु

२०८१ मंसिर २८

काठमाडौं मंसीर २५ नेकपा माओवादी केन्द्रले प्यालेस्टाइनमाथि इजरायली आक्रमणविरुद्ध देशव्यापी हस्ताक्षर अभियान चलाउन पार्टी मातहतका कमिटीलाई आब्हाने गर्ने समाचारमा जनाएको छ ।
उक्त कार्य यही मंसिर २८ गते बस्ने केन्द्रीय समितिको बैठकले बसेको पार्टीको स्थायी समिति बैठकले निर्णय गर्ने जनाएको छ । उक्त कार्यका लागि पार्टीको मातहतको कमिटीमा पठाइएको सर्कुलर पठाई देशभर हस्ताक्षर अभियान चलाउने रहेको छ ।
‘प्यालेस्टाइनमाथि इजरायली जनसंहारविरुद्ध संयुक्त हस्ताक्षर अभियानलाई देशव्यापी सञ्चलन गर्ने ।’ माओवादी केन्द्रको समाचार सुत्रले बताइएको छ ।
प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको आक्रमणविरुद्ध नेपालका विभिन्न वामपन्थी दल तथा नागरिक समाजका तर्फबाट हस्ताक्षर अभियान सञ्चालन भइरहेको छ ।
यही मंसीर २४ गते काठमाडौंको रत्नपार्किस्थित शान्तिबाटिकाबाट थालिएको अभियानको उद्घाटन कार्यक्रममा पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका थिए ।
मानवताविरुद्धको अपराध तत्काल रोक्न दबाव दिने उद्देश्यले शुरू भएको संयुक्त हस्ताक्षर अभियानलाई देशव्यापी बनाउने नीति अनुसार लिने पनि माओवादी नेताहरू बताएका छन् ।
मंसिर २४ देखि एक महिनासम्म चल्ने हस्ताक्षर अभियानको संयोजन नागरिक अगुवा संयोजक श्याम श्रेष्ठले गरेका छन् ।
यो अभियानलाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनता सामाजवादी पार्टी नेपाल, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा लगायत पार्टी संस्थाहरुको सक्रिय सहभागी सहित आफ्नो विचार राखेका छन् ।
हस्ताक्षर अभियानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराई, उपेन्द्र यादव लगायत नेताहरु सहभागी रहने छन् ।
सोमबार राजधानीको रत्नपार्कस्थित शान्तिवाटिकाबाट अभियानले हस्ताक्षर अभियान शुरु गरेको हो ।
हस्ताक्षर अभियान तथा नागरिक अभियन्ता श्याम श्रेष्ठको संयोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: