नेपालमा जातीय छुवाछुत तथा भेदभाव अन्त्यमा सरोकारवालको भूमिका

२०८२ बैशाख २७

राजनैतिक विश्लेषक तथा अधिवक्ता – एम. एल नेपाली

कार्यपत्र :

राज्यहरुको उत्पति र यसका स्वरुपहरु :
१. आदिम साम्यवाद : जहाँ वर्गहरु थिएन सम्पतिको स्वामित्व र शोषण गर्ने राज्य नै थिएन ।
२. आदिम समाजको विघटन । जहाँ व्यक्तिगत स्वामित्व, वर्गहरु दास र मालिकहरु उत्पन्न भए ।
३. राज्यको उत्पति  : राज्यको विकास र शासक वर्गको रक्षाको लागि राज्यको उत्पति भयो, जस्ले आफनो वर्गस्वार्थको हितको लागि आपसमा भीषण लडाइ लडि रहन्छ, जबसम्म वर्गहरु अस्तित्वमा रहन्छन ।
४. राज्यको वर्ग चरीत्र  : राज्य एउटा वर्गमाथि अर्को वर्गले शोषण गर्ने र शासन चलाउने यन्त्रको रुपमा विकास भयो ।

राज्यका विकासका ऐतिहासिक अवस्थाहरु :
१. आदिम समाज आदिम साम्यवाद
२. दासयुग
३ सामन्तवादी युग
४. पूँजीवादी युग
५. समाजवादी युग
६. वैज्ञानिक साम्यवादी युग

वैदिक सभ्यताको विकास र जातपात छुवाछूत असमान राज्य व्यवस्थाको सुरुवात :
१. ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्वेद
२. मनुस्मृतिको जन्म
३. पुराण, उपनिषेद, स्मृति
४. रामायण, महाभारत

वर्ग विभाजित समाज र राज्यको स्वरुप :
१. राज्य वर्गीय अन्तरविरोधको उपज हो ।
२. राज्य शोषण गर्ने यन्त्र हो यो बाहिरवाट थोपरिएको शक्ति होईन ।
३. राज्य स्वयम आफैमा समस्या सुल्झाउन नसकिने अवस्थामा रहेको हुन्छ त्यहाँ वर्गहरुको धेरै अन्तरविरोधले झेलिएको हुन्छ, ।
४.समाजमा वर्गहरुको अस्तित्व रहँदासम्म राज्यले वर्गीय अन्तरविरोध समाधान गर्न सक्दैन, राज्य विलोपीकरण हुनु पर्छ ।
५. राज्य एक वर्गद्धारा अर्को वर्गको उत्पीडन गर्ने वर्गीय प्रभुत्वको साधन हो । यो वर्गीय अन्तरविरोधको समन्वयकारी शक्ति होईन ।

नेपाली राज्य सत्ताको चरीत्र र दलित बहिस्करणका स्वरुपहरु :
१. सिङ्गो राज्यको शासन सत्ता शासक वर्ग र शासक जातिको हातमा छ, यहि वर्गीय जातीय असमान संरचनामा शासन सत्ता चलिरहेको छ ।
२. जनताको त्याग वलिदानले सामन्ती, निरंकुस राजतन्त्रको राज्यसत्ता त ढल्यो तर शासक वर्गले दलित माथि गर्दै आएको वर्गीय, जातीय शोषणको जड भत्काउन सकेन ।
३. अहिले पनि सत्तामा रहेका यिनै शासक जातिले दलित प्रति उच्चजातीय अहंकारवादले दमन गरिरहेको अवस्थाछ । अहिले मधेश प्रदेशमा दलित महिला बलात्कार हत्याका शिकार भएका छन, त्यस्तै रुकुम पश्चिम सोतीमा अन्तरजातीय प्रेमका कारण नवराज विक लगायत ६ जनाको हत्याका अपराधीलाई जिल्ला अदालत रुकुम पश्चिमले गरेको फैसलाको विरुद्ध उच्च अदालतले जातीय कसुरलाई सफाई दिएर उल्टाई दियो । सत्ताले यस्ता दलित विरुद्ध गरेका अन्यायका घटना असख्य छन यो एउटा उदाहरण मात्र हो ।
४. अहिले संघको केन्द्रीय मन्त्रीमण्डलमा कुनै पनि दलितलाई फूल मन्त्रीमा नियुक्ति गरेको अवस्था छैन, राज्यका नीति निर्माण तहमा दलितको उचित प्रतिनिधित्व छैन ।
५. देशको निरंकुशताको विरुद्धको आन्दोलनमा दलितहरुले त्याग तपस्या र बलिदानको कीर्तिमान कायम गरेका छन तर सत्ता बदलिदा, राज्यको पुनसंरचना हँुदा शासक वर्गले त्यतिबेला दलितलाई राज्यको सत्ता, शक्ति र स्रोतको पहुँचबाट टाढा, वहिष्करणमा पारिएको अवस्था छ ।

राज्यको उपरी संरचना दलित प्रतिनिधित्वमा राज्यको प्रवृतिहरु :
१. वर्गीय सत्तामा शासन सत्ताको उपरी संरचनामा शासक वर्गको बर्चश्व रहेको हुन्छ सोहि अनुरुप शासकवर्गले आफनो वर्गहितमा राज्य व्यवस्था टिकाई राखेको हुन्छ । तर त्यसलाई क्रान्तिकारी वर्गले सत्ताको परिवर्तन पछि स्थिर अधिरचना (उपरी संरचना) मा परिवर्तन ल्याउनु पर्छ ।
२. तर नेपाली क्रान्तिले राज्यको पूरानो छुवाछुतको दासत्वको अन्यायपूर्ण संरचनामा आमूल परिवर्तन ल्याउने आँट गरेन जस्ले पूरानो प्रतिक्रियावादी सत्ताको शोषणयुक्त सामाजिक सांस्कृतिक आदतका सत्ताहरुलाई समूलनष्ट गर्न सकेन । जस्ले अहिले पनि दलितहरु छुवाछूतको युगिन दासत्व र छुवाछुतको अन्यायको घुटपिएर बाँचिरहेको अवस्था छ ।
३. क्रान्ति पछि राज्यको उपरिसंरचनामा दलित उत्पीडितलाई स्थान नदिएकोले त्यो क्रान्तिको लक्ष्य बोकेको नयाँ राज्यसत्ता लामो समयसम्म टिकाई रहन असम्भव हुन्छ । त्यसलाई पूरानो सत्ताको उपरी संरचनाको बलले प्रतिरोध गरिरहेको छ र त्यो प्रतिक्रिवादी शक्तिले नयाँ सत्तालाई भत्काउन दबाव दिई रहेको हुन्छ । अहिले क्रान्तिकारी राजनैतिक तप्का आफै जो प्रतिक्रान्तिको स्वरुपबाट आफूलाई स्खलित गर्दै गई रहेको अवस्था छ ।
४. अहिले नेपाली नयाँ शासक वर्गले दलित उत्पीडितवर्गलाई राज्यको उपरीसंरचनामा स्थापित गर्न रोकेर वहिष्करणमा पारेको छ, यसले नेपाली क्रान्तिको महान लक्ष्यलाई विस्थापित गरेको छ लज्जित बनाएको छ ।

शासक वर्गले छुवाछूतको दासत्व किन अन्त्य गर्न चाहदैन ?
१. शासकवर्गले सेवामुलक, अपमानपूर्ण कठिन काम गर्ने शुद्र, दलित पाएको छ, यसवाट आफनो वर्गको हित हुने भएकोले छुवाछुत अन्त्य गर्न चाहँदैन बरु वर्ण र वर्ग उत्पीडनले थिच्दै लगेको छ ।
२. शासक वर्गले छुवाछुतको शोषणले एउटा ठूलो श्रमशक्तिलाई आफनो वर्गको हितमा प्रयोग गरिरहेको छ । त्यसकारण यो शासक जातिले छुवाछुतको युगिन दासत्वलाई मेटन चाहदैन ।
३. शासक वर्ग र शासक जातिले दलितलाई शासन सत्तामा स्थान दिनै चाहँदैन बरु उसलाई शासित बनाई रहने मनोविज्ञानबाट युगौं देखि शासन चलाई रहेको छ । शासक वर्गले दलितलाई यो अशुद्ध (इम्प्योर) असक्षम, अछुत हो भन्दै प्रतिक्रियावादी चेतनाले शोषण गरिरहेको छ ।
४. शासक वर्गले हिन्दु धर्मको उच्चजातिय अहँकारवाद त्याग्न सकेन र संविधानले दिएको मौलिक हक अधिकार पनि लागु गर्न चाहेन, संविधानलाई नै निस्तेज पारेको अवस्था छ ।

जातीय छुवाछुत तथा भेदभाव अन्त्यका भावी कार्यदिशाहरु :

–जनताको १० वर्षे महान जनयुद्ध र २०६२÷६३ को १९ दिने जनविद्रोहको भीषण प्रक्रियाले सामन्ति, निरंकुश, राजतन्त्रलाई समाप्त गर्न सफल भयो तर पूर्ण युद्ध जित्न सकेन । गणतन्त्र प्राप्तीको यो एउटा व्याटल (संग्राम) मात्र थियो ।
त्यसैले अहिले क्रान्ति सकिएको छैन, अब क्रान्तिको उपलब्धीको रक्षा गर्दै बाँकी क्रान्तिका कार्यभार पूरा गर्न नयाँ ढंगले संघर्ष गर्नु अनिवार्य छ । छुवाछुट अन्त्य गर्न हामीले अब दलित आन्दोलनको कार्यनीति बनाउँदा सामन्तवादका सबै अवशेषको समाप्त गर्दै, पुँजीवादी क्रान्तिको उच्च विकास गरेर समाजवादी क्रान्तिको आधार निर्माण गर्ने ।
जनताको वलिदानले २०७२ मा देशमा संविधान बन्यो त्यसमा दलितका हक अधिकार स्थापित छ । त्यसको लागि धारा २४, धारा ४० को १ देखि ६ सम्म दलितको सार्वभौम मौलिक हक कार्यान्वयन गर्न त्यसलाई कानून बनाएर लागु गर्ने ।
दलित समुदायको संविधानद्धारा प्रदत्त हक अधिकारको प्रत्याभूति गर्न दलित विकास प्राधिकरण ऐन बनाउने पहल गर्न सांसद र सरकारलाई लवि र दबाव दिने ।
–राज्यद्धारा कानुनत दलितहरु छुवाछुतको युगिनदासत्वमा परेर ज्ञान, शिक्षा, चेतना, सत्ता र सम्पतिबाट दमन र वञ्चितिकरणमा पर्दै आएकोले अव ऐतिहासिक उत्पीडनको परिपुरण तथा विशेष अधिकार सहित क्षतिपूर्ती दिन दलितको १३ दशमलव १२ प्रतिशत जनसंख्यामा ७ प्रतिशत थपेर दलितलाई २० प्रतिशत क्षतिपूर्ति सरकारले उपलब्ध कानून बनाउन दबाव दिउ ।
२०६४ को निर्वाचनमा ५१ जना दलित सासद, २०७० मा ४१ जना सासद २०७४ मा १९ जना सासद चुनिए । अहिले २०७९ सम्पन प्रतिनिधि सभाको दोस्रो निर्वाचन १६ दलित संघीय सासद छन । अव गुण र सख्याले सासद संख्या बढाउन पहल गर्ने ।
मधेश लगायत देश व्यापीरुपमा भएको दलित जातीय उत्पीडन, बलात्कार, हत्याको क्रुर अवस्था ः

–२०८१ चैत्र ७ गते सिराहाको औरही गाउपालिका–५ मा महायज्ञ लगाउने नाउमा दिपक मरिक डोम दलित परिवारको घर औरही गाउपालिकाका अध्यक्ष शिवजी यादवले पालिकाको डोजर लगाई दलितको उठीवास लगाए । दलित बसेको धर्ती समेत अपबित्र हुने भन्दै घर भएको ठाउँको माटो समेत ताछेर फालेका थिए ।
–सिराहा जिल्लाको नवराजपुर गाउपालिका–१, भगवतिपुरकी १७ वर्षीया दलित किशोरी रिंन्कु कुमारी सदाको २०८१ माघ २७ गते रिंकुलाई अपहरण गरी तीन युवकले सामुहिक बलात्कार गरेको थियो । त्यो जघन्य अपराधलाई आर्थिक लेनदेनमा मिलाउन वडा सदस्य नथुनिसाहको रोहवरमा गाउँपञ्चायत बसेको थियो । आर्थिक लेनदेनमा बलत्कारको मुद्दा मिलाउन खोजे पछि किशारीको मृत्य भएको अवस्था छ ।
त्यस्तै २०८१ माघ २४ सर्लाहीको बरहथवा–४, का सत्येन्द्र कुमार राम (चमार) र बरहथवा–५, का नेहा रौनियारलाई अन्तरजातीय विवाह गरेका प्रेमिल जोडीलाई भत्काउन स्वयः सरकार नै लागेर विवाह दर्ता समेत गरेका जोडीलाई सम्बन्ध तोडनवाध्य पार्न लागेको थियो ।
–२०८२ बैशाख २ गते मंगलवार सप्तरीको लसुरुगा नगरपालिका–७, स्थित पोखरी किनारमा १८ वर्षीया पुजा कुमारी रामको शव फेला प¥यो । उनी ३ वर्ष ५ महिना अघि ठाकुर थरको स्थानीयको यौन हिसांको शिकार परेकी थिईन । उसकै कारणले पुजाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसान्धानमा उल्लेख छ ।
रुकुम पश्चिम सोतीमा अन्तरजातीय विवाहको कारण नवराज विक लगायत ६ जना युवाहरुलाई भेरी नदीमा बगाएर नरसंहार गरिएको थियो । तर, उच्च अदालतले यो हत्या मात्र हो जातीय छुवाछुतको कसुर होईन भनेर जिल्ला अदालत रुकुम पश्चिमको फैसलालाई उल्टाएको छ ।
केही वर्ष पहिले काभ्रेको अजीत मिजारको अन्तरजातीय विवाहको कारण हत्या गरी लास टिचिङ अस्तापतालमा रहेको छ । पीडित न्यायको खोजीमा छ ।

दलित मुक्तिको कार्यदिशाको सवाल :
–राज्य सत्तामाथिको सहभागिताको प्रश्नलाई संघर्षको केन्द्रीय प्रश्नमा लिने । सत्तामा दलितको सहभागिता र निर्णय गर्ने ठाउँमा पहुँच बाहेकका अरुकुरा गौण हो भ्रम हो भन्ने विचारले दलितलाई प्रशिक्षित गर्दै दलितलाई कानुनतः राज्यसत्तामा पु¥याउन पहल गर्ने ।
छुवाछुतलाई टिकाई राख्ने सामन्ति पूरानो प्रतिक्रियावादी वर्गले स्वईच्छाले जातीय उत्पीडनलाई हटाउन चाहँदैन त्यसका विरुद्ध लडन विचार र सांस्कृतिक रुपान्तरणको प्रतिरोधी संघर्ष चालु राख्ने । तराई मधेशमा हाल दलित छोरी चेलीहरु प्रति भएको बलात्कार, हत्या हिंसाका विरुद्ध कानूनी, दलित गैरदलित संयुक्त संघर्ष र ग्रामीण वर्गसंघर्षलाई विस्तारै उठाउने र दलितलाई विचार निर्माणले प्रशिक्षित गर्दै समाजवादी क्रान्तिको आधारमा जोड्दै लग्ने ।
सामन्ति, निरंकुश, केन्द्रीकृत एकात्मक राज्यसत्ताले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको समूल नष्ट गर्न कार्यक्रम गर्ने । राज्यका सबै निकायमा समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा दलितलाई सत्तामा स्थापित गर्ने कानुन बनाउने ।

दलित मुक्तिको कार्यदिशाको सवाल :
–राज्य सत्तामाथिको सहभागिताको प्रश्नलाई संघर्षको केन्द्रीय प्रश्नमा लिने । सत्तामा दलितको सहभागिता र निर्णय गर्ने ठाउमा पहुँच बाहेका अरुकुरा गौण हो भ्रम हो भन्ने विचारले दलितलाई प्रशिक्षित गर्दै दलितलाई कानुनतः राज्यसत्तामा पु¥याउन पहल गर्ने ।
छुवाछुतलाई टिकाई राख्ने सामन्ति पूरानो प्रतिक्रियावादी वर्गले स्वईच्छाले जातीय उत्पीडनलाई हटाउन चाहँदैन । त्यसका विरुद्ध लड्न विचार र सांस्कृतिक रुपान्तरणको प्रतिरोधी संघर्ष चालु राख्ने । तराई मधेशमा हाल दलित छोरी चेलीहरु प्रति भएको बलात्कार, हत्या हिंसाका विरुद्ध कानुनी, दलित गैरदलित संयुक्त संघर्ष र ग्रामीण वर्गसंघर्षलाई विस्तारै उठाउने र दलितलाई विचार निर्माणले प्रशिक्षित गर्दै समाजवादी क्रान्तिको आधारमा जोड्दै लग्ने ।
सामन्ती, निरंकुश, केन्द्रीकृत एकात्मक राज्यसत्ताले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको समूल नष्ट गर्न कार्यक्रम गर्ने । राज्यका सबै निकायमा समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा दलितलाई सत्तामा स्थापित गर्ने कानुन बनाउने ।

 

प्रतिक्रिया दिनुहोस्: