काठमाडौं पुस ११, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी पार्टी टुक्रा–टुक्रा भएर फुट्दा–फुट्दा साउनको भेल जस्तो भएको बताए ।
शान्ति प्रक्रियामा आएपछि माओवादी छिन्नभिन्न भएको बताएका छन् । माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा विप्लवले भने, ‘माओवादी साउनको भेल जस्तै भएको छ । कहाँ कहाँ पुग्यो ।’
फुट्नुमा पनि असाध्यै धेरै टुक्रामा विभाजित भएको विप्लवको भनाइ रहेको छ ।
अब माओवादी धार बोकेको पार्टी १९ वटा बाट बीस पुग्न बाँकी छ । मैले भने–एउटा थप्नुस् २० हुन्छ, २० हुन्छ’ भने ।
माओवादीको मन अशान्त रहेकाले धेरै फुटिरहेको विश्लेषण विप्लवले सुनाए । तर, फुट्ने क्रम असाध्यै धेरै भएपछि जुट्ने दिन पनि आउने बताए ।
पार्टीको केन्द्रीय समितिले एकताकै प्रस्ताव अगाडि बढाएको जानकारी नेत्रविक्रम चन्द (विप्लव)ले दिएको छ ।
‘जनयुद्ध, माओवाद र माओवादी’का विरुद्ध घेरावन्दी, विद्रूपीकरण, विभ्रमीकरण र विखण्डीकरणको हावाहुन्डरी चलिरहेको यति बेला समालोचनाका माध्यमबाट ‘जनयुद्ध, माओवाद र माओवादी’ को उदात्तीकरण, आदर्शीकरण, सौन्दर्यकरण र उच्च वैचारिक केन्द्रीकरण गर्ने एउटा अर्को प्रयास थियो– ‘जनयुद्धका डायरी समालोचना ।’ र १३१ औं माओ दिवसको सन्दर्भमा प्रस्तुत समालोचनात्मक कृतिको सावर्जनिकीकरणका साथै, वैचारिक अन्तरक्रिया कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट योगदान गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गरेको छ । अगामी दिनमा पनि अझ उच्चताका साथ यस किसिमको कार्यक्रमका लागि हार्दिक तथा ऐक्यबद्धताको अपेक्षा पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: