ट्रम्प, पुटिन र सी चिनफिङबीच चीनमा त्रिपक्षीय शिखर वार्ता

२०८३ मंसिर ४

काठमाडौं । विश्वका तीन प्रमुख शक्तिराष्ट्र अमेरिका, रुस र चीनका राष्ट्रप्रमुखबीच चीनको सेन्जेनमा त्रिपक्षीय शिखर वार्ता शुरु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको अवसरमा भेटवार्ता भएको हो।

तीनै नेताबीचको यो पहिलो औपचारिक त्रिपक्षीय भेटवार्ता हो। चिनियाँ राष्ट्रपति सीले वार्ताको अध्यक्षता गरिरहेका छन्। यसअघि ट्रम्पले सीसँग र पुटिनसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

वार्ताको मुख्य एजेन्डामा आणविक हतियार नियन्त्रण, इरान युद्ध, युक्रेन युद्ध तथा अन्तर्राष्ट्रिय सुरक्षा र शक्ति सन्तुलनका विषय रहेका छन्। विशेषगरी ट्रम्पले विश्वका आणविक शक्तिराष्ट्रबीच हतियारको भण्डार घटाउने विषयलाई वार्ताको प्रमुख प्राथमिकता बनाएका छन्। अमेरिकाले चीनलाई समेत समेटेर नयाँ आणविक हतियार नियन्त्रण सम्झौता गर्नुपर्ने धारणा राख्दै आएको छ।

त्रिपक्षीय वार्ताअघि ट्रम्प र सीबीच करिब एक घण्टा द्विपक्षीय छलफल भएको थियो। त्यसक्रममा ट्रम्पले अमेरिका र चीनले मिलेर युक्रेन युद्ध अन्त्य गर्न भूमिका खेल्नुपर्ने बताएका थिए। सीले भने सार्वजनिक अभिव्यक्तिमा युक्रेन युद्धबारे स्पष्ट धारणा राखेनन्। ट्रम्प र पुटिनबीच पनि छुट्टै करिब ४० मिनेट छलफल भएको थियो। उक्त भेटमा युक्रेन युद्धबारे कुराकानी भएको थियो।

प्रतिक्रिया दिनुहोस्: