‘लाली पाउडर लाया जसी’ सार्वजनिक

२०८२ असार २९

काठमाडौं असार २९, सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक भएको छ । गायक रोशन टमट्टा र गायिका संगीतबडुवालको स्वरमा प्रस्तुत गीतले लोकशैलीमा आधारित समसामयिक सन्देश बोकेको छ । गीतका शब्द र संगीत स्वयं संगीत बडुवालले तयार गर्नुभएको हो । दीपक संगमबिगीतको संगीत जत्तिकै आकर्षक भिडियो पक्ष पनि तयार पारिएको छ । भिडियोमादीपकसंगम बिसी, मिराजविक्रम सिंह, संगीता बडुवाल, हेमराज अधिकारी (खन्ट्या खलास),गणेश जीसी र मीना बडुवालको अभिनय छ । मिराजविक्रम सिंहको निर्देशन र नृत्य निर्देशनमा तयार भएको भिडियोमा छायाङ्कन र रंग संयोजन अमित बीकेले गर्नुभएको छ भने दृश्य सम्पादन राजेश बोहराले गर्नुभएको छ । शैली, लय र प्रस्तुतिकरणका दृष्टिले उत्कृष्ट बनेको यो गीतले विशेषगरी देउडा गीतप्रेमी दर्शक–स्रोतामाझ लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: