काठमाडौं । आज माघ शुक्लपञ्चमी तिथी रहेको छ । आजको दिनलाई श्रीपञ्चमीको रुपमा नेपालीहरु विश्वभर नै विशेष रुपमा मनाउने गर्दन् । श्रीपञ्चमीको दिनमा विद्याकी देवी सरस्वतीको पुजा आराधना गरेर मनाउने गरिन्छ ।
आजैका दिनमा साना साना बालबालिकाहरुलाई अक्षराम्भ गर्ने प्रचलन समेत रहेको छ ।
सरस्वती पुजाको अवसरमा भक्तपुरस्थित थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिर, मैतिदेवी, स्वयंभूलगायत विभिन्न सरस्वती मन्दिरहरुमा दर्शनार्थीको भिड लागेको छ । स्वयम्भुमा हिन्दुहरुले देवी सरस्वती र बौद्धहरुले बुद्धको पुजा गर्ने प्रचलन रहेको छ ।
हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने प्रचलन रहेको छ । वसन्त श्रवणमा उपराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत गन्यमान्यहरू पनि सहभागी हुने चलन छ ।
यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्: