काठमाडौं असोज ८, नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी विघटन गर्दै अध्यक्ष प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको छ ।
स्थायी कमिटी बैठकले पार्टीभित्र एकता कायम गर्न र आवश्यकताका आधारमा केन्द्रीय कमिटी भंग गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।
विशेष महाधिवेशनको मिति तोक्न र निर्वाचनको लागि सरकारको ध्यानाकर्षण गर्ने विषयमा पनि स्थायी कमिटी बैठकले निर्णय गरेको छ ।
नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी विघटन गर्दै अध्यक्ष प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने भएको छ ।
पार्टी कार्यालय पेरिसडाडाँमा बुधबार बसेको स्थायी कमिटी बैठकले एकता र आवश्यकताका आधारमा केन्द्रीय कमिटी भंग गर्ने र अध्यक्ष प्रचण्डले विशेष महाधिवेशन आयोजक समितिको संयोजन गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरकोे प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
पार्टीभित्र एकता कायम गर्न र वर्तमान अवस्थाका आधारमा केन्द्रीय कमिटी भंग गर्न लागिएको उनले बताए ।
उनका अनुसार बैठकले विशेष महाधिवेशनको मिति तोक्न समेत केन्द्रीय कमिटीमा प्रस्ताव गर्नेछ ।
विशेष महाधिवेशन आयोजक समितिको संयोजकमा प्रचण्ड रहने निश्चित भएको दाबी गर्दै उपाध्यक्ष सापकोटाले यसमा कसैको फरक मत भए केन्द्रीय कमिटीमा राख्न सकिने बताए ।
केन्द्रीय कमिटीमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने र प्रदेश अनुसार प्रतिनिधि विभाजन गरेर, केन्द्रीय समितिको पूर्ण बैठकमा रिपोर्टिङ हुने सापकोटाले बताए ।
यस्तै तोकिएको मितिमा नै निर्वाचन गर्न सरकारको ध्यानाकर्षण गर्ने र पार्टीको तर्फबाट यथासम्भव भूमिका खेल्ने निर्णय माओवादी स्थायी बैठकको छ ।
त्यस्तै जेनजीलगाएत परिवर्तनकारी शक्तिहरूसँग वार्ता र संवाद गरेर समझदारी कायम गर्ने, समाजवादी मोर्चा र राजनीतिक कार्यदिशा तथा विचार मिल्नेसंग कार्यगत एकताका लागि प्रभावकारी पहल गर्ने निर्णय बैठकले गरेको छ ।
तुइनखोला पहिरो ः १६० मिटर सडक ढाकिने गरी बन्यो २० मिटर अग्लो पहाड
काठमाडौं असोज ८, तुइनखोलामा खसेको सुक्खा पहिरो पन्छाउने काम बिहानैदेखि सुरु गरिएको छ ।
सडकका दुवैतर्फबाट २÷२ वटा गरी ४ वटा उपकरणले बिहान ६ बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले बताए । उनका अनुसार अपरान्ह ३ बजेसम्ममा सडकको दुवैतर्फ गरी करिब ६० मिटर मात्रै पहिरो पन्छाइएको छ ।
मंगलबार अपरान्ह खसेको भयंकर पहिरोले झन्डै १६० मिटर सडक क्षेत्र पुरिएको छ भने २० मिटर अग्लो पहाड नै बनेको उनले बताए ।
आचार्यले भने, ‘फिल्डमा ६ वटा उपकरणको व्यवस्था गरिएको छ । तर एक पटकमा एकातर्फ दुई वटा भन्दा बढी उपकरण चलाउन मिल्दैन । त्यसैले दुवैतर्फ गरी ४ वटा उपकरणले बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्: