बजेटमा घोषित विभिन्न करका दरमा अर्थको हेरफेर

२०८२ भाद्र १०

काडमाडौं भाद्र १०, व्यावसायिक प्रयोजनका लागि गरिने तथा सर्वसाधारणबाट व्यवसायलाई गरिने सुन तथा सुनका गरगहना बिक्रीमा लाग्ने विलासिता शुल्क पूर्णरूपमा छुट दिने निर्णय गरिएको छ ।
अर्थ मन्त्रालयले बजेटमा घोषणा गरिएका कर दरमा हेरफेर गर्दै सुन तथा सुनका गरगहनामा लाग्ने विलासिता शुल्क पूर्णरूपमा छुट दिने निर्णय गरेको छ।
अर्थ मन्त्रालयले अन्तःशुल्क ऐन २०५८ अनुसार बोतल, फ्लास्क जस्ता सामानको आन्तरिक उत्पादनमा लाग्ने अन्तःशुल्क पूर्णरूपमा छुट दिने निर्णय गरेको छ।
मन्त्रालयले भन्सार महसुल ऐन २०८१ को अनुसूचीमा बाँसको मसला नहालेको सलाई काँटीमा ५ प्रतिशतको सट्टा १५ प्रतिशत महसुल लगाउने निर्णय गरेको छ।
९ भदौ, काठमाडौं । बजेटमा घोषणा गरिएका विभिन्न करका दरमा अर्थ मन्त्रालयले हेरफेर गरेको छ ।
सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै अर्थले आर्थिक ऐन अनुसूची ४ को दफा १ खण्ड ‘ग’ मा उल्लेख विलासिता शुल्क दरमा हेरफेर गरेको जनाएको छ ।
यससँगै व्यवसायबाट व्यावसायिक प्रयोजनका लागि गरिने तथा सर्वसाधारणबाट व्यवसायलाई गरिने सुन तथा सुनका गरगहना बिक्रीमा लाग्ने विलासिता शुल्क पूर्णरूपमा छुट दिने निर्णय गरिएको छ ।
अर्थले अन्तःशुल्क ऐन २०५८ को अनुसूची अन्तर्गत उपशीर्षक ३९२३.३०.९० अन्तर्गत पर्ने अन्य कार्बोइ, बोतल, फ्लास्क र त्यस्तै सामानको आन्तरिक उत्पादनमा लाग्ने अन्तःशुल्क पूर्णरूपमा छुट दिने निर्णय गरेको छ ।
त्यस्तै किसमिस लगायत सुक्खा फल, ग्रेप जुस कन्सेन्ट्रेट वा फ्रुट जुस कन्सन्टे«टबाट स्वदेशमा उत्पादन हुने वाइनमा लाग्ने अन्तःशुल्कमा समेत ३५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।
उता, भन्सार महसुल ऐन २०८१ को अनुसूची ३ को दरमा हेरफेर गर्दै मन्त्रालयले बाँसको मसला नहालेको सलाई काँटीमा ५ प्रतिशतको सट्टा १५ प्रतिशत महसुल लगाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: