वायस् भएर साहित्यिक रचना कहिल्यै सफल हुँदैन

२०८२ जेष्ठ ४

धनबहादुर मगर

काठमाडौं जेठ ३, प्रा.राजेन्द्र सुवेदी स्मृति समाज तथा नुरगङ्गा प्रतिभा पुरस्कार गुठीको संयुक्त आयोजनामा बागबजारस्थित काठमाडौं मोडल कलेजमा सभाहलमा सुवेदीको नविनतम कृति, भूमिका र समालोचना ‘केही झलक’ सार्वजनिक समारोह तथा चौथौं स्मृति सभा कार्यक्रम सम्पन्न भएको छ ।
उक्त सार्वजनिक समारोह कार्यक्रममा प्राध्यापक डा.रमेश भट्टराईले समीक्षात्मक टिप्पणी गर्दै महाभारत, र रामायणले नेपाली समाजलाई के दियो र के जोड्यो भन्ने कुराका अनुभूत नेपाली समाजले गर्ने गरेको बताए । भानुभक्तले लेखेको नेपाली रामायणले दिएको चेतना र अध्ययनका लागि गरिने अधययनले फरक विचार के दियो भन्ने कुराले महत्व राख्ने बताए । सुवेदी कविता, निबन्धकार, अनुवादक, सैन्दर्य चेतना धनी, थियो । नयाँ विषयमाथि हाल कहिँ छलफल गरिदैन । मोतीराम भट्टको गजल, बालकृष्ण पोखरलेको कविता, त्यति छलफल नभएपनि समकालीन साहित्यको बारेमा सुवेदी नेपाली विभाग आएपछि विकसित उत्तर आधुनिकतावादको समेत छलफल हुने गरेको बताए । छलफलमा टुक्रे राजनीतिक भन्दा मुक्ति र चेतनाको विचार माथि छलफल हुन्थ्यो ।
राजेन्द्र सर बजारमा नयाँ कृति आउँदा समीक्षा गर्नु हुन्थ्यो । विषयमाथिको समालोचकीय गहन चेत थियो ।
नेपालमा पहिलो पटक उहाँले चलचित्र सिद्धान्तको पुस्तक लेख्नु भएको थियो । साहित्यकला प्रभाववाद प्रभावित भएका र पश्चिमा रोमान्सकारी भुमिका लेख्न राम्रो भूमिका खेल्यो । समालोचना पाठकको अध्ययन र समालोचकका चेतको आधारमा लेख्ने गरेको पाइयो । अहिले समालोचना हिजोको भन्दा आज फरक भएको छ ।
प्रा.सुवेदीको समालोचना, कही झलक, सार्वजनिक समारोह तथा चौथौं स्मृति सभाका प्रमुख अतिथि मानीय शिक्षा तथा विज्ञान प्रविधि मन्त्री रघुजी पन्तले हेरै समालोचकहरु आफ्नो नजिककोलाई हेरेर समालोचना गर्ने गरेको बताए । तर समालोचना आफ्नो र अरुको हुँदैन । समालोचना वास्तविकताको गहिराइमा पुगेर लेख्नु पर्ने पन्तले बताए ।
लियो टोल्स्टायकोब ारेमा लेनिनले ५ वटा भुमिका लेखेको बताउँदै टोल्स्टायको कृति माथि लेनिनले आलोचना गरेको छ । लेनिन राम्रो समीक्षक पनि हुनुहुन्थ्यो । गीत सुन्नुहुन्थ्यो, गाउने गर्नु हुन्थ्यो ।
निकोलाई चेर्नोव्स्की कृति, समालोचना र शिल्पका दृष्टिकोणले उत्कृष्ठ हो भन्नु हुन्थ्यो ।
रामायण मौलिक कृति हो कि, होइन भन्ने बारेमा प्रा.डा.राजेन्द्र सुवेदीसँग छलफल भएको थियो । समालोचक स्वयम् स्रष्टा पनि हो । आफै कवि, निबन्धकार, समालोचक पनि हो । समाचलोक साहित्यमा मात्र होइन, कवितामा पनि आलोचक समालोचनहरु चाहिन्छ ।
नयाँ–नयाँ विषयमा वहस गर्नु हुन्थ्यो । नयाँ विषय आएको अवस्थामा नयाँ विषयहरु प्रवेश गर्नु पर्ने विचार हुन्थ्यो ।
समाजलाई दृष्टिकोण दिने काम समालोचकले गर्छ । जुन समालोचक वायस हुन्छन् त्यसले दृष्टिकोण दिन सक्दैनन् । तपाईलाई मन नपरेको मान्छे राम्रो होइन भनि दियो भने के हुन्छन् । कृतिहरु पढ्यो भने बेकारमा समय फालेछु भन्ने अनुभुत हुन्छ ।
रामायणले नेपाली समाजको लागि अन्धविश्वासमा लग्यो भन्ने कुरा उठ्यो भने र जोड्ने काम पनि गरेको छ भन्ने हन्छ ।
वर्तमान अवस्थामा मोहन वैद्य ‘किरण’ र मोहन विक्रम सिंहले साहित्यमा कलम चलाउनु भएको छ । गोविन्द भट्ट पछि राजेन्द्रको लेखन मजवुट थियो ।
कार्यक्रममा नुरगङ्गा प्रतिभा पुरस्कार समाजका अध्यक्ष प्रा.डा.गोविन्द शर्मा नेपालले २०४९ मा स्थापना भएको संस्थामा सुवेदीको महत्वपूर्ण योगदान रहेको बताए । सुवेदीको असायमिक निधनले संस्थामा ठूलो क्षति पुगेको बताउँदै हरेक विषयवस्तु माथि सुक्ष्म ढंगले अध्ययन गर्ने गरेको पनि बताए ।
२०४६ र २०६३ को राजनीतिक परिवर्तन पछि कतिपय साथीहरु अवसरको दौडमा लागे र तर उहाँ दौडिनु भएन ।
धेरै मान्छेहरुको आफ्नो जीवन पद्धति आ–आफ्नै ढंगले व्यतित गर्छन । तर पछि सम्झिने व्यक्तिको रुपमा आउँदो रहेछ ।
चलचित्र बोर्डका अध्यक्ष डिनेश डिसीले सुवेदीलाई आदर्श व्यक्तिको रुपमा लिएको बताए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हार्तमछलीले प्रा.राजेन्द्र सुवेदीले नेपालको पूर्व भागबाट उदायर केन्द्रसम्म आफ्नो पहिचान बनाउन सफल भएको बताए ।
समाजका उपाध्यक्ष रमेश सुभेच्छुले प्रा.राजेन्द्र सुवेदी कोभिड महामारीको कारण असामायिक निधन भएको बताए ।
प्रा.राजेन्द्र सुवेदी स्मृति समाजको अध्यक्ष तथा प्रलेसका पूर्व अध्यक्ष नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव, डा.जीवेन्द्रदेव गिरीले आफू राजनीति शाश्त्रमा भर्ना भएको व्यक्ति सुवेदीको प्रखर विचारबाट प्रभावित नेपाली विद्यार्थी हुन आइपुगको बताए । सबैको मन जित्ने, आफू गुरु भएर पनि विद्यार्थीहरुका लागि पनि साथि जस्तै दिने ।

प्रतिक्रिया दिनुहोस्: