कृष्णभीर सडकखण्ड असोज १ गतेदेखि पूर्णरूपमा सञ्चालनमा आउने

२०८३ भाद्र २९

काठमाडौं । बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीर सडकखण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

सडक विभागले नयाँ ट्रयाक निर्माण र सडक पुनस्र्थापनाको कामलाई तीव्रता दिँदै निर्माणाधीन सडकमा सवारीसाधन सञ्चालनको परीक्षण गरेको छ।

परीक्षणका क्रममा काठमाडौं–चितवनतर्फ ग्यास बुलेटसहित करिब २० वटा तथा चितवन–काठमाडौंर्फ भारीसहित केही हलुका सवारीसाधनलाई सफलतापूर्वक पार गराइएको विभागले जनाएको छ।

सडक स्तरोन्नति र सुरक्षासम्बन्धी बाँकी काम पूरा गरी असोज १ गतेदेखि कृष्णभीर खण्डमा नियमित यातायात सञ्चालन गर्ने विभागको लक्ष्य छ। त्यसअघि भने उक्त खण्डमा यातायात पूर्ण रूपमा बन्द रहने जनाइएको छ।

बाढीका कारण क्षतिग्रस्त सडकलाई पुनः सञ्चालनमा ल्याउन सडक विभागले नयाँ ट्रयाक निर्माण, सडक मर्मत तथा सुरक्षाका आवश्यक काम अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: