स्वीजरल्याण्डको सुझबुझपूर्ण कुटनीति, रसियाको रणनीति र साउदीको सार्थक पहलले रोकियो अमेरिका इरान युद्ध

२०८२ माघ ५

काठमाडौं । युद्धको अन्तिम अवस्थामा पुगिसकेको अवस्थामा विश्वका केही इमान्दार मुलुकहरुको प्रयासमा अन्तिम समयमा रोकिन पुगेको छ । युरोपेली मुलुक स्वीजरल्याण्डले चालेको सुझबुझपूर्ण कुटनीतिका कारण मध्यपूर्वमा उत्पन्न तनाव लगभग अन्त्य हुने निश्चित भएको छ । यति नै बेला रसियालले चालेको रणनीतिले पनि महत्वपूर्ण योगदान गरेको छ भने साउदी अरबले गरेको सार्थक प्रयास मूर्त रुप लिन पुगेको छ ।

इरानमा जारी प्रदर्शनमा त्यहाँका सरकारले गरेको दमनको बिषय र प्रदर्शनकारीलाई मृत्युदण्डको बिषयलाई लिएर अमेरिकाले इरानमाथि सैनिक आक्रमण गर्ने धम्की मात्रै दिएको थिएन, सैन्य आक्रमण गर्ने अन्तिम तयारी समेत थियो । अमेरिकाले धम्की मात्रै नदिई कडा चेतावनी समेत दिइसकेको छ । अमेरिका र इरानबीचमा उत्पन्न तनाव अन्त्यको प्रयासमा स्वीजरल्याण्डले प्रभावकारी भूमिका खेलेको छ ।

स्वीजरल्याण्डले अमेरिका र रसियाको बीचमा सम्पर्क स्थापित गर्न हटलाईन समेत स्थापना गर्न सफल भएको थियो । यद्यपि अहिले उक्त सम्पर्क बन्द गर्ने घोषणा इरानले गरिसकेको छ । इरानले पनि अमेरिकी आक्रमणको बदलामा जवाफी हमला गर्ने कडा चेतावनी मात्रै दिएको छैन, तयारी समेत गरिरहेको छ । यसैबीच, अमेरिकाले कतारस्थित अमेरिकी सैन्य बेसबाट केही कर्मचारीहरुलाई अन्यत्र जान भनिएको घट्नाले अमेरिका र इरान युद्धको अन्तिम अवस्थामा पुगिसकेको पुष्टि गर्दछ । तर, उक्त कर्मचारीहरुलाई अहिले यथास्थानमा फर्काइसकेको छ ।

यतिबेला विश्वको ध्यान इरान र अमेरिकी युद्धमा केन्द्रीत छ । स्वीजरल्याण्डले कुटनीतिक माध्यमबाट समस्याको समाधान प्रयास गरिरहेको छ । आजै विहान मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीलाई फासी दिने निर्णय रोकिएको र इरानमा थप प्रदर्शनकारी नमारिने विश्वास आफूलाई दिलाइएको बीबीसीले जनाएको छ । त्यस्तै, इरानका विदेशमन्त्री अब्बास अरगचीले पनि प्रदर्शनकारीलाई मृत्युदण्ड दिने निर्णय नभएको स्पष्ट पारेको अलजजिराले जनाएको छ ।

स्वीजरल्याण्डले यसअघि सन् २०२० मा इराकमा अमेरिकी आक्रमणमा मारिएका क्वासम सोलेमानीको बेलामा पनि दुई देश बीचको सम्बन्ध थप जटिल बन्न नदिन प्रयत्न गरेको थियो । त्यस्तै, २०२३ मा पनि स्वीस भूमिका निकै महत्वपूर्ण रह्यो । सन् २०२४ मा इजरायल र प्यालेस्टाईन बीचको युद्धका बेलामा पनि स्वीजरल्याण्डको कुटनीतिज्ञको सुझबुझपूर्ण भूमिकाले कार्य गरेको थियो ।

यस पटक पनि स्वीजरल्याण्डले दुई देशका बीचमा संवादको ढोका खोल्न महत्वपूर्ण प्रयास गरेपछि अमेरिका इरान युद्ध टर्न सक्ने देखिन आएको छ । यसमा इरानको आफ्नै लचिलो कुटनीति, स्वीजरल्याण्डको विश्वासयोग्य कुटनीति र रसियाको नयाँ रणनीतिले भूमिका खेल्न सफल भएमा मध्यपूर्वमा जारी संकट टर्ने संकेत देखिएको छ ।

भेनेजुयलामा अमेरिकाले सैन्य आक्रमण गरी राष्ट्रपति निकोलस मदुरोलाई अपहरण गरेपछि हौसियका इरानका प्रजातन्त्र पक्षधहरुले विगत दुई साताभन्दा लामो समयदेखि शान्तिपूर्ण प्रदर्शन गर्दै आएका छन् । सो क्रममा सयौंको मृत्यु भइसकेको छ ।

यो सार्थक पहलमा साउदी अरेबियाको पनि उल्लेखनीय योगदान रहेको छ । साउदीको समर्थन नभई अमेरिकाले इरानमा आक्रमण गरेमा त्यसबाट ठूलो क्षति व्यहार्नुपर्ने हुनसक्छ । साउदी अरबले त्यहाँ रहेको सम्पत्ति फिर्ता ल्याउने निर्णय गरेमा अमेरिकाको आर्थिक अवस्था नै धरासायी हुने अवस्था छ । त्यसैले पनि साउदीसँग अमेरिकाले सम्बन्ध बिग्रन नदिन समेत इरान घटनामा सम्झौता गरेको हुनसक्ने देखिन आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्: