डार्विनको सिद्धान्तदेखि होमो सेपिएनसम्म

२०८१ चैत्र १५

धनबहादुर मगर
हिन्दु वहुल भएको समाजलाई गीता, श्रीमद्भागवतले मात्र होइन । रामायण, महाभारतले अत्यन्तै प्रभाव पारिरहेको छ । गीता भन्ने वितिकै प्रवुद्ध वर्गको ज्ञानको स्रोत र प्यारो समेत भएको छ । गीता, महारभारतको अंश हुन् । २४ देखि ४२ भागसम्मको १८ अध्यायलाई प्रस्तुत गरेको छ । महाभारत र गीता अन्योन्याश्रित एउटै व्यक्ति र एउटै समयमा नभई विभिन्न कालखण्डमा लेखिएका हुन् भन्ने छ । ८ हजार ८ सय श्लोकबाट बढेर २४ हजार श्लोक भयो र थपिदै गएर १ लाख स्लोक पुगेको छ ।
यो ग्रन्थ जय–कास्यपले महाभारत ईसापूर्व ५०० वर्षको आसपासमा लेखिएको छ ।
भौतिकवादले वेदलाई चिर्न अँध्यारोले उज्यालोलाई चिर्नु पर्छ भनेजस्तै हो । गीता समाजको उपज हो । ऋगवेद कुन समाजको उपज हो ? धार्मिक कलह, गृह कलह, युद्ध शाश्त्रको निर्माण, कृष्णको जन्म भएको थियो । आजको परिवेशमा जन्मेको भए परमाणु वम मै बन्छु भन्थे होला । यो सबै साहित्यिक सुक्तिको रुपमा आए । बुद्धका वाणीहरु ६ हजार वर्ष पहिले आएको छन् । वेदको पठन विधि आठ–आठ किसिमका छन् । पाठलाई जटिल बनाएर हेर्न सक्थ्यो । ऋगवेदको समाजपुरक अध्ययन कसरी गर्ने भन्ने भ्रम, भ्रान्ति हटाउन पर्छ ।
माक्र्सवादी दर्शनसम्म पुग्न सरल विधि हो । सानो ठूलो प्रयोग गर्नु पनि मिसन नै हो । हरेक दृष्टिकोणबाट हेर्न दर्शन विधि र पद्धति हुन् । नयाँ प्रयोजन, प्रयोगवाद, विविध शाश्त्रलाई हेर्ने दृष्टिकोण हुन् । दर्शन लेख्दा समाजलाई कसरी राम्रो बनाउने भन्ने उद्देश्य हुन्छ नै ।
गीता लेख्दा राम्रो उद्देश्य थियो जस्तो लाग्छ । र त्यसमा महिला, वैश्य सुद्रमा कस्तो असर पा¥यो ? राजनैतिक, सामाजिक, आर्थिक रुपमा मात्र आकर्षित छन् । राम्रो मनसायले लेख्यो । छोडेका तार्किकतालाई व्याख्या गर्ने हो । एआई ग्लास लेखिएको सिसाले गर्छ । यथार्थवाद, माक्र्सवाद, अध्यात्मवादका विषय छुट्टा–छुट्टै विषय हुन् ।
पश्चिमा जगतमा विभिन्न दार्शनिक धारहरु देखा प¥यो । पुनर्जागरणकाल पछि यो दर्शनहरु आयो । सांंख्या दर्शन, वेदान्त दर्शन, जैन, लोकायत दर्शन । पछि उनीहरु धर्म दर्शन तर्फ फर्कियो । हिन्दु धर्मका मुल अंशहरु वस्तुवादी धाराबाट आयो । वस्तुवादी र मनोविज्ञानको धारबाट आयो । पश्चिमा न्यूओनिजम्म, क्याथोलिज्म, वाइवलिजमको धारको रुपमा आयो ।
धर्मको विकासे चरण फिउडेलिज्ममा तन्त्र–मन्त्रको चरण, जिउनिजमको चरण, तन्त्र–मन्त्रको शाखा मध्येको एउटै मात्र शाखा बाँच्यो । धेरै धार्मिक विचारहरु नष्ट भयो । पछि एक्येश्वरवादको कुरा आयो ।
फिउडोलिजम, क्याथोलिजम मेटिसकेको थिएन । यूरोपियनहरुमा एउटाले अर्को माथि हिंसा गथ्र्यो । शत्रुको कलेजो ल्याउ, पोलेर खाउ, तिमी विजेता हुन्छौ भनेको छ । त्यस्तो पनि हुन्छ त ? तन्त्र–मन्त्रवाद आउँछ ।
वहुदेवबाट एक्येदेव वा ऐक्यस्वर विकास आयो । माक्र्सवादीहरुले कहिल्यै मान्दैन । गर्भवती भएको महिलाई घोक्र्याउँदा पनि कसैले उद्धार गर्दैन । अतार्किक कुरालाई माक्र्सवादीहरुले मान्दैन ।
माक्र्सवादी दृष्टिकोणबाट श्रीमद्भागवत् गीतालाई कसरी हेर्ने ? समस्या तल्लोस्तरमा रहेको छ । नेपाल माक्र्सवादी संघर्षसँग जोडिएको छ । हामी यहाँ दर्शनको कुरा गर्छौं । घरमा गएपछि श्रीमती र भाईहरुको अगाडि मुकदर्शक बन्नु पर्छ । श्रीमद्भागवत् गीताको प्रभाव होलान् । अन्त्यमा अध्यात्मवादलाई प्रसय दिएको पाइन्छ । माक्र्सवादी दृष्टिकोणबाट हेर्दा कसरी प्रभाव पारेको छ । मन्त्री संसदबाट पनि प्रस्तुत भएको हुन्छ । धार्मिक दृष्टिकोणलाई बुझाउन सक्दैनौं जस्तो लाग्छ । स्कुलमा पनि त्यस्तो प्रभाव पारिरहेका छ । उच्चस्तरको छलफलले मात्र बुझाउन सक्दैनौं होला । भागवत् गीतालाई घरसम्म पु¥याउन सक्छौं होला !

त्रिचन्द्र क्याम्पस दर्शन शाश्त्र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी सुयोग पौडेलले धर्मले परिवर्तन गरेको समाजमा पाप योनी भनेर कुनै पनि दर्शनमा लेखेको पाइदैन । अनुवादकले पाप योनीको विषयमा लुकाइएको छ ।
शासकको कुरा गर्दा नयाँ परिस्थितिको विकास गरेको छ । अनुवादहरुमा समस्या देखिएको छ । शास्त्रमा जति पनि जातिवाद छ । त्यतिनै विरोध पनि भएको छ । हिन्दु धर्मको आधुनिक मानवसँग विरोध पनि भएको छ । हिन्दु धर्मको आधुनिक मानवसँग तकराव हुन्छ भनेर लुकाएको हुन् कि !
कृष्णको कुरु क्षेत्रको भित्री कुरा हुन् । आचार्य शंकर, बौद्ध दर्शनको नजिक थियो । क्रिस्टिनिटी धर्म भनेको गुण, चरित्र, स्वभाव पनि हुन् । यदि क्रिष्टिनिटी वा बौद्ध दर्शनको हिसाबले हेर्ने हो भने दुर्घटनामा पर्छौं ।
दर्शन शास्त्रको विषयमा खुला रुपमा छलफल गरौं । चारवाग्मा स्थापित मान्यता अनुसार रिलिजन भनेर धर्मको विश्लेषण गरेको छैन ।

वरिष्ठ साहित्यकार जगत वाशिष्ठले भौतिक विषयको खोजी भएन भनेका छन् । विष्णु प्रभातको दृष्टिकोण २ सय वर्ष अगाडि हुनुपर्छ ।
गरुड पूराणमा, मृत्यु संस्कारलाई विद्रुपी गर्ने नाममा पूरै कुटनीति पढाएर बजारमा तोडमोड गरेर ल्याएको छ । स्वास्थानीको विरोध गर्छौं । तर शालीनदिमा जाने महिलाहरुलाई रोक्न सक्दैनौं ।

प्रलेसका सल्लाहकार सीता शर्माले समाजलाई सोचे जस्तो बनाउन धार्मिक अन्धविश्वासबाट अलग गर्नुपर्छ । सोचे जस्तो बनाउन व्यवहारिक रुपमा कसरी बदल्न सक्छौं भन्नेतिर जोडदिनु जरुरी छ । नेपाली समाज आज बढी भक्त र अन्धविस्वासको कुरामा गयो कि !

अर्का दर्शन शाश्त्रका विद्यार्थी प्रकाश तिवारीका अनुसार विगतमा माक्र्स, एगेल्सको फोटो राख्दा गौरव लाग्थ्यो । अहिलेको व्रह्मा, विष्णु, महेश्वरको फोटो राखिएको छ । दर्शन सबैको एउटै हुनुपर्छ जस्तो लाग्दैन । दर्शनले खोज गर भनेको हुन्छ ।

प्रलेसका केन्द्रीय परिषद् सदस्य वरिष्ठ साहित्यकार केशु कार्कीले सामाजिक रुपमा परिक्षण गरेर भक्ति, कर्म, ज्ञानको कुरामा जनचेतना वृद्धि गर्न नसकेको हो की ! श्रीगीता मद्भागवत् महिला, जनजातिलाई अपराधीको रुपमा हेरिन्थ्यो । ७ वर्षको उमेरको बच्चालाई, ७० वर्षको बुढोसँग विवाह गर्न वाध्य गराउँछ । महिलाहरुनै पतिको भलाई र भविष्यमा योग्य वर पाउने सोँच राखेर खाई नखाई स्वास्थानी व्रत बस्न शालीनदिमा पुगेको हुन्छ ।
महिलाहरुले तिजको नाममा फाइवस्टार होटलमा खर्चालु कार्यक्रमहरु राख्न थालेको छ । एनजीओले र पार्टीको भातृ संगठनहरुले समेत महँगो तिज कार्यक्रमको आयोजना गरेको हुन्छ । त्यसमा अनावश्यक आर्थिक क्षति छ कि छैन ? सोच्नु पर्ने आवश्यक छ ।

वरिष्ठ साहित्यकार तथा माक्र्सवादी विद्धान विष्णु प्रभातले सांस्कृतिक क्षेत्रको सुधार एकदमै ढिलो हुन्छ । अध्यात्मकवाद दर्शन होइन । प्रत्ययवाद भनेको दर्शन हो । त्यो कुरा धर्मवादीहरुले ल्याए । पछि धर्म र संस्कारको रुपमा आयो ।
पूर्वीय दर्शनलाई हिमाली दर्शन भन्दा हुन्छ । धेरै वर्ष अगाडि बुद्ध दर्शनका अनुयायी चिनियाँ यात्री हुयानसाङले पश्चिम भारतमा आएर बुद्ध दर्शन फैलाए । त्यो भन्दा अगाडि नै बुद्धहरुको जन्म भइसकेको हुन सक्छ । जापान पनि पुर्व नै पर्छ । त्यस अभियानमा बुद्ध दर्शन दक्षिण एशियाली देशहरुमा फैलिएका हुन् ।
नेपालको आफ्नो मौलिक दर्शन छैन । हिन्दुको नामको कुनै जाति र दर्शन छैन । हिन्दु सनातनी भन्छन् । माक्र्सवादी दर्शनलाई राजनैतिक दर्शन मान्दछौं । द्धन्द्धात्मक ऐतिहासिक भौतिकवादको दर्शन बुझ्नु पर्छ । धार्मिक समुदाय भित्र छिरेर हेर्दा स्वास्थानी काठमाडौं उपत्यकाबाट उब्जिएको प्रथा हो । महिलाहरुले यो प्रथालाई मनाउँछन् ।
गीता लेख्दाको समाजको परिस्थिति कस्तो थियो ? गीताको ठूलो महत्व के थियो ? राणाकालमा आन्दोलनकारीहरुले गीता लिएर संघर्ष गरेको इतिहास छ । मानिसहरुमा भ्रम पर्ने विषय गीता होइन । अध्ययन गर्नु पर्ने विषय हो ।
नास्तिकहरुले गर्दा हाम्रो समाज बिग्रन लागे भन्न थालेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको इतिहासमा ७ साल देखि दर्शनको विषय राखेको थिएन । एकेडेमीमा मेरो पालाबाट मात्र दर्शन शाश्त्र विभागको शुरु भएको हो । आज दर्शन विभागले आफ्नो दृष्टिकोण दिने प्रयास भएको छ ।

योग र शाँख्या दर्शन ः
यो र शाँख्या दर्शनमा देववती महिलालाई नायिकाको रुपमा प्रस्तुत गरेका छन् । कपिल मुनिले आमाबाट शिक्षा लिएर शांख्या दर्शनको शिक्षालाई प्रवद्र्धन गरेका थिए । त्यतिबेलाको समाज कपिल मुनि बुद्ध, प्रज्ञाबल्क्य, र त्यसभन्दा अगाडि, शिव, शैव दर्शन अर्थात शक दर्शन मानेका छन् । तिबब्तमा बौद्ध धर्म, दर्शनको विस्तार भएको कुरा आएको छ । शैव, बुद्ध, शाक्यमुनि र बुद्ध दर्शन चाहीँ मौलिक छ भनेर बुझ्न्ु पर्छ । छिपछिपे ज्ञानले मात्र बहकिनु हुँदैन । त्यसमा मिति हटाएर कपाल दुखाउनु छैन । सांस्कृतिक विषय र ज्ञानको कुरालाई गज्याङ्गमज्याङ्ग गर्न हुँदैन ।

प्रज्ञा प्रतिष्ठान दर्शन विभागका प्रमुख, कृष्ण अधिकारीले भनेको छ । माक्र्सवादलाई विश्व राजनैतिक दर्शनको रुपमा हेरिन्छ । बौद्धकालीन अवस्थामा सा–सानाको गणराज्य थियो । श्रीमद्भागवत् गीता, रामायण एउटै व्यक्तिले लेखिएको थिएन । वर्गीय दृष्टिकोणले हेर्दा आफ्नो धार्मिक स्वार्थ गर्नको लागि लेखेको हुनुपर्छ । धर्म र दर्शन फरक विषय हुन् । धर्मलाई आँखा चिम्लेर ठीक छ भनेर स्वीकार गर्न सक्दैन । नेपालमा पनि राजनीतिक आन्दोलनमा धार्मिक समस्याको शुरुवात भएको छ ।
हिन्दुहरुले नै राज्यवतीको पालामा दशहजार गाई मारेर गाईको मासु खाएको पाइन्छ । त्यो पनि गीता र पुराणमा हटाएको छ । सिद्धान्त र व्यवहारमा एकरुपता आउनु पर्छ । राजनीतिक आन्दोलनको विकृत रुपमा त्यसको परिणाम पनि हो । गीता, महाभारतमा श्रँृगार रसको विषय बढी छ । साँस्कृतिक र वीर रसलाई प्राथमिकता दिनु पर्छ ।

प्रगतिशील लेखक संघका अध्यक्ष मधुसुदन गिरीले परिसम्वाद महत्वपूर्ण विषयमा छलफल भएको र माक्र्सवाद प्रति प्रलेसको दार्शनकि आधार के हुन् भन्ने कुरा थोरै भएपनि छलफल गर्न पाएकोले विषयवस्तुलाई अझ प्रभावकारी बनाउनु पर्ने कुरामा जोड दिएको छ ।
गिरीले भने भौतिवादी दर्शन प्रति हाम्रो समाजको धारणा के हो ? पौराणिक युगमा समाजलाई हेर्ने दृष्टिकोण के हो ? वैद्धिक, पौराणिक युग र आयवर्तीय युगमा भएको साहित्यिक विकासको आधार के हो ? यी कुराहरुको गहन अध्ययनको जरुरी भएको बताए ।
प्रत्ययवादी दर्शनको आधारमा विकास भएको साहित्यि दर्शन कति प्रभावकारी छ ? त्यो एक प्रकारको साम्राज्य हो । त्यतिबेला धर्मले शोषण गरिरहेको समाजमा, कुनै सामाजिक विधि विधान थिएन । राम्रो काम ग¥यो भने स्वर्ग जान पाइन्छ । नराम्रो काम ग¥यो भने नर्कमा जानु पर्छ भन्ने भ्रम फैलाइयो । त्यतिबेला धर्मको चक्करमा परेर स्वर्ग जाने र नर्क जाने टिकट व्यवस्था गरेको हुनुपर्छ ।

त्यतिबेला वर्गीय द्धन्द्ध नभएपनि समवर्गीय द्धन्द्ध थियो भन्ने लाग्छ । सामाजिक न्याय समाप्त भयो भने द्धन्द्ध हुन्छ । हिजो कृष्णले अन्याय, अत्याचार, शोषण दमन र उत्पीडन भयो भने मेरो शरणमा आउ मुक्ति पाउँछ भनेका थिए । यसले वस्तुवादी दृष्टिकोणबाट हेर्दा अध्यात्मकवादी दृष्टिकोणको आधार पनि बलियो रुपमा स्थापित गरेको छ ।
क) जरामा सामन्तवादी संस्कृति छ ।
ख) पश्चिमा उपभोक्तावादी संस्कृति छ ।
ग) पाश्चात्य संस्कृतिमा समाजलाई हेर्ने भौतिकवादी दृष्टिकोणमा कमी आएको छ ।
समाज विकासको क्रमलाई हेर्नुपर्छ जस्तो लाग्छ ।

तर, डार्विनको सिद्धान्तबाट हेरियो भने होमो सेपिएन, अहिले साइवर सेपियनसम्म आइपुगेको छ ।
पूर्वीय र पश्चिी मत भन्नु हुन्न । अध्यात्मवादी दृष्टिकोण भन्दा पनि वस्तुवादीकोणबाट हेर्नु वैज्ञानिकता होला । डार्विनको सत्यवादी ज्ञानले हेर्ने दृष्टिकोणको वैज्ञानिक आधार विकास भएको छ ।

विषयवस्तु प्रस्तोता डा.कृष्णराज अधिकारीबाट नेपाल प्रज्ञा प्रतिष्ठानका दर्शन विभाग प्रमुख हुन् ।
यो विचार २०८१ फागुन ९ गते शुक्रबार प्रगतिशील लेखक संघको आयोजनामा माक्र्सवादी दृष्टिमा श्री मद्भागवत् गीता विषयक ७८ औं परिसम्वाद कार्यक्रममा प्रस्तुत भएका विचारहरु हुन् ।

 

प्रतिक्रिया दिनुहोस्: