के थियो त इश्वरको अदालतमा मोमिला: साहित्य सिर्जना

२०८१ श्रावण २७

धनबहादुर मगर
राजधानीमा साहित्यकार मोमिलाद्धारा लिखित इश्वरको अदालत नामक कृतिमाथि चकटी बहस भयो । मार्टिन चौतारीको सभाहलमा आयोजित बुक्स क्लिपको चकटी वहस कार्यक्रम अन्तर्गत साहित्यकार मोमिलाको इश्वरको अदालत निवन्ध २०८० माथि बहस भयो ।
उक्त टिप्पणीमा साहित्यकार कुमारी लामा, रोशन शेरचनको विशेष टिप्पणीमा शुरु भएको उक्त चकटी बहसलाई सार्थक बनाएको काम साहित्यकार कुमारी लामा र रोशन शेरचनले गरेका थिए ।
अस्तित्वको चेतना, खोज जीवनसँग जोडिएको सामान्य कल्पनाहरु, शाब्दिक चेतनाको प्रचुरतामाथि प्रकाश पार्नु कार्यक्रमको औचित्य थियो । मोमिलाद्धारा लिखित कृतिमा बोलेको कुरा नै कविता बोलेको जस्तो लाग्छ । सुखः भन्दा ज्यादा दुःखलाई मन पराउने साहित्यकारमा अनेक आयामहरु पाउन सकिन्छ । अस्तित्व र विद्रोहको चेत, तमाम नारीहरू पीडामा पर्छन् ।
साहित्यकार मोमिलाको इश्वरको अदालत, स्वर्गको मात्र होइन । समतामूलक समाजको सोध खोज गरेको निबन्ध संग्रह हुन् । जीवनको महत्वपूर्ण प्रस्थान विन्दुसँग जोडिएको निवन्धमा जीवन, प्रेम, आवेग, सम्वेगात्मक, विद्रोह, मुत्युु आदिका बारेमा तपाइलाई स्वर्गको यात्रा र स्वर्गको ग्रीनकार्ड पाएर मत्र्यलोकमा फर्केका थिए भन्ने गहिरो बहर आएका थिए । स्वर्गको सुखः सयलमा बस्न छोडेर महिला मात्र होइन बनि बनाउ छोडेर आउँछ ।
जिन्दगीको लय स्वर्गको गीनकार्ड धर्तीको आँगनमा उभिएको छ । जोखिम अवस्थाको आफ्नो स्वर्गको प्लाष्टिक सौन्दर्य मनपर्दैन । सह–अस्तित्वको समाजको कल्पना खोजिएको छ ।
मानौं तिमी पुरुष, हामी स्त्री, दुबै अधुरो हुन्छं । सह–अस्तित्वको घोषणा हो मृत्यु, चिन्तन अन्त्य दार्शनिक तवरमा मृत्यु चिन्तन मार्मिक छ । मृत्युको सालिन सपनालाई सहर्ष स्वीकार गर्न सक्दैन । मृत्युको यात्राभन्दा अराजकतानै मनपर्छ । निबन्धमा आफ्नो स्वीकृति काफी चिन्तन सम्वेदनात्मक सैवेदना छ । चेतनासँग लयमा लय मिलाउँने । पाठकको चेतना हुेनुपर्छ ।
विश्रँृखलित चिन्तनहरु छ । संवेदना मुुद्दा केन्द्रित लेखनी छ भने टाढै रहन सक्छ । काव्यात्मक सचेतनाहरुले ओतप्रोत र संवेदना छ । साहित्य, कला, संगीतप्रिय रहेछ ।
आदि सन्दर्भमा आदिम समयको कल्पना छ । आत्माघाती वमवर्षक भन्दा फूलको गुच्छाहरु वर्षा हुन्छ । यो विषय साहित्यकार कुमारी लामाले प्रस्तुत विषय चकटी बहसमो प्रस्ट्याएको छ ।

साहित्यकार समालोचक रोशन शेरचनले ईश्वरको अदालतमा निर्वासित अबसाइडर ईस्वरको भन्दा मान्छेको अदालतमा बोल्ने गाह्रो छ ।
भाव, सम्वेदना, सौन्दर्य अवसाइडरको भाव एकदमै आउँछ । निबन्धमा पागलपन छ । आत्मपीडा छ । आफू बारम्वार पे्रममा रही रहने शुन्यतामा बिलाउन गर्छ । ५ वटा भावमा शुन्यता ७० प्रतिशत कन्टन्ट प्रस्तुत गरेको छ ।
लेखक सजिलै बुझिने लेखक चाहीँ होइन मासले पनि मन पराउने होइन जस्तो लाग्छ । अस्तिवको चिन्तन, जीवन जगतमा मेरो अस्तित्व छ कि छैन मलाई थाहा भएन । ठ्याक्कै बुझ्न गाह्रो छ । लेखिएको भन्दा अर्कै साहित्यिक वहस आउने गर्छ । कुनै अन्तिम र निर्णायक हो भन्ने कुरा आउँछ । हामीलाई फरक–फरक सोचको भिन्नता छुट्याउनु पर्छ । त्यसले फरक–फरक अस्तित्वको स्वीकार गर्छ । ईश्वरको अदालतमा निरंकुशतामा आउँदैन । नायक पुरुषहरु भन्ने ठानेको थियो । महिला पात्र मात्र रहेछ । सम्वाहक शक्तिले सुरक्षा दिन्छ । अस्वीकार गरेर विद्रोही बन्छ । दुस्वप्न र वन्धन अस्वीकार गर्छ भन्ने माग विश्वव्यापी विचार छ । दार्शनिक चिन्तन कति शून्यबाट र विसंगतवादको कन्टेन्ट जस्तो लाग्छ । निओलिज्म सारमा एउटै हो । कुनै पनि मानिस निओलिज्म शुन्यवादलाई स्वीकार गर्दैन ।
१९८७ मा साहित्यकार सात्रले अस्तित्ववादलाई प्राथमिकता दिएको छ । अर्थ हामीले नै दिन हो ।
मान्छे मरेपछि इश्वरकै भनेको हो । अर्थ छैन तर, अर्थ खोज्छ । नखोज्नु भन्दा अर्थ खोज्नु पर्छ । शब्द पढ्दा विसंगतिवाद स्वीकार गरेको हो की जस्तो लाग्छ । निओलिज्म नजिक जस्तो लाग्छ । यस्तै हो भनेर अगाडि बढ्छ । चेतना पुरक हुँदैन । लेख्दा चढेर लेख्ने हो । दार्शनिक भाव आउन आवेगको तीव्रता, काव्यत्मक चिन्तन छ ।
तुलनात्मक सरल काव्यका समवाद भिजिवल प्रवल छ । परम्परागत पितृसत्तामक मृत्यु चिन्तनमा एकलपना, शून्यवादको छेउछाउमा पुगेको जस्तो लाग्छ । लेखकहरुले अँध्यारोलाई पनि हेर्छ । मोमिलाले अँध्यारोपनलाई नजिकबाट नियालेको छ ।
पुस्तकमा विचारहरु एकदमै आए । आस्थाहरू भावनाहरु भएर आए विरोधका भाषाहरु छन् । अहिलेको विरोधाभास सौन्दर्य भन्ने ६४ पृष्ठमा इतिहासको सौन्दर्यलाई तौलिन हुँदैन भन्ने लाग्छ ।
यस अर्थमा सोच्नलाई अझ भोग्नलाई भन्ने बढी आयो । आखिरी मृत्यु सपनालाई त्यतिकै स्वीकार गर्न सकिदैन । चेतना नभइकन पीडा र सचेतनालाई मूर्त गर्न सकिदैन कि जस्तो लाग्छ ।
२०५२ सालदेखि अहिलेसम्म लेखन ३० वर्षसम्म, दार्शनिक भावमा, म निबन्ध लेख्नु छ, ५ जनाको भुमिका लेखाउनु जरुरी थिएन जस्तो लाग्छ ।
चेतना यो शैलीमा लेख्नु ठूलो साहस हो । लेख्यो, तोडमा लेख्यो, जीवनको झिल्काहरु छ । तीनजना आदिवासी नै प¥यौं ।
साहित्यकार मोमिलाले भने मैले पाठक हेरेर लेखेको होइन । असल भएर लेख्नु पर्छ भन्ने छैन । लेखेको बेलामा देवत्व हासिल गरेका हुन्छ । पुरुष केन्द्रित, म पहिले मान्छे हु, देवत्व, कल्पना गरेको होइन । देवत्व हासिल गरेको होइन ।
सबैले अंग्रेजी भाषा बुझ्दैन । भाषा जानी सकेपछि त साहित्यक छर्न नै होनि !
रोशनजीले भनेको शब्दमा थप्छु । यो काव्यले निलिज्म र अस्तित्व छ कि भन्ने हामीले एउटा शब्दलाई अन्तिम शब्द ठानेर अस्तित्ववाद जीवनको मूल्य नबुझीकन अस्तित्वको शून्य नाफा हो । माइनस भनेको घाटा हो । म कर्ममा विश्वास गर्छु । सास फेरेको छकि छैन भन्ने विस्तारै मृत्युको त्रासले नछोडेको होइन । भनेर केही पनि हुँदैन । त्यसमा चाहीँ निलिजमको प्रश्न छ । शरीर छोडेर हाम्रो चेतना विलुप्त हुन्छ ।
शिर्षक शब्द भनेर बाक्यमा मात्र छ । शब्दावाली फर्केर हुेर्नुपर्छ । त्यो तपाईको परिचय पनि हो । ४८ वर्ष भयो । लेख्न थालेको । कविता चाहीँ ठूलो दिदीले बनाइदिएको हो । भावनात्मक शब्द मन पर्छ पेन्टिङ्ग जस्तो स्वाद अमूर्त दिन चाहेको हो ।

प्रतिक्रिया दिनुहोस्: