सुनचाँदीकै भाउ बढ्यो, अब प्रतितोला कति .. ?

२०८२ चैत्र ३

काठमाडौं । आज चैत ३ गते नेपाली बजारमा सुनचाँदीकै भाउ बढेको छ। सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो भने चाँदी प्रतितोला ७० रुपैयाँले बढेको हो।

आज छापावाला सुन प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्: