अर्थ
काठमाडौं । आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख घुस सहित रंगेहात पक्राउ गरेको छ।
अख्तियारको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई कार्यालय परिसरबाटै घुस सहित रंगेहात पक्राउ गरेको हो। उनले सिरहा सुपर मार्केट प्रा.लि को (पूर्ण कर परीक्षण) फूल अडिट गर्ने क्रममा ५ लाख घुस मागेका थिए।
सेवाग्राहीबाट घुस लिंदै गर्दा घुस रकमसहित अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो। पाललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्: