किन्डर ओलम्पिक

२०८२ पुष ९

काठमाडौं पुस ९, अर्ली चाइल्डहुड एजुकेशन टिचर्स एसोसिएसन (इसीइटीए)को आयोजनामा १२ औं किण्डर ओलम्पिकको दोश्रो चरणको कार्यक्रम बुधबार लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागी विद्यार्थीले मार्च पास्ट गरेका थिए । विश्व शारीरिक सुगठन प्रतियोगितका रजत विजेताद्वय प्रज्ज्वलमान शाक्य र सनम मुलगुठीलगायतको उपस्थितिमा भएको मार्च पास्टको अगुवाइ ओलम्पियनद्वय जुडोकी देबु थापा र एथलेटिक्सकी विमला रानाले गरेका थिए ।
दोस्रो चरणमा १३ विद्यालयका ६ सय ५० विद्यार्थी सहभागी भएको इसीइटीएका सल्लाहकार केदारमान स्थापितले जनाएका छन् । पहिलो चरणको कार्यक्रममा १९ विद्यालयका ७ सय २० विद्यार्थीको सहभागिता थियो ।
विद्यार्थीले कराते, उसु, जिम्न्याष्टिक र तेक्वान्दोको प्रस्तुती प्रस्तुत गरेका थिए । दोस्रो चरणका सहभागीलाई राष्ट्रिय सभाका सदस्य डा.अञ्जान शाक्य, काठमाडौं महानगरापलिकाकी उप मेयर सुनिता डंगोललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तेस्रो चरणको कार्यक्रम माघ २७ गते सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमै हुनेछ । ‘जित्नु भन्दा सहभागिता महत्वपूर्ण छ’ भन्ने उद्देश्यसाथ आयोजना गरिएको किण्डर ओलम्पिकको तेस्रो चरणसम्म विभिन्न ३८ विद्यालयका ३ देखि ६ वर्षसम्मका १ हजार ८ सय भन्दा बढी बालबालिकाको सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: