समाजवादी क्रान्तिका दुई चरण : डा.डीपी ढकाल

२०८१ भाद्र २४

पचहत्तर वर्षको लामो बलिदानीपूर्ण संघर्ष र वामपन्थी आन्दोलनले राष्ट्रियता, लोकतन्त्र र जनजीविका सवालमा निरन्तर झण्डा उठाएका कारण आज पनि देशमा प्रभाव हस्तक्षेप र नीति निर्माण तहमा वामपन्थी आन्दोलन नै प्रमुख शक्तिको रूपमा रहेको छ । नेपाली अर्थराजनीति परिचालन गर्ने प्रमुख राजनीतिक हुँदाहुँदै विकासको क्षेत्रमा गर्नुपर्ने पर्याप्त विकास गर्ने नसकेकै कारण नेपालको वामपन्थी आन्दोलन विभाजित र अन्योलग्रस्त देखिएको छ । आज राष्ट्रिय राजनीतिदेखि कम्युनिष्ट आन्दोलन र हाम्रो पार्टीमा समेत देखा परेका समस्याहरूको प्रमुख र चुरो कारण विचारको विकास र स्पष्टताको अभाव हो भन्ने तथ्यलाई आत्मसात गरिनुपर्दछ । विचारधारात्मक र राजनीतिक कार्यदिशामा विकास र स्पष्टताको प्रश्नलाई हामीले राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय आयामबाट समेत हेर्नुपर्दछ । वित्तीय पुँजीवादका रूपमा व्यक्त भइरहेको भूमण्डलीकृत साम्राज्यवादका विशेषताहरू, सूचना प्रविधिमा भएको क्रान्तिको समग्र प्रभावका साथै आजको उत्पादक शक्ति र उत्पादनसम्बन्धको वस्तुवादी आँकलन गरेर तथा हाम्रो आफ्नै आर्थिक, राजनीतिक र सामाजिक विकासको ठोस अवस्थालाई ठोस रूपमा विश्लेषण र संश्लेषण गरेर मात्र विचारमा विकास र स्पष्टता हासिल गर्न सकिन्छ (प्रचण्ड, एक्काइसांै शताब्दीमा
जनयुद्ध र जनआन्दोलनको समायोजनबाट पुँजीपति वर्गलाई समेत नेतृत्वको हिस्सा दिएर मौलिक ढंगबाट सामन्तवाद विरोधी, पुँजीवादी जनवादी क्रान्ति आधारभूत रूपले सम्पन्न गरिएको थियो । आज हिजोको परिवर्तनकारी शक्ति मूलतः दुई हिस्सामा विभाजित हुँदै गइरहेको छ । पुँजीपति वर्गको तुलनात्मक रूपले देशभक्त र प्रगतिशील हिस्सा संविधान, लोकतन्त्र र राष्ट्रियताको पक्षमा उभिने काम गरिरहेको छ भने त्यसको दक्षिणपन्थी हिस्सा दलाल नोकर शाही पुँजीपति र वैदेशिक प्रतिक्रियावादीहरूका अगाडि आत्मसमर्पण गरेर संविधान र लोकतन्त्रलाई नष्ट गर्ने बाटोमा गइरहेको देखिन्छ ।
आजको कम्युनिष्ट क्रान्तिकारीहरूका अगाडि कमरेड माओको निधनपश्चात सोभियत संघ र पूर्वी युरोपका देशहरूमा भएको समाजवादको औपचारिक विघटन एवं भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादको हमला समेतका कारण रक्षात्मक स्थितिमा धकेलिएको समाजवादी आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने अहम् प्रश्न रहेको छ । मा.ले.मा.को सैद्धान्तिक दिशा निर्देशनमा भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादको विशेषताहरू विज्ञान प्रविधि मुख्यतः सूचना प्रविधिमा भएको क्रान्तिले उत्पादक शक्ति र उत्पादन सम्बन्धको विकासमा परेको प्रभावसमेतको वस्तुवादी क्रान्तिका लागि नयाँ विचारको विकास र परिमार्जन गर्नु अनिवार्य छ ।
आजको समाजवादी आन्दोलनको विकासका लागि केही गम्भीर प्रश्नको जवाफ खोज्न आवश्यक छ । शान्तिपूर्ण प्रतिस्पर्धाको चुनावी बाटोबाट समाजवादको आधार निर्माण सम्भव छ ? कम्युनिष्ट आन्दोलनको विसौं शताब्दीमा स्थापित मान्यताअनुसार यो सम्भव छैन । तर, हामीले विगतका प्रतिक्रान्तिका अनुभव, २१ औं शताब्दीका विशेषतार मुख्यतः नेपालको पुँजीवादी जनवादी क्रान्तिमा कम्युनिष्ट पार्टीको नेतृत्वमा जनताले खेलेको भूमिका समेतलाई विचार गरेर त्यो सम्भव छ भनेका छौं (प्रचण्ड, एक्काइसौं शताब्दीमा समाजवादीको नेपाली बाटो, पृष्ठ–३६) ।
के खुल्ला शान्तिपूर्ण र प्रतिस्पर्धाको राजनीतिक प्रक्रियाबाट निजी सम्पत्ति उन्मूलन गर्ने तथा सामूहिक जीवनपद्धति अंगाल्ने दिशातिर अग्रसर हुने उच्च सांस्कृतिक आचरणसहितका नेता, कार्यकर्ताहरूको कम्युनिष्ट पार्टी विकास गर्न सम्भव छ ? यो निकै गम्भीर प्रश्न हो । यस्तै पुँजीवादबाट समाजवादमा संक्रमण गर्न एउटा निश्चित अवधिको आवश्यकता पर्दछ कि पदैन ? यदि आवश्यक पर्दछ भने त्यो आवश्यक समयलाई उपचरणका रूपमा किन संश्लेषण नगर्ने ? यहाँ नयाँ आर्थिक नीति निर्माण गर्दा लेनिनले व्यक्त गर्नुभएको निम्न विचार स्मरण गर्न उचित देखिन्छ । आर्थिक दृष्टिकोणले एकथोक व्यापारी र साम्यवादको बीचमा त्यत्तिकै फरक छ जस्तो लाग्न सक्छ, जति आकाश र जमिनको बीचमा फरक छ । तर यो ती अन्तरविरोधहरूमध्ये एक हो जसले व्यवहारिक जीवनमा निम्न कृषक अर्थव्यवस्थाबाट राजकीय पुँजीवाद हुँदै साम्यवादसम्म पु¥याउँछ । व्यक्तिगत लाभले उत्पादन बढाउँछ । हामीलाई सबभन्दा पहिले र जुनसुकै हालतमा पनि उत्पादन वृद्धि चाहिएको छ (लेनिन, अक्टोबर, १९२१, क्रान्तिको चौंथो वर्षगाठ संकलित रचना, पाँचौ संस्करण खण्ड–४४ पृष्ठ १४४–१५२) ।

 

प्रतिक्रिया दिनुहोस्: