इजरायली पत्रकारले आफ्नो भाषा र देश पनि बचाए ः रिपोर्ट

२०८१ असार २१

धनबहादुर मगर
राज्यले आज पनि आदिवासी जनजातिको सवालमा त्यति गम्भीर नभएको, संविधानमा रहेको अधिकारलाई स्वयम् आदिवासी जनजातिहरूले प्रयोजन गर्न नसकेको, साँस्कृतिक सामाजिक, र आर्थिक रुपमा समानुपातिक वितरणमा पहुँच बन्न नसकेको अवस्थामा जनजातिको अधिकार अन्तर्राष्ट्रिय रुपमा समेत सक्रिय हने मुद्दा भएकाले मातृभाषाको माध्यमबाट सक्रिय रहनु पर्ने विषय उठेको छ । उक्त कुरा असार १२, इन्डिजिनियस् मिडिया फाउण्डेशनको आयोजनामा एकदिने मातृभाषामा पत्रकारिता विषयक कार्यक्रम उठेको हो ।

सामुदायिक रडियो नेटवर्कका महासचिव श्रीकृष्ण महर्जनले नेपाल बहुभाषिक, बहुसाँस्कृतिक भएको मुलुक भएको बताएअनुसार नेपालको संविधान २०७२ र अन्तर्राष्ट्रिय कानूनले व्यवस्था गरेको कानुनी आधारमा मातृभाषालाई अगाडि बढाउनु पर्ने जरुरी रहेको र नेपालको कानुनमा जे कुरा ल्याइएको छ त्यो भने कार्यन्वयनमा जान नसकेको बताएका थिए ।
त्यसो हुन नसकेमा नेपालको संविधान संशोधन गर्न आवश्यक छ । मातृभाषा पत्रकारिता गर्न चुनौंती भएकाले सरकारलाई मातृभाषा नीति नियमन गर्न छलफलमा ल्याउन आग्रह गरे । ऐनमा भएको कार्यक्रम पनि नल्याउने हो भने नेपालको संविधानको मर्म र भावना विपरित हुने देखिन्छ । मातृभाषाको कार्यक्रममा छलफल गर्न कार्यक्रमको आयोजना गरेको हो । तपाईहरुको मार्गनिर्देशनको आशा गरेको छु, महर्जनले भने ।
वरिष्ठ पत्रकार गणेश राइले नेपालमा मातृभाषाको अवस्था र चुनौंती विषयक कार्यपत्र प्रस्तुत गरेको थिए ।
कार्यपत्रमा पत्रकारिताको इतिहास गोरखा भारत, सन् १९५५ सालमा प्रकाशित भएयता २०५० यता निजी क्षेत्रबाट पत्रकारिता शुरुवात भएको थियो । मातृभाषाले लेख्य परम्परालाई पछ्याईरहेको छ । मातृभाषा पत्रकारिता मूलधार भन्दा फरक छ । आर्थिक समस्याका कारण मात्र भाषा बचाउने सक्ने अवस्था छैन । लोकपरम्पराजन्य सञ्चार आफैमा महत्वपूर्ण रहेको छ । अनिज गठन पछि फोनिजको गठन भयो । राजनैतिक दलहरुको एजेण्डा भन्दा पनि मातृभाषामा पत्रकारिता गर्ने मुख्य ऐजेण्डा प्रम्ुख रहेका बताए ।

नेपाल भाषाको अन्तर्राष्ट्रिय भाषा सम्मेलन सिक्किममा सम्पन्न भएका थिए । त्यहाँ पनि महत्वपूर्ण विषयहरु नउठेको होइन ।
तामाङ डाजाङ पत्रिका असाध्यै प्यारो लाग्छ । त्यो पत्रिकाले आफ्नो लक्ष्लाई निरन्तर पछ्याइरहेको छ । २०० अङ्कसम्म मैले निरन्तर लेख्दै आएको छु ।
सरकारको मुख ताक्दा–ताक्दै पनि निरन्तरता दिन सकिरहेको देखिदैन म राजनैतिक दलमा प्रवेश गर्न चाहेको भए ! कहाँ–कहाँ चाहारी सक्थेँ होला ।
वि.सं. २०५० सालदेखि बाम्वुले भाषा बोल्नेको संख्या १५ हजार पुगेको छ । वास्तविक रुपमा भन्ने हो भने मात्रृभाषा पत्रकारिता ज्ञानवद्र्धक कारखाना हो । वान म्यान वान अर्गानाइजेशन भएर संघर्ष गर्नुपरेको छ । पत्रिका प्रकाशन गरेर सुत्र छोड्ने काम यतिनै रहेछ । हामी आदिवासी जनजातिहरू मातृभाषा बोल्न लाज मान्छ । म लामो समय देखि नेवारी समुदायमा बसोवास गर्दै आएको छु । जोजोल्पा भनेर सम्वोधन गर्दा त्यसको छुट्टै महत्व रहेको मैले अनुभव गरेँ । पे्रस काउन्सिल नेपालमा (ख) श्रेणीमा मा परेको छ । जनजातिले सँग सम्बन्धित पत्रपत्रिका आदिवासी मिडियामा वर्गीकरण गर्नु पर्छ । आदिवासी सञ्चारमाध्यम प्रचार सामाग्री भन्दा फरक छ । जनजाति लगायत सीमान्तकृतका प्रमुख मुद्दा हुन्, मातृभाषा अमूर्त सम्पदा पनि हुन् । भूमण्डलीकरणको हावाले छोपेको बेला सुनामीको समस्या आउन सक्छ । हिउँ नहुँदा त माथिबाट खिचेको सगरमाथाको फोटो कालो देखिदाँे रहेछ ।

मदन भण्डारी कलेज प्राध्यापक यमबहादुर दुराले गणेश राईलाई मैले भाषिक अभियन्ताको रुपमा चिन्दछु । दूरा भाषाको अवस्था कमजोर छ । मैले मेरो मातृभाषामा केही गर्न नसक्दा लाज लाग्छ । म चाहीँ कहिले एनजीओ, कहिले सरकारी जागिर, हुनेभयो भने खुरुखुरु जाने मान्छे परेँ । विगतमा मलाई परम्परागत सञ्चारको बारेमा नै थाहा थिएन । सरकारी निकायबाट दिएको तथ्याङ्क अनुसार मातृभाषाका पत्रकारिता कति कमजोर रहेछ भन्ने कुरा थाहा भयो ।
मातृभाषामा सूचनाको हक मागेको भए अझै राम्रो हुन्थ्यो कि भन्ने लाग्छ । आइएलओ १६९ले आदिवासी सीपीआर आफ्नो भाषिक अधिकार प्रति के बोल्छ । भाषा जोगाउन पत्रकारिताले कस्तो भूमिका खेल्न सक्छ भन्ने अभ्यास मरिसकेको छ । तर, मरिसकेको इजरायलको (हिब्रु भाषा) कसरी बिउँझिए भन्ने कुरा प्रष्ट हुन्छ । दुरा भाषामा पनि प्रगति भएको कुरा देख्न पाए हुन्थ्यो ।
अबको बाटो के त ? भाषाले प्रगति गर्न सक्छ भन्ने कुरा गर्न असाध्यै जटिल छ । भाषिक आन्दोलन जटिल छ । भाषा सजिलै सिक्ने बच्चाहरुले हो ।
जनजातिहरु बच्चाहरूसँग अंग्रेजी बोल्ने, आफ्नो भाषा नबोल्ने, अब जानीनजानी मातृभाषा सिकौं । मातृभाषामा लगानी छैन । भाषामा अवसरको सिजर्ना गरौं । जनस्तरमा सरकारी स्तरबाट अवसरको सिर्जना गरौं । भाषालाई समृद्धि बनाउन प्रोत्साहन र प्रेरणाको खाँचो छ । त्यसो भयो भने भाषाको संरक्षण हुन्छ ।
भाषा सबैको साझा सम्पति हो । मगर, गुरुङको मात्र होइन । ७ ओटा प्रदेश मध्ये, बागमती प्रदेशमा सञ्चार रजिष्टार रेवती सापकोटाको नेतृत्वमा भाषिक कार्यक्रम कायन्वयन अगाडि बढीरहेको छ ।

२०४७ साल अघि मातृभाषाको कार्यक्रम निकै प्रतिस्ठा थियो । मातृभाषाको सञ्चार वर्गीकरणमा समस्या छ । चुनौंती र अवसर मनन नगरेको अवस्था छ । राज्यको दायित्व, संघ–संस्थाको भूमिका अझै पूरक बन्न सकेको छैन ।

सञ्चार मन्त्रालयका शाखा अधिकृत दिनेश खनालले कार्यक्रमबाट आफूले ठूलो अवसर मिलेको बताए । कोदोको भात, मकैको भात, महत्वपूर्ण हुँदै गएको छ भन्ने कुरा बल्ल बुझ्न थालेको छु । आजको दिनलाई कोदो र मकैसँग तुलना गर्नुपर्छ । मातृभाषाको आकार लिन हजार वर्षको समय लाग्छ । सामूहिकताको पहिचान नेपालमा कम छ । पैसा भएपछि आईहाल्छ भन्ने सोचाई राख्दा आफ्नो परम्परागत सँस्कृति, सँस्कार गुमाउँदै गएको थाहै भएन । राम्रो ठाउँमा भएको भए हाइजेनिक खाना सामूहिक सम्पत्ती हुन्थ्यो । मलाई पनि सानामा वान्तवा राई र मगर भाषा अलि–अलि आउँथ्यो । मातृभाषा पर्वद्धन तल्लो स्तरमा विस्तार होस् भन्ने चाहन्छु । म कुनै दिन नीतिनियम बनाउन ठाउँमा पुगेँ भनेँ प्रयास गर्ने छु । खनालले भने ।
उनले भाषा सिक्नु भनेको सानैमा रहेको स्मरण गर्दै आफ्नो महत्वपूर्ण विचार राखे । ‘सानामा नै वान्तवा भाषा र मगर भाषा सिकेको थिएँ ।’

बागमती प्रदेश सञ्चार रजिष्टार रेवती सापकोटाले बागमती प्रदेशले दुइवटा मातृभाषा नेवार र तामाङ भाषा कामकाजमा प्रयोग आईसकेको बताए । भाषा आयोगको सिफारिसमा कार्यन्वयन भएको छ उनले भने । भाषा प्रयोग संँस्कृति मन्त्रालयको मातहतमा पर्छ । भाषालाई प्रविधिमैत्री बनाउनु प¥यो । भाषाबाट भाषामा रुपान्तरण गर्नुपर्छ । आ–आफ्नो भाषामा कुरा गर्नुहोस् । लिपिमा कपि गर्नु भन्दा प्रविधिमैत्री बनाउनतिर लाग्नुपर्छ ।
आ–आफनो भाषामा कुरा गर्दै जानुहोस् । कति प्रयोग गर्न सक्छन् भन्नेभन्दा पनि प्रविधि मैत्री बनाउँदै लानुहोस् ।
नेपाल भाषामा कोडिङ्ग गर्न सजिलो छ । तामाङ भाषा अलि गाह्रो छ । भाषा बचाउने सक्यौं भने सँस्कृति पनि बच्छ । मौलिक सँस्कृतिको संरक्षण गर्न चलचित्र प्रवद्र्र्धन गर्न वृतचित्र बनाउने कार्यक्रम कानुन निर्माणको प्रक्रियामा छन् । हेलुम्बु, काठमाडौ,ं बौद्ध हामी वृतचित्र जेठ १४ गते चलचित्रमा प्रवेश गर्ने भन्ने छ । प्रविधिमैत्री बनाउन प्राविधिक ज्ञान सिक्नु म आफै जिम्मेवारी लिन तयार छु ।

मातृभाषामाका रेडियो, टेलिभिजनलाई सहयोग गर्न सक्छौं । हायु समुदायले कम्तिमा पनि आफ्नो भाषा बोल्नु पर्छ । बोल्नुहोस् भन्दा बोल्न सकेन ।
भाषा प्रविधिसँग जोड्न सक्र्यौ भने आम्दानीको स्रोत पनि बनाउन सक्छ ।
मातृभाषालाई आम्दानीको स्रोत बनाउन सक्यौं भने दिगो हुनसक्छ ।
आदिवासी जनजातीको मिशन पत्रकारिता आत्मनिर्भर निर्णयको अधिकार पनि हो । भाषिक, साँस्कृतिक, सामाजिक, आर्थिक आन्दोलनको अधिकारलाई लिइ अगाडी बढ्नु पर्छ । भाषा नभइकन जातजाती बन्दैन, त्यो भनेको ज्ञानको प्रणाली हो । साँस्कृतिक अधिकारका कुरालाई आइएलओ एफपीक लागु गर्नुपर्छ । आइएलओ सर्वमान्य कानुन हो । यूएन ड्रीपबाट प्रत्यायोजन गरेको कानुन हो ।
इटहरी नगरपालिकाले आफ्नो पालिकामा धेरै कामहरू गरेको छ । सरकार बलियो छ । कानुन ल्याउनु प¥यो ।
भाषा अभियन्ता अजितमान तामाङले कार्यपत्रको वुँद्धागत रुपमा मातृभाषा पत्रकारिताको अवस्था के–के छ भन्नेकुरा आउनु पर्छ । नेपाल भाषा १०० वर्षदेखि लेखि आएको छ । कार्यपत्रमा तामाङ भाषाको जाम्वुलिङ्ग चित्र राख्नुको औचित्य छैन । २० भन्दा बढी तामाङ भाषामा पत्रिका प्रकाशित भएको छ । तामाङले पितृलाई पुजा गरिन्छ । जनजातिका आवधारणा अध्ययन गर्र्ने दिग्गजहरुमा कन्फ्यूज छ । भाषाको आफ्नै क्षेत्र छ ।
सूचिकृत गर्ने माध्यमहरु मिलाएर गर्नुपर्छ ।
प्रत्येक महिनाभित्र ४२ ओटा मातृभाषामा र लिपि समाचार, लेख, कथा कविता साहित्यहरु प्रकाशित भएर आउँछ । विद्धानहरुमा भ्रम छ । पूरानो सञ्चारमाध्यमलाई हुलाकी सञ्चारमाध्यम भन्न सक्छ । मातृभाषा पत्रकारिता फोरमको आवश्यकता छ ।
भाषा विज्ञहरुले आफ्नो भाषाको मानंक लेखन तयार गर्नुपर्छ । सिक्किमबाट भाषाको अधिकार के हो भनेर सिक्नु पर्छ । पत्रकारितामा प्रयोग गर्ने भाषाको मानंक के हो ।

सोनाम मुगाली मुगाली भाषा रुकुमको मुगालबाट आएको हो । हामी धैरे समुदाय छौं । जनसंख्याको हिसाबले १० हजार छौं भनिन्छ । भाषा बोल्नेको संख्या नौसय रहेको तथ्याङ पाइन्छ । म छन्त्याल जातिसँग सम्वद्ध कार्यक्रममा जाँदा थाहा भयो । हामी अझै पनि राणाकाल भन्दा धेरै पछाडि रहेछौं ।
भाषालाई बचाउने अन्तर्राष्ट्रिय रुपमा अवसर छ । मैले नेपालमा पढेको भए भाषाको अधिकारसँग सम्बन्धित विषयमा बोल्न सक्दैनथ्यो ।
मुगाली भाषा पनि एउटा भोट वर्मेली अन्तर्गत बोलिने भाषा हो । पछिमात्र अंग्रेजी र खस भाषा आयो त्यो भन्दा अघि हामी पूरानै भाषामा बोल्थ्यौ, पढ्थ्यौं, विज्ञहरू बिक्यौं होला । हामी विज्ञ होइन, अभियन्ता मात्र हौं । मेरो भाषा यति धनी रहेछ भन्ने कुरा मैले पछि मात्र थाहा पायौं । नेपाल भनेको, नेपा बाट बनेको, ठाउँ अनि त्यसबाट नेवार भएको र जुम्ला भनेको जमुलाङ्ग हो । मिजु भनेको चौरी हो, मुलु सिँजा भनेको खस राज्य हो । खस सिजाँको अर्थ सिंङ भनेको काठैकाठ भएको ठाउँ हो । त्यसमा अपभ्रंस भएर सिँजा बनेको हो । मेरो भाषा बोल्नेको संख्या थोरै भएकाले म जुम्लाबाट नेपालगञ्ज आएँ । अनि नेपालगञ्जबाट काठमाडौं आएँ । भोट भाषा हो, टिब्बती लिपी होइन, फिर्के भोट, हिमाली भोट क्षेत्र हो, भोट भनेको टिब्बती होइन । भोटे मातृभाषा हो । यो भाषा लेख्य नभएपनि मौखिक रुपमा भन्न सक्छुं । यो भाषा अन्तर्गतका जनतालाई अल्पसंख्या भन्ने गरेको छ । मेरो एउटा गाउँमा मात्रै यो भाषा बोल्छन् । कार्यपत्रमा साँस्कृति र व्रेल लिपि राखेको भए अझ राम्रो हुन्थ्यो ।
दोलखाकी गोरखापत्र दैनिकका समाचारदाता सपना थामीले भनिन् भने, आफू २०६५ सालमा थामी भाषामा ५ वर्ष स्वयम्सेवकको रुपमा रेडियो कार्यक्रम सञ्चालन गरेकी बताइन् । आफ्नै भाषामा सँस्कार, सँस्कृतिका बारेमा कार्यक्रम गर्न छुट्टै महत्व भएको बताईन् । त्यसले आफ्नो जातिको पहिचान सहितका कुरा आउने भएकाले भाषा संरक्षण गर्न पत्रकारिताबाट सम्भव हुने बताईन् । हाम्रो समुदायभित्र साँस्कृतिक पर्व छ । रेडियो टेलिभिजन कार्यक्रमलाई प्रभावकारी कसरी बनाउने भन्ने बारे ध्यान दिनुपर्छ । स्तरीय कार्यक्रम गर्न सक्यौं भने भाषाको विकासमा सहयोग पुग्ने सपना थापीको दावी छ । अवलोकन गर्न योग्य र गुणस्तरीय बनाउने कसले ? आफ्नो थामी जाति लोपोन्मुख आदिवासी सिमान्तकृतमा पर्दछ । मातृभाषा आफै राष्ट्र हो ।

नाट्यकर्मी पूमा राई (प्रवीण)ले मातृभाषा पत्रकारितामा राज्यले केके विषयमा सहकार्य गरेको छ ? कसरी क्षमतामा अभिवृद्धि गर्न सकिन्छ ? धेरै भाषा भएकाले भाषाको पत्रकारिता होकी आदिवासी समुदायको भाषा हो ? अंग्रेजीमा भाषाको क्षमता अभिवृद्धि किन गर्ने ? भाषा सकिन लागेको छ । प्राविधिक कुरा बनेर आएको छ । यदि आफ्नो भाषा जान्दैन भने छिमेकीको भाषा प्रयोग गरौं, यदि छिमेकी भाषाको प्रयोग गर्न आउदैन भने नयाँ भाषाको सिजर्ना गरांै ।
आदिवासी जनजाति पत्रकार संघका उपाध्यक्ष लक्की चौधरीले आदिवासी जनजातीको पहिचान भनेको भाषा, सँस्कृति हो । भोली हाम्रो भाषा सँस्कृति हो । भाषा बचाउन सकेन भने हाम्रो जातिको पहिचान पनि मर्छ । मातृभाषा बचाउने भनेको बोल्नु हो । थारु भाषा बोल्नु नै जीवत संग्राहलय हो । हामी भाषिक समुदाय भित्र पर्छ । म थारु भाषा बोल्ने जातिमा पर्छु । म त्यसको जीवित संग्राहलय हुँ भनेर आफूले आफैलाई सम्झनु पर्छ । हामीले भाषिक समुदाय भित्र गर्व गर्ने कुरो भाषा, संस्कृति हो । जोगाउनतिर लाग्नु पर्छ । जनजाति पत्रकार महासंघ पत्रकारिताको फोरम हो । ८ वटा जातिय संगठन आदिवासी जनजातीको पत्रकारिता गर्ने संगठन फोनिज हो । यसले आदिवासी जनजातीहरुको आवाजलाई बाहिर ल्याउने काम गर्दछ । इण्डिजिनियस् टेलिभिजनको कार्यक्रम आदिवासी जनजातिको आवाज हो । थारु भाषाका दैनिक पत्रिका पौह््राले लामो समयसम्म पत्रकारिता गरेको छ । पौह््राले जति गरेको छ त्यति अरुले पत्रपत्रिकाले गर्न सकेको भए भाषा विकासमा अगाडि बढ्थ्यो ।
चौधरीले आफू गोरखापत्र राष्ट्रिय दैनिकमा ७ वर्षसम्म सबै भाषाभाषीको नयाँ नेपाल पृष्ठ प्रकाशन गर्न जिम्मेवारी बताएका थिए ।
भाषिक रुपमा कतिको सफल भयो र भएन भन्ने कुरा आफ्नै ठाउँमा भएपनि एकदमै सीमित स्रोत साधानमा सीमित रहेर समुदाय भाषाको काम गर्न सरकारले टोकन अफ मनि दिन्छ । यसमा सरकारको वार्षिक साँढे ४ करोड लगानी छ ।
थारु आयोगका सदस्य सुवोध सिंह थारुले, थारु आयोगले थारु समुदायको मातृभाषाका साथै थारु जातिको हक, अधिकार सहित संस्कार सँस्कृति संरक्षण गर्न लागि परेको बताए । उनले देशभर आफ्नो जातिको ५२३ ओटा जातिय समुदाय रहेको, कैलाली, कञ्चनपर, बाँके, बर्दिया, छुट्टै नयाँ नेपाल (देशावार) भएकाले ति ४ जिल्लाहरु (देशावार) थारु जातिको थलो हो । आदिवासी जनजाती प्रतिष्ठानमा बिभिन्न जातजातिहरुको साझा सम्पदाको रुपमा १४२ ओटा जातिजाति, १६ ओटा लिपी, १२४ जातिगत भाषा सूचीकृत गरेको बताए । थारु आयोग संवैधानिक आयोग हो । भाषा संरक्षण गर्न राज्यको दायित्व हो । सुदुरपश्चिम र लुम्बिनी प्रदेशमा कतिपय स्थान विशेषलाई खस भाषामा लेखिएको छ । मौलिक ठाउँहरुको नाम बिगारिएको छ । मौलिक कुरा मातृभाषा प्रकाशित गर्नेलाई जिम्मा दिएमात्र मौलिक शब्दहरु समेत संरक्षण हुने बताए । ‘मौलिक रुपमा आफ्नै भाषामा लेखिदिनु भयो भने भाषा पनि जोगिन्छ ।’ यो काम भाषा पत्रकारिताको माध्यमबाट गर्न सकिन्छ ।’
यूएन ड्रीप नेपाल सरकारबाट अनुमोदन गरेको कुराले अर्थ राख्छ । प्रतिनिधी सभासदस्य सवनम् लामा र राष्ट्रिय जनजाति प्रतिष्ठानका सदस्य मीन श्रीस राष्ट्र संघको सभामा भाग लिन गएको बेला नेपालको भाषिक, साँस्कृति अधिकारको बारेमा अवगत गराएका थिए ।
भाषा आयोगका सदस्य सुरेस किरण वर्जचार्यले भाषाविद् पद्मरत्न तुलाधारले उठाएका कुरा आजपनि उत्तिकै महत्वको विषय बनिरहेको बताए । उनका अनुसार मातृभाषाको पत्रकारिता गर्ने दायित्व अझै बढेर आएको बताए ।

पढ्ने, सुन्ने, हेर्ने मान्छे छैन । के काम नपाएर, दिमाग खुस्केर गरेको छ भन्ने ठान्छन् होला । मातृभाषा जोगाउने विभिन्न कुरा होला । मातृभाषा जोगाउने दायित्व पत्रकारिताको पनि हो । विभिन्न सामाजिक सञ्जाल आएपछि भाषा बचाउन सहज भएको छ । हिब्रु भाषा जोगाउने दुईजना पत्रकार थिए । जसले पत्रकारिताको माध्यमबाट हिब्रु भाषाको प्रवद्र्धन गरे । उनीहरूले आफ्नो भाषा पनि जोगाए र मुलुक पनि जोगाए । भाषा जोगाउने काम साहित्यकार र अभियन्ताहरू योगदान बढी हुन्छ । अहिले पनि हामी मातृभाषाका लागि पत्रकारिता किन नगर्ने ? मातृभाषाको पत्रकारिता गौरवको विषय हो ।
हामीले पनि प्रेस काउन्सिल किन माग नगर्ने । यति नभए काउन्सिलमा मातृभाषाको छुट्टै डेक्सको चाहिन्छ भनेर माग किन नगर्ने ? भाषा बचाउन आफैबाट शुरु गरौं । भाषा बचाउन पैसा खर्च गर्नु पर्दैन । पहिलो कुरा आफनो छोराछोरीलाई आफ्नो भाषा सिकाऔं ।
भाषा आयोगका सदस्य सूर्य गुरुङले आदिवासी जनजाती आयोग, भाषा आयोग सरकारले संवैधानिक आयोग भएको बताए । ७ प्रदेशमा कामकाजको लागि भाषा प्रयोग गर्न सिफारिस गरेको छ । बागमती प्रदेशमा नेपाल, भाषा र तामाङ भाषामा अनिवार्य लेख्नु पर्छे भनेर सर्कलर गरेको छु । वहुभाषी नीति लागु गर्न आव्हान गर्न चाहन्छु । त्यो कुरा तपाईहरूले उठाउनु पर्छं अनि तपाईहरुको आवाज सरकालसँग राख्ने सकिन्छ । सञ्चारकर्मीहरूले यो विषयमा कतिको लेख्नु भएको ? सरकारलाई झक्झक्यउनु प¥यो । यो कुरा चाहियो भनेर आउनु प¥यो । फोरमहरु मार्फत एक भएर अगाडि बढ्नु पर्ने अवस्था छ ।
तामाङ, नेवार भाषा कहा– कहाँ पढाइएका छन् । नीतिगत रुपमा अगाडि बढ्न आयोग तयार छ ।
इण्डिनियस मिडिया फाउण्डेसनका अध्यक्ष जगतमान लामाले इण्डिजिनियस टेलिभिजनले आफ्नो उद्देश्यमा आधारित विभिन्न कार्यक्रम गर्दै आएको छ । मेरो अनुभवमा मातृभाषामा कार्यक्रममा जति गर्नु परेको छ त्यति गर्न सकेको छैन । मातृभाषामा प्लेटफर्म सिर्जना गरेको छ । नीतिगत रुपमा राज्यलाई सहयोग ग¥यौं । सरकार र स्थानीय निकायलाई सुझाव तयार गरका छौं । त्यति सजिले ढंगले नीति तयार भएको होइन । इण्डिजिनियस् टेनिभिजन आजदेखि ९ वर्षमा प्रवेश गरेको छ । आज २० भाषाभाषीका कार्यक्रम प्रशारण भइरहेको छ । हाम्रो प्रयासले मात्र आफ्नो भाषा बचाउन सहयोग पु¥याउन सक्छ । आफ्नो बच्चालाई भाषा सिकाउनु पैसा चाहिँदैन । म आफ्नो परिवारमा आफ्नै भाषा बोल्ने गरेको छु । इण्डिजिनियस टेलिभिजनका सम्पादक कुमार यात्रुले कार्यक्रम छलछलको संयोजन तथा ढोल्मा शेर्पालेले सञ्चलन गरेका थिए ।

इण्डिजिनियस् मिडिया फाउण्डेशनको आयोजनामा असार १२ गते एकदिने मातृभाषामा पत्रकारिता विषयक कार्यक्रममा विभिन्न वक्ता तथा भाषा विज्ञहरुबाट व्यक्त विचारहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्: