तीजमा कृत्रिम वाटर ड्रपलेटको प्रयोग

२०८२ भाद्र १०

काठमाडौं भाद्र १० गते हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनको सहजताका लागि गर्मीबाट बच्न कृत्रिम वाटर ड्रपलेटको प्रयोग गरेको छ । पशुपतिनाथ मन्दीरमा यसरी कृत्रिम पानीको प्रयोग गरिएको पहिलो हो ।
तीजको दिन यसपालि पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको ओइरो लागेको छ । श्रद्धालु महिलाहरू बिहानैदेखि पशुपति पुगेर लामो लाइन लागेका छन् ।
पशुपति क्षेत्र विकास कोषले भक्तजनको सहजताका लागि विभिन्न सुविधा दिएको छ । यसै क्रममा यस वर्ष पहिलो पटक गर्मीबाट बच्न कृत्रिम वाटर ड्रपलेट गराइएको छ ।
मन्दिरको पश्चिम ढोका अगाडि वाष्पीकरण गराइएको हो । अहिले परीक्षण गरिएको र पछि प्रभावकारी देखिए अरु बेला पनि प्रयोग गरिने बताइएको छ । विगतमा तीजको दिन महिलाहरू गर्मीले ढल्ने बेहोस हुने गरेपछि यो उपाय अपनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्: