
काठमाडौं भाद्र २२, नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतका संगठनहरूले आइतबार काठमाडौंको माइतीघरमण्डलामा ब्यानरसहित उभिएर प्रदर्शन गरेका हुन् ।
नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतका संगठनहरूले आइतबार काठमाडौंको माइतीघरमण्डलामा ब्यानरसहित उभिएर प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘सञ्जाल बन्द, आवाज बन्द’, जनताको मुख थुन्न पाइँदैन,’ ‘अभिव्यक्ति स्वतन्त्रता हाम्रो अधिकार,’ ‘सरकारले हान्यो पेटमा लात, खोसियो हाम्रो दाल र भात,’ अलोकतान्त्रिक निर्णय फिर्ता गर ‘लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका हुन् ।
पत्रकार अगुवाहरुले सामाजिक प्लेटफर्म बन्द गरेर सरकारले नागरिकको अधिकार हनन गरेको भन्दै तत्काल निर्णय फिर्ता हुनुपर्ने माग गरेका थिए ।
सरकारले सर्वोच्च अदालतको आदेशलाई स्वीकार्दै तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिक, २०८० बमोजिम फेसबुक, एक्स, युट्युब, ह्वाट्सएपलगायतका २६ बढी सामाजिक सञ्जाललाई सूचीकरण नगरेको भन्दै बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।
त्यसपछि दूरसञ्चार प्राधिकरणले सूचीकरण नभएका सामाजिक सञ्जालहरू (प्राधिकरणले सामाजिक सञ्जालहरू फेसबुक, फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स(ट्विटर), लिंक्डइन, स्न्यापच्याट, रेडिट,डिसकोर्ड, पिन्टेरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा,टम्बलर, क्लबहाउस, मास्टोडन, रुम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रोलगायत )लाई बन्द गर्न आइएसपीलाई परिपत्र गरेको थियो ।
नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा आज काठमाडौंको माइतीघर मण्डलामा पत्रकार संघ–संस्थाले प्रदर्शन गरेका छन् । सरकारको यस कदमलाई प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथिको हस्तक्षेप भन्दै उनीहरूले विरोध जनाएका हुन् ।
उक्त विरोध प्रदर्शनमा पत्रकार, अगुवा र सरोकारवालाहरूले सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रताको मौलिक हक कुण्ठित भएको बताएका छन् । उनीहरूले सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने बहानामा यसलाई बन्द गर्न खोजिएको भन्दै तत्काल यो निर्णय फिर्ता लिन माग गरे ।
प्रतिक्रिया दिनुहोस्: