
गोकिाठमाडौं कार्तिक ८, प्रगतिशील लेखक संघको आयोजनामा वरिष्ठ साहित्यकार, समालोचक प्रा.डा.गोपिन्द्र पौडेलद्धारा लिखित नियात्रा संग्रह ‘यात्राको धुन’ नाममा कृतिको प्रमुख अतिति तथा प्रगतिशील लेखक संघका पूर्व कार्यवाहक अध्यक्ष हरिहर खनालको लोकार्पण गर्नु भएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि हरिहर खनालको समालोचकले जहिले पनि निष्पक्ष भएर लेख्नु पर्ने र प्रा.डा.गौपिन्द्र पौडेलले निष्पक्ष सर्जक भएर लेख्नु भएको बताए । खनालले पौडेललाई, नेपाली भाषा विज्ञ, निवन्धकार, समालोचक, नियात्राकार, सिर्जनाकार लेखको रुपमा हेरिनु पर्ने बताए ।
प्रगतिशील लेखक संघका सल्लाहकार वरिष्ठ सांस्कृतिककर्मी इश्वरचन्द्र ज्ञावलीले पौडेलको ‘यात्राको धुन’ विचित्रको रहेको बताउँदै कृतिको सरसर्ती अध्ययन गर्दा अध्ययन गहिरिएर गएको थाहै नभएको बताए । नियात्रा भन्दा अनुभूति बढी मिसिएको छ । नियात्रा भित्र ३ वटा विद्या समालोचकीय, निवन्ध र यात्रा संस्मरणको समीश्रण रहेको बताए । १२ औं शताव्तीका चिनका यात्री, हुयसाङले लेखिएको यात्राका विचारहरुबाट आज भारतमा अन्वषेषण भईरहको छ । ‘यात्राको धुन’मा हामीलाई पनि घुमाउनु पर्नेमा आफै मात्र घुमेकोमा मलाई डाहा लागेको छ । मैले पनि भुमिगत कालमा घुमेको ठाउँ लेखेको भएका राम्रो हुन्थ्यो, ज्ञावलीले भने ।
यात्राको धुनका लेखक प्रा.डा.गोपिन्द्र पौडेलले आफूलाई दिएको कुनै पनि सुझावहरु मनन गरेर पुनःर्लेखनलाई अझ परिष्कृत बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । लेखकले लेखि सकेपछि पाठक समक्ष पु¥याउने, साथै पाठकको अनुभूतिसँग खेल्न सक्नुपर्ने बताए । र सामान्यकृत गरेर लेखेको बताए ।
वरिष्ठ साहित्यकार लक्ष्मी मालीले विगत ४ नेपाल प्रज्ञा प्रतिष्ठानमा सँग बसेर काम गर्ने अवसर पाएकोमा पौडेल सालिन, असल व्यक्ति पाएको र विद्धान व्यक्तिसँग छलफल गर्न पाउँदा उनीबाट धेरै कुरा सिक्न पाएको बताए । मालीले भनिन् ‘म उहाँलाई असल मित्र ठान्दछु ।’ कहिल्यै पनि मनमुटाव भएन ।
यात्राको धुनले अमेरिका र यूरोपको यात्रालाई हेरेर प्यूठानलाई दाज्नु भएको छ । । त्यहाँको किसानको हवाइजहाज र यहाँको किसानसँग न हलो, न बिउजिजन केही नभएको, उहाँमा राष्ट्र प्रेम पलाएको पाइयो ।
वरिष्ठ साहित्यकार तथा समालोचक जगत उपाध्याय (पोक्षित)ले पौडेल नेपाली साहित्यको परम्परागत समालोचना गरेर काम गरेको निवन्धकारसँग उतार चढाव हुन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा ४ वर्षसँगै काम गर्दा कहिल्यै पनि समस्या आएन । निर्णय गर्नुपर्ने बेलामा पनि आएन । हाम्रो सबै टिम मिलेकै थियो । पौडेलले प्रगतिवादी कथामा विद्यावारिधि गर्नुभयो । घुमेको चिजहरुको टिपोट गर्नु पर्छ भनेर सुझाव दिएको थिए । म लेख्ने मान्छेलाई निरुत्साहित गर्दिन । गुन आफ्नै हुन्छ । विचार, भाव निपक्षसँग लेख्नु, महशुस गरेको सत्य, सत्य मानिन्छ । चिनको यात्री नलेखेको भए । चिनको बौद्ध साहित्य थाहा हुँदेनथ्यो । विवरणमा सिलसिला र कल्पनाशिलता चाहिन्छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव धनप्रसाद सुवेदीले मेरो गुरु पनि र विद्यावारिधिको सह–निर्देशक पनि, ! १०० वर्ष अगाडिको समाज, ५०० वर्ष अगाडिको समाज र हजार वर्ष अगाडिको समाजको भिन्नता हुन्छ । ३० वर्ष अगाडि भोगेको जीवन त्यस्तो पनि हुन्छ र ! जस्तो लाग्छ । हामी छिटो–छिटो संक्रमणमा अघि बढीरहेका छौं ।
पुस्तकका समीक्षक । सिाहित्यकार विषणु ज्ञावलीले नियात्रा विविधता देश नियात्रा विद्या पारिवारसँग बढी सम्बन्ध रहेको बताए । यो चेतनाले गडवड ग¥यो कि जस्तो लाग्छ । र मन विझाउने विषय चाही भाषा हो ।
पुस्तकका समीक्षक साहित्यकार नन्दु उपे्रतीले नियात्रा संग्रह ‘यात्राको धुन’ मन मस्तिष्कबाट प्रभावित छ । यतिगर्दा पनि जीवनको कटु सत्यहरु लुकाउनु भएको छैन । पढ्दा स्मृति, पीडा, अनुभूत, चञ्चलता, आनन्द मैले पाएँ । तुलना गरेको कुरा मैले पाएँ । म आफू नियात्रा लेख्ने भएकाले
अब्राह्मलिंकन को वाक्यहरू संसारभरको काम लाग्दो छ । एक दुई अक्षर भइदिएको भए साच्चीनै सुन्दर हुन्थ्यो होला । धेरै माइलस्टोनको कुरो नमजा लागेको छ ।
वरिष्ठ साहित्यकार जय छाङ्छा राइले नियात्राको रुपमा प्रस्तुत गर्दै नियात्राको शुरवात कहिलेदेखि भयो होला । यो धर्तीमा जीवजन्तु जन्म भएपश्चात, साइवेरियाको चरा नेपालमा आएको छ । त्यो मूर्त चित्र हो । अमूर्त पनि छ । मूर्त चित्रमा सलाइको काटीलाई को¥यो भने तापको छवि दिन्छ । यात्रा मौखिक हुन्थ्यो । पछि ऋणवेदमा वैदिककालदेखिनै यात्राको वर्णन लेखेको पाइन्छ । होमर र इयियाड ईसाको ५०० मा जन्मेपछि ५०० वर्ष पछि पनि जिउँदा भएर आतंक मच्चाई रहेको भन्ने सुनिन्थ्यो । साहित्यकार नियात्रा साहित्य भन्दा पनि अघिदेखि भइहेको छ । नियात्रा विद्यामा एउटा विद्या थपिएको छ । ‘यात्राको धुन’ नियात्रा छुट्टै विद्या हो भनेर प्रकाशित भइसकेको छ ।
यात्राको धुन मैले अर्कै तरिकाले व्याख्या गरे । जस्को कुरा उसको कुरा हो । राष्ट्रिय भूमिका छ । कल्पना शिल्पको लागि भारत, इटाली, स्वीजरल्याण्ड लगायत यूरोपका देशहरुमा गरेको यात्राको वास्तविक इतिहास हो । राजनीतिक इतिहासमा नेताको लालोपोतो गर्ने गरिन्छ । तर नियात्रा त्यस्तो हुँदैन । राजनीतिक व्यवहार झुठोको जस्तो लाग्छ । नियात्रा मार्कोपोलोको यात्रा यूरोप यात्राको के उद्देश्य थियो थाहा छैन । हुनसक्छ, घुम्ने उद्देश्यले, अध्ययन र अन्य प्रयोजनका लागि थियो होला । जसले जे लेखेको छ त्यसको जवाफ दिनुपर्छ ।
भाषा आयोगका सदस्य गोपाल अष्तले नियात्रा सहित् बन्द विद्या अन्तर्गत किताव लेखे पनि गाली गर्न हो की ? स्वाभाविक लेखेको कुरो हो । नेपाली साहित्यको क्षेत्र लेखक कसैले मेटाउन सकिदैन । निवन्धमा आफ्नैपन हुन्छ । मलाई माछा खाँदा आफ्नो जस्तो लागेन, हवाइजहाज चढ्दा डरले घर गरिरहयो भनेको र मृत्युसँग धेरै डर लाग्छ । म विचार र व्यवहारले होइन । लेखकमा पूँजीवादलाई हेने दृष्टिकोण स्पष्ट छ । अहिलेको पूँजीवादी उपभोक्तावादले थिचिएको छ । पहिले पहिले व्याख्या गर भनिन्थ्यो, अहिले आफैले व्याख्या गरिदिन्छ । अब्रह्मलिंकनको विचार मन पराउन हुन्छ । तर सिंहदरवार मन पर्दैन ।
प्रगतिशील लेखक संघका अध्यक्ष मधुसुदन गिरीले पौडेलको नियात्रा संग्रह यात्राको धुनमा भाषा प्रयोजन र शिल्प राम्रो भएको बताउँदै सम्पूर्ण कुरा आउनका लागि धेरै समय उही वसेर अध्ययन गर्नु पर्ने हुन्छ । जय छाङ्छाले जस्तै गर्न सके त्यस्तो पूरक रुपमा लेख्न र विचार व्यक्त गर्न सक्ने बताए । अध्यक्ष गिरीले त्यति छोटो समयको यात्रामा ल्याउनु पर्ने विषयमा समेत् सर्जकले मिहिनेतका साथ ल्याएको बताए ।
कार्यक्रम सञ्चालन साहित्यकार वन्दना उपे्रती र स्वागत मन्तव्य प्रगतिशील लेखक संघका उपमहासचिव बालमुकुन्द कार्कीले गर्नु भएको थियो ।
धनबहादुर मगर
सञ्चारकर्मी
मोवाइल नं. ९८४१४४५७५३
प्रतिक्रिया दिनुहोस्: