
काठमाडौं भाद्र १०, उखु किसानको आन्दोलनमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, माधव कुमार नेपाल, उपप्रधान तथा परराष्ट्रराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ पुगेर उनीहरुको मागलाई जायज हुन भनेर ऐक्यवद्धता जनाएका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उखु किसानका माग सम्बोधन गर्नका लागि सधैं हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
उनले उखु किसानहरूको आन्दोलन निजी स्वार्थका लागि नभएको र देशको अर्थतन्त्रका लागि पनि आवश्यक रहेको जिकिर गरे ।
‘तपाईंहरूको यो आन्दोलन निजी स्वार्थका लागि होइन । देशको अर्थतन्त्रको निम्ति पनि जरुरी छ,’ अध्यक्ष नेपालले भने, ‘उखुको उत्पादन भएन भने के हुन्छ देशको हालत ? नदी किनार, बालुवा भएको ठाउँमा उखु उत्पादन भएन भने के हुन्छ ?’
अध्यक्ष नेपालले उखु किसानहरूको माग जायज रहेको भन्दै संसद् र सडक दुवैतिर आफ्नो पार्टीको साथ सहयोग रहने बताए ।
‘तपाईंहरूको माग जायज छ । तपाईंहरूको मागका लागि संसद्मा पनि र जनताको अघि पनि सँगसँगै हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छौं,’ नेपालले भने ।
उखु किसानको आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगे बाबुराम भट्टराई
उखु किसानहरूको आन्दोलनलाई समर्थन जनाउन डा. भट्टराई माइतीघर पुगेका हुन् ।
१० भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी (नयाँ शक्ति) पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई माइतीघरमण्डला पुगेका छन् ।
उखु किसानहरूको आन्दोलनलाई समर्थन जनाउन डा. भट्टराई माइतीघर पुगेका हुन् ।
सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै उनीहरूले आइतबारदेखि निरन्तर प्रदर्शनलाई जारी राखेका छन् ।
बजेट अभाव देखाउँदै सरकारले किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि उखु किसान आन्दोलित भएका हुन् ।
सोमबार उनीहरूले उखु नै बोकेर आन्दोलनमा सहभागी भएका थिए । उनीहरूले अनुदानको रकम घटाउने निर्णय फिर्ता लिन उनीहरूले सरकारसँग माग गरेका छन् ।
उखु उत्पादक महासंघको नेतृत्वमा उनीहरूले काठमाडौं केन्द्रित आन्दोलनलाई जारी राखेका हुन् ।
सरकारले पहिलेको प्रतिक्विन्टलमा ७० रुपैयाँ कै दरले अनुदान दिने निर्णय नै कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ ।
सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीका किसानहरू प्रदर्शनमा सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्: