काठमाडौं असोज ६, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिंहले पुनर्निर्माणको क्रममा प्रयोग हुने सबै फर्निचर नेपालमै बनेको प्रयोग गर्ने निर्णय गरेका छन् ।
सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयका रूपमा यस्तो निर्णय गरेका हुन्। यस्तै उनले सहिद परिवार र घाइतेलाई रोजगारीको व्यवस्थाका लागि जोड दिने समेत बताए ।
मन्त्री सिन्हाले सरकारी निकायमा फर्निचरलगायत निर्माण सामग्री स्वदेशी प्रयोग गर्ने निर्णय पनि गरे ।
उनले अत्यावश्यक बाहेक अन्य कामको लागि कार्यालय धाउनु नपर्ने गरी अनलाइन सेवा विस्तार गर्ने निर्णय लिए ।
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सहिद परिवार र घाइतेलाई रोजगारीको व्यवस्था गरिने निर्णय गरेका छन् । उनले सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् ।
साथै सरकारी निकामा फर्निचर लगायत निर्माण सामग्री स्वदेशी प्रयोग गर्ने निर्णय गरेका छन् । यसैगरी अत्यावश्यक बाहेक अरू विषयमा कार्यालय धाउनु नपर्ने गरी अनलाइन सेवाको विस्तार गर्नतर्फ पहल गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: