
काठमाडौ असार १७, सामाजिक क्षेत्रमा क्रियाशील रोटरी इण्टरनेशनल डिस्ष्ट्रिक ३२९२ ले पत्रकारिता क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्ने पत्रकाहरुलाई सम्मान गर्र्देै आगामी दिनमा पनि सामाजिक न्याय, शान्ति समृद्धिका लागि उत्प्रेरित गरेको छ ।
स्वास्थ्य , शिक्षा सामाजिक, वातावण, शान्ति द्धन्द्ध, लंैगिक समानता र मानव अधिकार जस्ता विषयमा अन्तरराष्ट्रिय स्तरमै नेतृत्वदायी भुमिका निर्वाह गरेको रोटरी इण्टरनेशनल ३२९२ ले द्धन्द्ध न्यूनीकरण, शान्ति र समृद्धिका लागि तीन दशक अगाडि देखि कलम चलाएको भन्दै नेपाली पत्रकारहरुको अन्तराराष्ट्रिय सञ्जाल इन्जा एशियाका अध्यक्ष बरिष्ठ पत्रकार टंक पन्तलाई सम्मान गरेको छ ।
५१ हजार राशी सहित डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजुले एक समारोहकाबीच वरिष्ठ पत्रकार पन्तलाई सम्मान गर्नुभएको हो । त्यसैगरी भैरव रिसाल, तिलक तिवारी, विद्या राई , स्वस्तिक श्रेष्ठ, रामु सापकोटा, वसन्त प्रताप सिंह, अमर सुनार रोटरी इण्टरनेशनल अवार्डबाट सम्मानित हुनुभएको छ ।
पुरस्कार ग्रहण गर्दैै वरिष्ठ पत्रकार टंक पन्तले आफूसँगै कलेज पढ्नेहरु लोकसेवा पढ्दै गर्दा आफू समाजका चुनौंति र समाजका अनुकरणीय पक्षलाई उजागर गर्ने उद्देश्यले पत्रकारिता प्रारम्भ गरेको र पत्रकारिता मार्फत आफूले उदाहरणीय पक्ष औंल्याएको बताउनुभएको छ ।
रोटरी इण्टरनेशनल डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजुले शान्ति समृद्धि, समाजसेवा र बिभिन्न क्षेत्रमा रोटरीले पु¥याएको योगदान अविश्मरणीय मात्र होइन आफैले समय, बुद्धि र लगानी समेत गरेर सेवाभाव गर्ने गरेको जानकारी गराउँदै राज्यको चौथौं अंगको रुपमा पत्रकारिता क्षेत्रसँग एकसाथ जानुपर्छ भन्ने उद्देश्यले रोटरी इण्टरनेशनलले अवार्ड कमिटी नै बनाएर धेरै मध्येबाट उत्कृष्ठ काम गर्ने पत्रकारहरूलाई सम्मान एवम् पुरस्कृत गर्ने गरेको जानकारी गराउनुभएको छ ।
रोटरी इण्टरनेशनल डिष्ट्रिक अवार्ड कमिटीका संयोजक नम्रता शर्माले रोटरी आफैमा सामाजिक क्षेत्रसँगै बातावरण, शान्ति, समृद्धि, बातावरण एवम् धेरै क्षेत्रमा भुमिका निर्वाह गरेको बताउदै रोटरी र पत्रकारिता एकसाथ जानका लागि प्रत्येक बर्ष पत्रकारिता क्षेत्रका मुर्धन्य तर साच्चिकै क्रियाशील ब्याक्तित्वहरूलाई सम्मान गर्ने गरेको स्पष्ट पार्नुभएको छ । उहाँले आफैले लगानी गरेर समाजसेवा गर्नु सामान्य कुरा नभएको भन्दै आगामी दिनमा पनि रोटरी मार्फत धेरै गर्न सकिने उल्लेख गर्नुभएको छ ।
रोटरी इण्टरनेशलन डिष्ट्रिक अवार्ड कार्यक्रममा डिष्ट्रिक सचिव डा.दिनेश मानन्धर, सचिव दुर्गा सुवेदी, सुरेश आचार्यले पनि रोटरी, समाजसेवा र पत्रकारिताको संबन्धका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा रोटरी क्लब अफ काठामाडौं डाउनटाउनका अध्यक्ष स्थानेश्वर रेग्मी, सचिव शम्भु उप्रेती पनि सम्मानित हुनुभएको थियो । त्यसैगरी यो वर्ष महत्वपुर्ण भुमिका निर्वाह गरेका अन्य क्लवहरुलाई सम्मान गरिएको थियो । यो वर्षका डिष्ट्रिक गभर्नर रोन्द्र ध्वजुको कार्यकाल उत्कृष्ठ र अनुकरणीय भएको भन्दै पुर्व रोटरीका पुर्व अग्रजहरुले मुक्त कण्ठले प्रशंसा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: