राष्ट्रिय जनमोर्चाको बैठक : के–के गर्यो निर्णय ?

२०८२ आश्विन ७

काठमाडौं असोज ७, चित्र बहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको बैठक बुटवलमा सम्पन्न भएको छ । आइतबार सम्पन्न बैठकले विभिन्न तीन वटा निर्णयहरू गरेको छ ।
आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनबारे सरकारले निर्णय गरेपछि कुन रूपमा स्थितिको विकास हुन्छ ? त्यस आधारमा आगामी केन्द्रीय कमिटीको बैठकले निर्वाचनबारे ठोस निर्णय लिने छ ।
बैठकले गत भदौ २३ र २४ गते जेनजीहरुको प्रदर्शनमा भएको तोडफोड, आगजनी तथा ध्वंसात्मक कार्यबारे निष्पक्ष तरिकाले छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्ने माग गरेको छ ।
राष्ट्रपतिले अन्तरिम सरकारलाई ६ महिनाभित्र निर्वाचन गराउने कार्यादेश दिएको छ । यद्यपि सरकारले अझै त्यस विषयमा आधिकारिक रूपले कुनै निर्णय गरिसकेको छैन । निर्वाचनबारे सरकारले निर्णय गरेपछि कुन रूपमा स्थितिको विकास हुन्छ ?
त्यस आधारमा आगामी केन्द्रीय कमिटीको बैठकले निर्वाचनबारे ठोस निर्णय लिने छ ।
देशमा हालै जेनजी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी तथा ध्वंसात्मक कार्यबारे विस्तृत रूपमा बैठकमा छलफल भयो । बैठकले त्यसबारे विस्तृत रूपमा निष्पक्ष तरिकाले छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्ने माग गरेको छ ।
प्रतिगमनका विरुद्ध समान समझदारी कायम हुने राजनीतिक शक्तिहरूसँग कार्यगत एकता वा तालमेल गर्ने ठेगान भएको छ । तर त्यसका लागि पहिले केन्द्रीय स्तरमा समझदारी भएपछि नै जिल्लाहरूमा त्यसअनुसार कार्यगत एकता वा सहकार्य गरेर जान सक्ने छन् । तर असंवैधानिक प्रकारले मन्त्रीपरिषद् गठन गरेको, संसद्को विघटन गरेको समेतका विषयमा जिल्ला स्तरमा वा जनवर्गीय मोर्चाहरूको स्तरमा पनि वक्तव्य दिने सकिने छ । तर त्यसो गर्दा राजावादी र कथित स्वतन्त्र पार्टीसित कुनै पनि तालमेल वा सहकार्य गरिने छैन ।

प्रतिक्रिया दिनुहोस्: