
काठमाडौं असार २८, तनहुँको बन्दिपुर हिलले एक विज्ञाप्ति प्रकाशित गरी श्रावण १ देखि ३२ सम्म शिवजीको आराधना “शिव महिम्नाहा उत्सव” को आयोजना गरेको छ ।
तनहुँको पर्यटकीय ग्राम नगरीमा पर्यटन पूर्वाधारयुक्त केवलकार गुरुयोजना बन्दीपुरहिलले भगवान् शिवजीको आराधना गर्ने महिनाको अवसर पारेर श्रावण १ गते देखि ३२ सम्म सञ्चालनमा रहनेगरि “शिव महिम्नाहा उत्सव”को सांस्कृतिक एवं धार्मिक कार्यक्रम आयोजना गरिएको छ । श्रावण महिनाका प्रत्येक दिन पछिको साँझमा बन्दिपुरहिलको वटम स्टेशन परिसरमा रहेको सिद्धेश्वर महादेव अगाडि शिव सन्ध्या आरती शुरु हुनेछ र प्रज्वलित आरती केवलकारको माध्यमबाट भजनकिर्तन गर्दै बन्दिपुर बजारमा रहेको माँ खड्गदेवी मन्दिरसम्म पु¥याईने छ । जुन मन्दिरमा भगवान् शिवजीले न्यायीक राज्य प्रशासनको सुरक्षा कवँचको रुपमा तत्कालीन पराक्रमी राजा मणि मुकुन्द सेनलाई वरदान स्वरुप दिएको साक्षात् तरवार रहेको छ । यस मन्दिरमा ल्याएर “दिव्य देवी आरती” गर्ने र भजनकिर्तन सहित सांस्कृतिक कार्यक्रम गर्ने योजना रहेको “शिव महिम्नाहा उत्सव” आयोजक समितिका संयोजक श्री किरण पोखरेलले जनाएको छ ।
कार्यक्रम अन्तर्गत प्रत्येक सोमबार “वोलवम पद तथा रोप यात्रा” को विशेष कार्यक्रमहरु समेत उत्सवमा समावेश गरिएको छ । यस प्रकारको यात्रा मस्र्याङ्गदी नदीबाट जल उठाई शुरुवात हुनेछ र पद यात्रा मार्फत केवलकार चोकमा रहेको चट्टानबाट बनेको सिद्धेश्वर महादेवको विशेष दर्शन, पुजा आराधना गरिने, प्राङ्गणमा नै रहेका ३३ कोटी देवी देवताको मुर्तिको दर्शन गराउने, शिवजीको विराट ध्यानमग्न मुर्तिको स्वरुप दर्शन गराउने, नाँचगाँन भजन गराउँदै केवलकार सवारी गराई माँ खड्गदेवी मन्दिर परिक्रमा गराउने र बन्दिपुरको तिनधारामा रहेको तिनधर्के महादेवको ज्योर्तिलिङ्गको विशेष दर्शन पुजा आराधना, भजनकिर्तन सहित फिर्ति सवारी हुने र पुनः माँ खड्गदेवी मन्दिरमा विशेष पुुजा आराधना गर्ने, पश्चात केवलकार मार्फत वटम स्टेशनमा फिर्ता हुने र विशेष धार्मिक सांस्कृतिक कार्यक्रममा सहभागिता गराउने कार्यक्रम रहेको छ ।
वोलवम कार्यक्रमको दिन बिहान ९ः०० बजे देखि १०ः०० बजे सम्मका वोलवममा सहभागी तिर्थयात्रीहरुको लागी केवलकारको टिकट मूल्य कार्यक्रम सहयोगको लागि मात्र भन्ने उद्देश्यले रु.२००/मात्र राखिएको छ । “शिव महिम्नाहा उत्सव” को अन्य समय र दिनहरुमा समेत विशेष अफर ल्याइएको कम्पनीले जनाएको छ । जसमा केवलकारको टिकट रु.५००/ मा रु. ३००/ बराबर मूल्यको सात्विक भोजन “खिर पुरी भाजी” थाली निःशुल्क उपलब्ध गराउने छ । “शिव महिम्नाहा उत्सव” धार्मिक भावना प्रवद्र्धन गर्ने प्रवित्र उद्देश्यले आयोजना गरिएको कम्पनीले जारी गरेको प्रेस विज्ञाप्तिमा जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: