विशेष सम्पादकीय
शान्तिपूर्ण जेनजीको आन्दोलन यति साह्रो हिस्रक बन्छ भन्ने कसैले कल्पना गरेको थिएन । यो कुनै एउटा चलचित्र निर्माणको लागि तयारी गरिएको कृत्रिम घटना जस्तै भएको छ । तर यस घटनाले न स्कुलको विद्यार्थीलाई न सर्वसाधारण नेपाली नागरिकलाई न देशको प्रेरणाको स्रोत उद्यमीहरु मीनबहादुर गुरुङबाट स्थापना गरिएको भाटभटेनीलाई न चौधरी ग्रुपलाई न त राष्ट्र सेवक प्रहरी कर्मचारीहरुलाई न देशको इतिहास बोके नेपालीहरुको धरोहर सिंहदरवारलाई कसैलाई पनि बाँकी राखेन ।
शुरुमा सुरक्षाकर्मीलाई फूल दिएर माइतीघर मण्डलाबाट शुरु भएको जेनजी प्रर्दर्शन नयाँ बानेश्वरमा पुग्दा हिसात्मक बन्नु पुग्यो ।
कलिला युवाहरु माथि प्रहरी गोली वर्षियो । २३ गते सोमबार रातीसम्म १९ जनाको ज्यान गएको थियो भने ३ सय ५० भन्दा बढेरै घाइते भए । प्रर्दशनकारीमा माथि प्रहरी बर्बर दमनले शाही शासनकाल विर्षाएको छ ।
नेपालमा धेरै प्रयोगकर्ता रहेको समाजिक सञ्जाल निष्क्रिय रहेकै बेला जेनजी पुस्ताले भ्रष्टाचार विरुद्ध आव्हान गरे पछि नै सरकारले बुझ्नु पथ्र्यो । सामाजिक सञ्जालमा पोखिएको आक्रोश सडकमा पनि आउन सक्छ । समयमै त्यसको हेक्का गर्न सकेको देखिएन । अर्को, आम नागरिकको असन्तुष्टि, निराश र आक्रोश बेलैमा सम्वोधन गर्नु राज्यको दायत्व हो । बेवास्ता गर्दै जाँदा जुनसुकै बेला विष्फोट हुने सक्छ भन्ने दृष्टान्त जेनजी विद्रोह बनेको छ ।
शान्तिपूर्ण आन्दोलन भड्किनुको पछाडि पक्कै थुप्रै कारण होला प्रदर्शनमा त्यसको पनि नेतृत्व विहिन छँदै थियो । अगुवा गरेको जेनजी नेताहरुले माइतीघर मण्डलाबाट बानेश्वरको निषेधित क्षेत्र पुगेर प्रदर्शन समापन गर्ने भनेका थिए र तर जुलुस निषेधित क्षेत्र तोडे बानेश्वर तर्फ अघि बढ्यो । संघीय संसद भवनभित छिर्दा खोज्यो निषेधित क्षेत्र तोड््दासम्म संयम देखिएको प्रहरी प्रर्दशनकारीहरु संसद भवन छिर्न थाले पनि संयम गुमायो । चर्को दमनमा उत्रियो । नियन्त्रण बाहिर गएको प्रर्दशनमा प्रहरीले अस्वाभाविक र अनियन्त्रित बल प्रयोगले ठूलो मानवीय क्षेति पुगेको देखिन्छ ।
त्यसो त प्रहरी प्रशासनको सुरक्षा रणनीति पूरै असफल भयो जेनजी प्रदर्शनलाई काम आँकेर आन्दोलनको आंकलन, मूल्याङ्कन र भीड व्यवथापनको राम्रो तयार नगरेकाले एकातिर्फ प्रर्दकनहरु संसद भवन तोडफोड र आगजनी गर्न पुगे भने अर्कोतर्फ कलिला युवाहरुले ज्यान गुमाउनु प¥यो ।
चैत्र १५ होस् वा २३ भदौं निरन्तर कमाण्ड हाँक्न असफल गृहमन्त्रीले रमेश लेखकले राजनीनामा दिएका छन् । गृहमन्त्रीले राजीनामा गर्दैमा यति ठूलो दमनबाट सरकारले उन्मुक्ति पाउन सक्दैन ।
भ्रष्टाचार र नेपोबेबी विरुद्ध जेनजी पुस्ताले उठाएको माग सम्वोधन गर्नुपर्छ सँधै नागरिकको मौलिक हक समेत प्रभावित हुने गरि सामाजिक सञ्जाल निष्क्रिय पार्ने सरकारी निर्णय फिर्ता लिनु पर्छ । प्रहरीको बर्बर दमनको उच्चस्तरीय न्यायिक छानविन गर्नुपर्छ बढ्दो दण्डहिनताको अन्त्यका लागि पनि घटनाका प्रत्यक्ष दोषिमाथि कडा कारवाही गर्नैपर्छ ।
अप्रिय घटना आफ्नो तर्फबाट नभएको आन्दोलनकारीको बलियो आधारलाई पनि टेकेर यथार्थपरक, चाहे राजनीतिक पार्टीका नेता, कार्यकर्ता, चाहे नागरिक स्तरबाट घटनाका सिर्जनाकार, चाहे जघन्य र अप्रिय घटनामा सहभागी आन्दोलनकारी, घटनालाई मलजल गर्ने देशीविदेशी जोसुकै हुन्, तेरोमेरो नभनीकन दोषीलाई कानूनी कठघरामा उभ्याउनु पर्छ ।
घटना जसरी घटेपनि देशको अकल्पनिय क्षेति भएको छ । यस दुखःद घडीमा संयमता अपनाएर अगाडि बढ्ने विकल्प हामीहरुमा छैन । त्यसकारण घटनाको गहिराईमा पुगेर छानविन गरि कानूनी ढंगबाट हल गर्न आजको आवश्यकता भएको छ ।

प्रतिक्रिया दिनुहोस्: