समाजवादी क्रान्तिका दुईचरण समाजवादको चिनियाँ प्रयोग

२०८१ असार ९

प्राध्यापक ः डी.पी. ढकाल
सन् १९४९ चीनमा कम्युनिष्ट पार्टी सत्तामा आउने वित्तिकै जमिनको पुनर्वितरण नहोउञ्जेल जमिनमाथिको निजी स्वामित्वलाई निलम्बन गरियो । राष्ट्रिय आर्थिक जीवनलाई सकेसम्म पूर्ववत् रूपमा नै चलाउन दिने कुरामा विशेष ध्यान केन्द्रित गरियो । चिनियाँ अर्थतन्त्रलाई मुख्यतः नीतिगत र कार्यक्रमिक रूपमा यसरी विवेचना गर्न सकिन्छ –
(क) पुनःनिर्माणकाल (सन् १९४९–५२)
(ख) योजनावद्ध विकासको शुरुवात र नयाँ जनवादी अर्थतन्त्र विकासको चरण (सन् १९५३–६५)
(ग) समाजवादी अर्थतन्त्रमा सङ्क्रमणको चरण (सन् १९६६–७६)
(घ) ‘सोसल मार्केट इकोनोमी’को काल वा देङकाल (सन् १९७८ देखि २०१२ सम्म)
यी चारवटा उप–चरणहरूलाई संश्लेषित गर्दै चिनियाँ अर्थतन्त्रलाई मूलतः निम्न तिन भागमा विभाजन गरेर विश्लेषण गर्न सकिन्छ । पुनः निर्माणकाल (सन् १९४९–५२), योजनावद्ध विकासको शुरुवात र नयाँ जनवादी अर्थतन्त्र विकासको चरण (सन् १९५३–६५), समाजवादी अर्थतन्त्रमा सङ्क्रमणको चरण (सन् १९६६–७६) यी उप–चरण माओकालीन हुन् । सोसल मार्केट इकोनोमिक चरण देङकालीन अर्थनीति हो, जसलाइ चिनियाँहरू देङस्याओफिङ सिद्धान्तको रूपमा व्याख्या गर्दछन् । सोसल मार्केट इकोनोमीको काल अहिलेसम्म भएतापनि यहाँ देङकाल सन् १९७८ देखि २०१२ सम्मलाई लिएर सन् २०१२ देखि सि चिनपिङ विचारधाराको कालको रूपमा व्याख्या गरिएको छ ।

४६. (क) माओकालीन अर्थनीति (सन् १९४९–७६) माओकालीन अर्थ राजनीतिको मुख्य अवधि सन् १९४९. ७६ हो । यस अवधिको पहिलो चरण (सन् १९४९–५२ को अवधि) लामो युद्धको प्रक्रियाबाट गुज्रेर आएको समाज र अर्थतन्त्रलाई पूर्ववत् अवस्थामा फर्काउने र युद्धबाट क्षति पुगेका संरचनाहरूको पुनःनिर्माण गर्ने अवधिकै रूपमा रह्यो । युद्धबाट ध्वस्त भएका संरचनाहरूको पुनःनिर्माण, रेल–वे प्रणालीको राष्ट्रियकरण, यातायात प्रणालीको राष्ट्रियकरण र समाजवादोन्मुख राष्ट्रिय पुँजीवादको आधार तयार पार्ने प्रारम्भिक काम यसै चरणमा भएका हुन् ।


सन् १९५३ देखि लगभग ६० को अवधिसम्म नयाँ जनवादी अर्थ–राजनीतिको चरण कायम रह्यो । सन् ६० पछाडि भने क्रमशः समाजवादीकरणको प्रक्रिया अघि बढ्यो र त्यो सन् १९७६ सम्म कायम रह्यो । सन् १९४९ मा राज्यसत्ता कब्जा त भयो, तर त्यतिबेला राष्ट्रिय उत्पादन प्रणाली लगभग तहसनहसको अवस्थामा थियो । मुख्य औद्योगिक केन्द्रहरू ध्वस्त भएका थिए भने कृषि उत्पादनसमेत घट्दो क्रममा थियो । ‘जमिन जोत्नेको’ नाराअन्तर्गत सन् १९५२ मा ३०० मिलियन (३० करोड) किसानहरूलाई जमिनको पुनर्वितरण गरियो । कृषिको उत्पादकत्व बढाउन मल, बिउबीजन र यान्त्रिकीकरणमा जोड दिइयो , सन् १९५३ देखि सोभियत मोडलको पञ्चवर्षीय योजना लागु गरियो । पुँजीपतिहरूप्रति उदारभाव राख्ने अर्थमन्त्री बो यिबोलाई हटाएर सन् १९५३ मा देङ स्याओ पिङलाई अर्थमन्त्री नियुक्त गरियो (भ्शचब, द्दण्ज्ञज्ञ)। प्रथम पञ्चवर्षीय योजनाको अर्थमन्त्रीका रूपमा देङ नै क्रियाशील रहे ।

समग्रमा माओकालमा राज्यद्वारा नियन्त्रित औद्योगिकीकरणमै जोड दिइयो र मलाई सामूहिक कृषि प्रणालीमा जान उति गरियो। सन् १९६६ पछि भने समाजवादीकरणमा अबिनजो दियो। चिनियाँ राजनीतिमा विकसित हुन खोजेको पुँजीवादका विरुद्ध सांस्कृतिक क्रान्तिको सुरुवात भयो। चीनमा सामूहिक उत्पादन प्रणालीको गति कमजोर थियो। सन् १९४५ सम्मका सम्माजम्मी १५ प्रतिशत किसान मात्र सामूहिक उत्पादन प्रणालीमा जोडिएका थिए। सोभियत मोडलको जस्तै पहिलो वर्षीय योजनामा उच्च क्षमताका विशाल कारखानाहरूको स्थापना गर्ने प्रयास भए तापनि उल्लेख्य प्रगति हुन सकेन। रूसी इन्जिनियरिङ प्राविधिक सहयोग त थियो तर निर्माणको परिचालनमा चिनियाँ कम्युनिष्ट पार्टीले ठुलै समस्याको सामना गरिरहेको थियो । चिनियाँ अर्थतन्त्र एकातिर तीव्र औद्योगिकीकरणको आवश्यकता र कोतिर पिछडिएको कृषि उत्पादन प्रणालीलाई आधुनिकीकरण गर्नुपर्ने चुनौतीको विचमा थियो चिनियाँ कम्युनिटी दुवै पक्षमा सापेक्षित सन् १९४७ सम्म ९३.५ प्रतिशत किसान परिवारलाई आधुनिक कृषि प्रणालीमा जोड्न सफलता मिल्यो ।

सन् १९५८ मा १९६२ दोस्रो पञ्च वर्षीय योजना १९५८–६२ शरु भयो । यो अवधि चिनको समाजवादीकरणको समय थियो । यस अवधिलाई चिनियाँ कम्युनिष्ट पार्टीले ‘महान् अग्रगामी छलाङ’का रुपमा संस्लेषित गरेको थियो । यस अवधिमा २०–३० हजार सहकारी उत्पादन एकाईहरुलाई जोडेर ‘जनकम्यून’ को निर्माण गरियो । यस्ता कम्यूनहरूमा ६ देखि ४० हजारसम्म सदस्यहरू रहन्थे । सन् १९५८ सेप्टेम्बरसम्म ‘फर्म किसानी’ को ढ८ प्रतिशत जनसंख्या कम्यूनहरूमा आवद्ध भयो । औद्योगिक क्षेत्रको विकास तीव्र गतिमा नभएका कारण सन् १९५८ मा अर्थतन्त्रमा केही संकट पैदा भयो । कम्यून निर्माणको अवधि भएकाले कृषि उत्पादन पनि केही मात्रामा घट्यो । सन् १९६० सम्म नै अर्थतन्त्रको संकट समाधान नभएपछि उक्त संकट हल गर्न सन् १९६१–६५ मा केही पुनः समायोजनको नीति लिइयो ।

सन् १९६५ सम्म आइपुग्दा चिनियाँ अर्थतन्त्रले स्थिरतासहित केही गति लियो । सन् १९६५ मा कृषि उत्पादनको वृद्धिदर ९.६ प्रतिशत र औद्योगिक उत्पादनको वृद्धिदर १०.६ प्रतिशत रह्यो । चीनमा विकास हुँदै गइरहेको पुँजीवादी चिन्तनका विरुद्ध ‘निरन्तर क्रान्तिको सिद्धान्त’ अनुसार माओको नेतृत्वमा सन् १९६६–७६ मा साँस्कृतिक क्रान्ति सञ्चालन भयो । सन् १९७०–७४ को अवधिमा औद्योगिक उत्पादनको वृद्धिदर ८ प्रतिशत थियो भने कृषि उत्पादनको वृद्धिदर ३.८ प्रतिशत थियो । ‘महान् अग्रगामी छलाङ र ‘सांस्कृतिक क्रान्ति’ कालमा राजनीतिक परिवर्तनका मुख्य घटना भएकाले अर्थतन्त्रले कम प्राथमिकता पाउनु स्वाभाविकै थियो ।

आफ्नो मृत्यु हुनुपूर्व माओत्सेतुङले मूलतः पुँजीवादी जनवादी क्रान्तिलाई पूर्णता दिँदै क्रमशः समाजवादी क्रान्तितर्फ अगाडि बढ्ने कुरामा जोड दिएको देखिन्छ । एकातिर कमजोर पुँजीको परि चालनमार्फत भएपनि राज्य नियन्त्रित औद्योगिकीकरणमा जानु, कृषिको समग्र उत्पादकत्व बढाउँदै जनकम्युनहरूको निर्माण गर्नु र अर्थतन्त्रको विकास कमजोर रहेको चीनमा समग्र अर्थतन्त्रको विकास गर्नु अनि अर्कोतिर सोभियत कम्युनिष्ट पार्टी र सोभियत संघसँग सन् १९६४ पछि ‘महाविवाद’ मा परेकाले त्यहांबाट अपेक्षित सहयोग नपाउनु र देशभित्रै समेत सर्वहारा साँस्कृतिक क्रान्तिमार्फत निरन्तर क्रान्तिकै विचबाट अर्थतन्त्रको विकास गर्नु माओकालीन चिनियाँ अर्थ राजनीतिको प्रमुख विशेषता रहेको देखिन्छ ।

(ख) देङकालीन अर्थ–राजनीति (सन् १९७६ देखि २०१२ सम्म) माओत्सेतुङ आफ्नो जीवनको उत्तराद्र्धतिर स्टालिन मोडलको सोभियत कम्युनिष्ट पार्टीमा उत्तराधिकारी चयनको सवालमा भएका कमी कमजोरीहरूबारे अध्ययन गर्दै थिए । उनी स्वयम्ले भने ६ जना आफ्ना समकक्षीलाई उपाध्यक्ष बनाए । तर, उनले कसैलाई पनि उत्तराधिकारीको रूपमा विश्वास गर्न सकिरहेका थिएनन् । क्रान्ति सम्पन्न भइसकेपछि पनि माओ आफ्नै पार्टीमा अल्पमतमा परे । सन् १९४५ को अप्रिल २३ देखि जुन ११ सम्म भएको चिनियाँ पार्टीको सातौं महाधिवेशनले पारित गरेको ‘माओ विचारधारा’ चिनियाँ कम्युनिष्ट पार्टीले सन् १९५६ मा परित्याग ग¥यो, जति बेला माओ स्वयम् चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष थिए । साँस्कृतिक क्रान्तिकालमा पनि माओ अल्पमतमै थिए । चिनियाँ कम्युनिष्ट पार्टीको यो अनौठो प्रयोग थियो ।

माओका कतिपय सहयोद्धाहरू कारवाहीमा परे । तर पनि, ‘कमा’ र ‘फुलस्टप’ राख्ने कि नराख्ने भन्नेजस्ता विवादमा नेपालका कम्युनिष्ट पार्टीहरू फुटेझैँ चिनियाँ कम्युनिष्ट पार्टी फुटेन । चीनमा जनगणतन्त्र घोषणा गर्दा पनि कम्युनिष्ट नेताहरू एकै ठाउँमा थिए भने समाजवादी अर्थव्यवस्थातर्फ सङ्क्रमण गर्दा पनि एकै ठाउँमा रहे । माओको मृत्युपछि सामाजिक बजार अर्थनीति अपनाउँदा पनि उनीहरू एकै धारमा उभिए अर्थात् महत्वपूर्ण परिवर्तनहरू गरिँदा कसैलाई मन परे पनि र नपरे पनि चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरू एकै पङ्क्तिमा उभिँदै आएका छन् । आजसम्मको चिनियाँहरूको समृद्धि र चिनियाँ कम्युनिष्ट पार्टीको शक्तिको मुख्य स्रोत यही नै हो ।

देङ स्याओ पिङ चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष र चीनका राष्ट्रपति वा प्रधानमन्त्री कहिल्यै भएनन् । तर, उनी ने माओपछिका सबैभन्दा प्रभावशाली नेताका रूपमा भने रही रहे । माओ जीवित छँदा देङ पार्टीको वरिष्ठ उपाध्यक्ष र सरकारको अर्थमन्त्री बने । त्यसपछि उनी चीनको ‘सर्वमान्य स्थायी नेता’ को पदमा मात्र सीमित भए । चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूको श्रँृखला हेर्दा माओ सन् १९३५ देखि १९७६ सम्म अध्यक्ष रहे । जुनियर सदस्यका रूपमा केन्द्रीय समितिमा रहेका हुआ क्वो फेड, जो माओका विशेष पात्र’ थिए, माओको मृत्युपछि उनी नै केन्द्रीय अध्यक्ष भए ।

सन् १९७६ मा माओलाई देङ स्याओ पिङले एउटा ‘विशेष पत्र’ लेखेका थिए । आफूले केन्द्रीय समितिका निर्णय मानेर हुआ क्वो फेडलाई नै अध्यक्ष मानी काम गर्ने प्रतिवद्धता सो पत्रमा देङले व्यक्त गरेका थिए । सायद देङले माओलाई लेखेको यो नै अन्तिम पत्र हुन सक्छ । माओको मृत्यु भएको केही समयपछि नै देङ चिनियाँ कम्युनिष्ट पार्टीको ‘सर्वमान्य स्थायी नेता घोषित भए तर अध्यक्ष भने कहिल्यै बनेनन् ।
सन् १९८० मा देङ स्याओ पिङले चिनियाँ कम्युनिष्ट पार्टी बैठकको अध्यक्षता स्वीकार गरे । तर, चीनको सर्वमान्य स्थायी नेताकै रूपमा मात्र क्रियाशील रहे पनि उनी नै चिनियाँ नीति निर्माणको तहमा सबैभन्दा बढी निर्णायक रहिरहे । पार्टी प्रमुख सरकार प्रमुख नभईकन पनि बिसौं शताब्दीमा विश्वभरिमा धेरै प्रभावशाली नेताका रूपमा रहने नेता देङ मात्रै थिए भन्नु अतिशयोक्ति हुँदैन ।

साभार ः समाजवादी क्रान्तिका दुईचरण समाजवादको चिनियाँ प्रयोग

प्रतिक्रिया दिनुहोस्: