आज ल्होसार, तामाङ समुदायहरु पर्वमा व्यस्त

२०८२ माघ ५

काठमाडौं । तामाङ समुदायको प्रमुख तथा नयाँ वर्षको रूपमा माघ शुक्ल प्रतिपदाका दिन मनाइँने सोनाम ल्होसार पर्व आज श्रद्धा र उत्साहका साथ मनाइँदैछ।

आजका दिन गुम्बा तथा विहारमा विशेष पूजा, प्रार्थना र धार्मिक अनुष्ठान गरिन्छ। परम्परागत भेषभूषा, सांस्कृतिक नृत्य, संगीत तथा शुभकामना आदान–प्रदान मार्फत् नयाँ वर्षलाई स्वागत गर्ने चलन छ।

सोनाम ल्होसारको अवसरमा सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको छ। जसका कारण आज सरकारी कार्यालय, शैक्षिक संस्थाहरू, अधिकांश बैंक तथा वित्तीय संस्था लगायत नेपाल स्टक एक्सचेन्ज ९नेप्से० समेत बन्द रहनेछ।

प्रतिक्रिया दिनुहोस्: