‘खाली खाली भएँछु म’ लाई हार्दिक शुभकामना

२०८१ भाद्र १७

हरिभक्त सिग्देल ‘महेश’

खालीखाली भएँछु म वृहदाकार कविता स्रंग्रह पढ्दै जाँदा शुभकामना लेख्छुभन्दा भन्दै यसभित्र के देखियो र के लेखियो ?
वरिष्ठ कवि, कविका पनि कवि उक्त कवि श्री कलानिधि दाहालका निबन्ध संग्र्रह शिखर यात्रा र गद्य कवितामा कलानिधिका चुनिएका कविता र पद्य कवितामा आफै भए सुन्दर आदि सिर्जनाहरू मैले पढिसकेको छु । आज भीमकाय पाण्डुलिपि थमाउँदै सानो शुभकामना लेखी दिनु हुन्छ कि भनेर मलाई कविले दिए । यो मेरो सौभाग्य हो उक्त कविको दर्जाका लागि योग्य वरिष्ठ कविले आफ्नो कवितामा शुभकामना लेखिदिनुभन्दा गौरव गर्नु, खुसी हुनु बेग्लै हो तर यो बोकिनसक्नुको भारीको रूपमा मैले आफ्नो साहित्य यात्रा र अध्ययनलाई स्वमूल्याङ्कन गर्दा अथाह सागरको वर्णन गर्न कसिने खहरेको रूपमा आफूलाई पाउँछु ।
कलानिधिका सिर्जना हेर्दा नलेखिएको र नदेखिएको विषय विश्व सृष्टिमैं पाउन गाह्रो छ । अर्थात सबै विषय समेटिएका छन् । यस्ता होनहार कविमा जुन सिर्जनाशक्ति छ त्यो न्वारनमा नाम राख्दै जुरेको देखिन्छ । उनका पिता पनि प्रकाण्ड विद्वान पण्डित हुनुहुन्थ्यो कि जस्तो लाग्छ उनको नाम रखाइबाट । कलानिधि भन्नाले कलाले पूर्ण साहित्यका सिर्जनाका निधि र रत्न भन्ने बुझिन्छ । अर्को अर्थमा कलानिधि भनेको चन्द्रमा पनि हो । त्यो गुण पनि उनी देखाई रहन्छन् सिर्जना र व्यवहारले । उनमा के छ थाहा छैन, साहित्यिक कुम्भ मेलामा भरतपुर, गैंडाकोट मलाई पनि कविसँगै सम्मानित हुन जान साइत जुरेको थियो । उनीसँग फोटो खिचाउने कवि कवियित्रीको भीड नै थियो र उनलाई सँधै घेरामा राखिन्थ्यो । मलाई लाग्थ्यो म कवि कलानिधिसँग छु कि बलिउडका अभिनेता अमिताभ बच्चनसँग छु । त्यसैले कलानिधि नाम, काम र सिर्जनाशक्तिले ठ्याम्मै मेल खाएको छ

प्रामाणिक रूपमा कलानिधि
मैले देखेको कवि कलानिधिको जीवन
“नास्ति सत्यात् परोधर्म नानृतात् पातकं परम् । अर्थात–सत्यभन्दा उच्चस्तरीय अर्को कुनै धर्म छैन । असत्यभन्दा अर्को कुनै पातक वा पाप छैन ।
आजको समाजमा सत्यलाई संस्कार र परम्पराका स्वार्थ र ढोंगले ढाकेको छ । त्यस पत्रलाई फालेर लेखक सत्य उजागर गर्दछन् । त्यसैले सत्कर्मलाई कसले अराजक छ, नास्तिक छ, भएन समेत भन्न भ्याएको सुनिन्छ तर उनी सत्य र धर्ममा अटल छन् भन्ने कुरा बुझ्न आफू अलिक माथि उठेर हेर्नु पर्दछ यो कठिन छ । सत्यलाई फादर, पण्डित, पुजारी, राजा, महाराजा, मुल्ला, रिम्पोछेका व्यक्तिगत स्वार्थका पत्र पत्रले बाक्लै ढाकिसकेको छ जुन वादशाहको नयाँ लुगा भइसकेको छ । सत्य एकातिर, ढोंग अर्कोतिर । कला सत्यमा छ र उनका सिर्जना निधि हुन् । दुबैबाट कलानिधि भएको पाउँछु म उनका सिर्जना र उनीमा ।
अमेरिकी साहित्य क्षेत्रमा अंग्रेजी कवि विटम्यानले जसरी आत्मा र आफ्ना विषय साथै सार्वजनिक जनजीवनलाई गहनरूपमा प्रस्तुत गरेका छन् । कलानिधिका सिर्जनामा त्यस्तै झ–झल्को पाइन्छ ।
अंग्रेजी कवि विलियम वर्डस्वर्थका रोमान्टिकताका साथै प्रकृतिका सुन्दर वर्णन पनि पाइन्छन् कलानिधिका कवितामा जस्तै ः
उल्टै संस्कारको घोडा चढी मख्ख भएँ छु म सुल्टो संसारमा पुग्दा जम्मै खाली रहँ छु म । आफ्ना सारा लुकाएर कुराभित्र कुहँ छु म कुहाइको भयो थुप्रो सद्दे खाली रहेँ छु म ।

गीत गाए यता गोही जिब्रा लप्लप लप्लपी नाँच नाँचे उता त्यस्तै, गन्धदुर्गन्ध झप्झपी । अक्षरका बुने माला गन्धकै वाक्य बन्दछन्
अमृत बुँदमा तप्के फैलँदै विष बन्दछन् ।।
अंग्र्रेजी लेखक तथा कवयित्री सिल्भिया प्ल्याथका संघर्ष र समस्यासँगको जुधाइँ पनि अभिव्यक्त छन् कलाका कवितामा जस्तै ः
मलाई स्वर्ग चाहिन्न भए पुग्छ यही धरा
रवाफी धन चाहिन्न धनी ठानुन् सँधै बरा ।।
उत्ताल ताल चाहिन्नन् उत्ताउला कुनै कुरा कल्पनाकाश आकाश मन दौडोस् बनी चरा ।।
पूराना पात फालेर नयाँ पात भरी–भरी
वसन्त ब्युँझने गर्छ नयाँ रङ्ग छरी–छरी ।
वसन्त बागजस्तै हुन् जीवनका पला पनि
नयाँ रङ्ग भरे मात्र चम्कने छयौं जुनी–जुनी ।।
घरबाहिर ननिस्कने लेखिका सदा अविवाहित एमिली डिकेन्सन उत्कृष्ट अमेरिकी लेखकको झल्को पनि दिएका छन् कलानिधिका कविताले जस्तै ः
चोथाले अन्यका काट्ने कुरा हुन्छ सँधै पछि छुरा चलाउने अर्को निम्तिको अझ झन् पछि । प्रशंसाले हुने मख्ख दुष्ट त्यो अझ झन् पछि गम्भीर हुन्न जो निन्दा सुन्दा ऊ कहिल्यै पछि ।।
वाल्टविटम्यान, रोवर्ट फ्रस्ट आदि प्रसिद्ध लेखक र कविका सिर्जनासँग प्रतिस्पर्धा गर्दै उछिन्न खोजेको देखिन्छ कलानिधिका कविताले जस्तै ः
पञ्चतत्व महाप्राण मिली बन्दछ जीवन
रहुञ्जेल सबै छुट्टै नरहे एउटा कण ।
न थियो नहुने हुन्छ यो सानो क्षणमा पनि भ्रम त्रास र लज्जाले जेलिने किन फन्फनी ।।
घरबाट सँधै यस्तै व्यवहार सँधै यिनै कतै रुवाइको पीडा कतै हाँसो छ छिन्छिनै । यातना छन् कतै बोक्रे यात्रामा लठ्ठिने कति । थिए आज रहेकै छन् भोलि हुन्छन् भए जति ।। कलानिधिका कवितामा भूपि शेरचनको झ–झल्को पनि पाइन्छ ।
कहाँ अगम्यको यात्रा कहाँ खोज रछानको कहाँ गुलाफको वास्ना कहाँ गन्ध रछानको ।
कहाँ स्वतन्त्र उल्लास दासता छ कहाँ तल दासताको भई दासी अर्थ के गरी खल्बल ?
शिरोमणी लेखनाथ पौडेल
सुनसान छ सन्नाटा निस्तब्ध छ चराचर अनन्त गहिरो गाढा अन्तर र अगोचर । कोठा बन्द सबै नाडी नसा रक्तप्रवाहका छैनन् हल्चलका चाल दीप निभ्छन् अथाहका ।।
कलानिधि, महाकवि लक्ष्मीप्रसाद देवकोटा ः
लठभुत्ते महास्वाँठ तर्करोगी बनुँ कि म शब्दजाल भरी देश कर्महारा भनुँ कि म । विद्वत् समूहको कालो चस्मा देश बनुँ कि म कार भजनको मात्र समूहमा गनुँ कि म ?
यो खग्रास भरी ज्यूँने लुते अग्राख हँु कि म भित्र खोक्रो लुकाएर बोक्रोमा धप्प हँु कि म ?
खाली ! खाली !! भएँछु म ः २७

जिन्दगी एउटा हिँड्छ बोली अर्कै भएँ कि म सान समाजमा राख्न सर्वहारा भनौं कि म ?
मोतीराम भट्टको भनक पनि देखिन्छ कलामा
भेडाबाख्रा र भैंसी यी घेरामा घेरिए सरी जहाँ जन्मे त्यहीँ हुर्की त्यहीँ मर्छन् सँधैभरि । जड हुन् जड नै बन्ने भए चेतन यो छरी किन गर्छौं लुकामारी ओढ घुम्टो सँधैभरि ?
कलानिधिका कवितामा भानुभक्तका कविताका साथै विश्वेश्वरप्रसाद कोइरालाका साहित्यिक सिर्जनाको प्रभाव पनि देखिन्छ, जस्तै ः
कैयौं ताण्डवका लागि शिवझैं उफ्रिएँ छु म परीका प्यारमा छम्छम् नृत्यमा गुञ्जिएँ छु म । उल्कापात कतै होला भन्दै दौडी दिएँ छु म उभी जमिनमा हेर्दा खाली खाली भएँ छु म ।। त्यस्तै
चाकरीका दुबै हात लम्पसार परेँ छु म
मभन्दा ऊ थियो ज्यादा घुम्ने कुर्सी चढेँ छु म । घुम्दा घुम्दै चढ्यो माद घुमी मात्र रहँ छु म ओर्ली जमिनमा झर्दा खाली खाली भएछु म ।।
भारतीय सदावहार कवि रवीन्द्रनाथ टैगोर कवि लेख्छन् ः
केको बौद्ध कहाँ हिन्दु, क्रिश्चियन कतातिर, जैन, मुस्लिम को, के हो ? मुटु यो भिन्न हुन्छ र ? हिन्दूको मासुमा घोचुँ रातो रगत बग्दछ
घोचुँ मुस्लिमको मासु उस्तै रगत बग्दछ ।

जस्तै ः
भारतीय कवि माखनलाल चतुर्वेदीका छाप पनि छन् उनका कवितामा,
बादलु नभमा कैले कैले छ्याङ्ग भई दिने लुगा फेरेर नारीझैं नारीका रूपमा हुने उम्रेको नभको बेला भानु अँगालिने धरा पति भानु यता पत्नी रतिमाझैं वसुन्धरा ।।
लनिँदा पनि आनन्द छुट्टिदा भिन्न छैन क्यै बालबच्चा रमाएर बाबुआमा सँगै सँधै । बाबु देव सरी सूर्य, देवी आमा सरी धरा नबुझी विचरा मान्छे अर्कै मान्छन् कठैबरा !!
सानो उमेरमा कविता लेख्ने पद्मभूषणद्वारा विभूषित भारतीय कविले जस्तै कलानिधि लेख्छन् ः
महारोगी यता कुर्सी छलका छलनायक
भुसुना साम्यका बाली रहेछन् स्यालनायक ।
सच्चालाई यिनी देख्छन् बुर्जुवा बलनायक गिद्ध बन्ने सिनो लुछ्ने कम्युन खलनायक
ठोक्यो दानवले दाग लगाएथे जता जति हान्यो हान्न जता भेट्यो लाजले छोपिए कति । पर्थे को र तिमी सामु मोह जीवनको हुने
हुन्थे को र तिमी सामु दीप बालेर चम्कने ?
यस्ता सिर्जनाहरूबाट कवि कलानिधि दाहाल उशना कविका रूपमा उभिन पुगेका छन् । उनका काव्य सिर्जनामा उच्च हिमाल सगरमाथादेखि समुद्र हुँदै पाताल पुरीसम्मको काव्यात्मक वर्णन सुललित रूपमा प्रस्तुत भएको पाइन्छ । व्यवहारिक जीवनमा उनी जति सरल र सहज छन् ।

प्रतिक्रिया दिनुहोस्: