
काठमाडौं साउन १२, गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन सापकोटा बिजयी भएका छन ।
आज भएको निर्वाचन (वर्ष २५–२७) मा उनले १५ सय ३२ मत प्राप्त गरि विजयी भएका हुन । अध्यक्ष पदमा ५ जनाको प्रतिस्पर्धा रहेको थियो ।
अध्यक्ष पदका उम्मेदवार चन्दा अधिकारीले १३ सय ५७ मत, किरोज श्रेष्ठले ८सय ४८ मत, बिद्या भूषण कार्कीले ११सय ८ र सुरज अधिकारीले २ सय ८३ मत पाएका थिए ।
एनआरएनए क्यानडामा ६ हजार १५ जना मतदाता रहेकोमा ५ हजार १ सय ७९ जनाले मतदानमा सहभागी भएका थिए ।
एनआरएनए क्यानडाको महासचिवमा सर्मिला रानाभाट बिजयी भएकि छन । उपाध्यक्ष एटलान्टिकमा हरि बराकोटी, उपाध्यक्ष सेन्ट्रलमा प्रतीक भण्डारी र वेस्टर्नमा विशाल थापा बिजयी भएका छन ।
कोषाध्यक्षमा इन्दिरा रिजाल, सह कोषाध्यक्षमा जीआर भण्डारी, सचिबमा विजय लम्साल बिजयी भएका हुन । त्यस्तै युथ कोअर्डिनेटरमा हेमराज काफ्ले बिजयी भएका छन ।
त्यसैगरी आईसीसी सदस्यमा कमल भट्टराई, बिशाल घिमिरे, पिता पौडेल, पिताम्बर भट्टराई, दिनेश घिमिरे निर्वाचित भएका छन ।
सदस्यहरूमा एट्लान्टिकबाट सुनिल घिमिरे, मिसिसागाबाट तिलाराम सापकोटा र टीका पहारी, ब्राम्पटनबाट सीता ठाडा राना, सागर गुरुङ र राममाया घिमिरे, महिला तर्फ बिष्णुमाया क्षेत्री, लण्डन सिटीबाट विजय तमाङ र शिव डल्लाकोटी विजयी भएका हुन ।
२ पदाधिकारीको पदमा ५ जना सहित सदस्यहरु पनि सर्वसम्मत
एनआरएनए क्यानडाको वरिष्ठ उपाध्यक्षमा सन्तोष दाहाल, प्रजापति सापकोटा र डा.पुण्यसागर मरहट्टा तथा महिला उपाध्यक्षमा समिक्षा कार्की र गीता दवाडी ढकाल सर्वसम्मत विजयी भएका छन । शनिबार स्कारब्रोमा भएको साधारण सभाले उनीहरुलाई सर्वसम्मत विजयी बनाएको हो । सो दुबै पदमा भएको विवाद मिलाउन उम्मेदवारी दिएका पाचै जनालाई सर्वसम्मत विजयी गराईएको जनाइएको छ ।
उपाध्यक्ष (संघीय सरकार सम्पर्क) पदमा भने जानकी पन्डित र युवा सम्योजक (महिला) पदमा स्विकृति खड्काको एकल उम्मेदवारी परेकोले उनीहरू निर्बिरोध बिजयी भएका हुन ।
त्यसैगरी उत्तरी ओन्टारीयोको सट्बरीबाट विनोद गुरुङ, नोभा स्कोसीया÷पीईआईबाट मनोजकुमार थापा, क्यवबेकबाट जीवन पन्त, ओटावाबाट याम गोतामे, नायग्राबाट भरत कुमार शर्मा, किचनर÷वाटरलुबाट मनोज भण्डारी, मनीटोवाबाट विवेक गौतम, सास्काचनबाट नारायणप्रसाद दहाल, ब्रिटिस कोलम्बियाको भिक्टोरियाबाट पारसदीप सुवेदी, सरेबाट विनोद शर्मा, भ्यानकुवरबाट गोविन्द क्षेत्री निर्विरोध विजयी भएका छन ।
अल्वर्टाको एडमन्टनबाट नरेश पोख्रेल, महिला तर्फ ईश्वरी केसी र सगुन पान्डे, क्यालगरीबाट खुमाराज पाण्डे, भिम तिवारी र महिला तर्फ प्रीन्जीया ढुङेल पनि निर्विरोध निर्वाचित भएका छन
।
स्रोतः शिशिर सिम्खडा टोरोन्टो
प्रतिक्रिया दिनुहोस्: