जेनजी वार्ता टोलीका सदस्य दाहाललाई प्रश्न– वार्ताको एजेन्डा के हो ?

२०८२ आश्विन १२

काठमाडौं असोज १२, जेनजी युवाका केही प्रतिनिधिहरुको भेलाले सरकारसँग सम्झौता गर्नका लागि भन्दै वार्ता टोली गठन गरेको छ ।
टोलीमा पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लु गुप्ता, टिकाराम लिम्बु, योग्यता भण्डारी, जेम्स कार्की, कासिफ महम्मद मिया, अर्पित कुवर र दीपक जंग अधिकारी छन् । वार्ता टोलीमा रक्षा बमको पनि नाम उल्लेख छ तर उनको हस्ताक्षर छैन ।
वार्ता समिति गठनबारे टोलीका सदस्य प्रवेश दाहालसँग संक्षिप्त कुराकानी गरेका छौं ।
वार्ता समिति बनेको छ । अहिले ११ सदस्यीय बनेको छ । तर सबैको लागि खुला छ । यसमा सदस्य थपिन सक्छ । ११ भन्दा धेरै हुन्छ । टोलीमा रक्षा बमको नाम पनि छ तर उहाँले असहमति जनाउनु भएको छ नि ?
उहाँले असहमति जनाउनु भयो भने अर्को थपिन सक्छ । समन्वय गरेर आउनेलाई ढोका खुला छ ।
राष्टपतिसँग वार्ता टोली जान्छ । अब अपौचारिक वार्ता सुरु हुन्छ ।राष्ट्रपतिसँग वार्ता गर्ने एजेन्डा के–के छन् ?
हामीले एजेन्डा बनाएका छौं । जेनजी आन्दोलनलाई वैधानिकाता दिने । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग राख्ने । जेनजेलीलाई पक्राउ गर्ने भन्ने छ त्यो रोक्ने हो । एजेन्डा राष्ट्रपतिसँग पेस गर्छौं । त्यसपछि अगाडि बढ्छौं ।
हामीले व्यवस्था परिवर्तन भनेको होइन, अवस्था परिवर्तन भनेका हौं ।
काँग्रेस प्रवक्ताले भने– हमला हुन्छ भन्ने थाहा हुँदाहुँदै घर नछाड्ने सभापतिले देश छाड्नुहुन्छ?
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाले देश छाड्नुपर्ने कारण नभएको बताएका छन् ।
आइतबार पत्रकार भेटघाटमा प्रवक्ता महतले देश छाडेर भाग्न लागेको भनेर झुट प्रचार गरिएको बताएका हुन् ।
उनले लोकतान्त्रिक आन्दोलनमा लगातार लडिरहँदा पनि यसरी नै ’डिमोरलाइज’ गर्न खोजिने तर सभापति देउवा त्यतिबेला पनि ’डिमोरलाइज’ नभएको बताए ।
’उहाँ देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता होइन। सांघातिक रुपमा हमला हुने देख्दा देख्दै पनि घर छोड्नुभएन भने देश छोड्नुपर्ने कुनै कारण छैन,’ उनले भने ।
प्रवक्ता महतले हरेक नेपालीले पाउने हकअनुसार नै पासपोर्ट लिइएको पनि बताए ।
’पासपोर्ट लिनु नै अपराध भयो भन्ने जस्तो भाष्य सिर्जना गर्ने कोशिस गरिएको छ ,’ उनले भने।
प्रवक्ता महतले काँग्रेसीहरु एकजुट भएर केन्द्रिय समितिमार्फत वर्तमान परिस्थितिको समाधान खोज्न लाग्नुपर्ने बताए ।
उनले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि हस्ताक्षर संकलनले कार्यकर्ताहरुमा अन्योलता सिर्जना भएको बताउँदै यसमा केन्द्रीय समितिबाटै निचोड निस्किने बताए ।
’अफ्ठ्यारो स्थितिमा एकजुट भएर केन्द्रीय समितिमार्फत नै सम्पूर्ण विषयवस्तुमा छलफल गर्ने र सामूहिक निष्कर्ष निकाल्ने र पार्टी पंक्तिमा उत्साह भर्ने काम गर्नेछौँ । अधिवेशन प्रक्रियालाई पनि हामी चाँडो भन्दा चाँडो हामीले केन्द्रिय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने कुरामा दुईमत छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्: