खेल समाचार कसले, को कहाँ विजयी भए

२०८२ भाद्र ८

टाइमलाइन, नेरिक र एन्जल लर्ड विजयी
आयोजक टाइमलाइन स्कुल, नेरिक एकेडेमी र एन्जल लर्डले दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार विजयी भएका छन् । टाइमलाइन सिनियर गल्र्स तथा नेरिक र एन्जल लर्ड सिनियर गल्र्समा जित हात पार्न सफल भए ।
सिनियर गल्र्समा टाइमलाइनले क्रिस्टियनलाई १४–१० ले पराजित ग¥यो । टाइमलाइनकी सुप्रिता वाइबाले १२ स्कोर गरिन् ।
सिनियर ब्वाइजमा नेरिकले आकाशदीपलाई ५८–३३ ले हरायो । नेरिकको जितमा सविन राणाले १६ अंक योगदान गरे । शिभम् नायकको २४ अंक सहयोगमा एन्जल लर्डले पल्र्स एकेडेमीलाई ५१–१४ ले पन्छायो ।
गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीमा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमै प्रारम्भ एकेडेमीले यङ हाट्र्लाई २५–२१ तथा अक्षर एकेडेमीले रिलायन्स को–एडलाई २७–१८ ले पाखा लगाए । प्रारम्भका निश्चल सुनारले ७ तथा अक्षरका सुरज शाहले १५ स्कोर गरे ।
सिनियर गल्र्समा बागमती बोर्डिङ स्कुलले वेब स्कुललाई २४–७, विट्स एकेडेमीले आकाशदीपलाई १५–२ र काठमाडौं जेभियर्स पब्लिक स्कुलले गोकर्णेश्वरलाई २०–६ ले पन्छाए । बागमतीकी स्मृति पोखरेलले ८, विट्सकी जिना लामाले १२ र काठमाडौं जेभियर्सकी सुहानी बानियाँले ८ अंक जोडे ।

भ्याली पब्लिकको तीनै टोली विजयी
भ्याली पब्लिकको तीनै टोलीले १९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार जित हात पारेका छन् । भ्याली पब्लिकले सिनियर ब्वाइजमा २ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा १–१ जित निकाल्यो ।
धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा भएको सिनियर ब्वाइजको पहिलो खेलमा भ्याली पब्लिकले गोल्डेनपिकलाई ४५–३९ ले पराजित ग¥यो । भ्याली पब्लिका अशोक विकले ३२ अंक जोडे । अर्को खेलमा भ्याली पब्लिकले क्यान्भास बसन्त ऋतुलाई ४०–३३ ले हरायो । भ्याली पब्लिकका हिमेश विश्वकर्माले १२ स्कोर गरे ।
सिनियर ब्वइजमै हेम्सले स्वेता सदनलाई ६२–२३, भद्रकालीले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ३८–३७ र गण्डकीले तेजस्वीलाई २९–२८ ले पाखा लगाए । हेम्सका आशुतोष यादवले १७, भद्रकालीका सुदिप श्रेष्ठले १७ र गण्डकीका सुविन अर्यालले ८ स्कोर गरे ।
सिनियर गल्र्समा भ्याली पब्लिकले भ्याली पब्लिकले गण्डकीलाई २७–४ तथा केभीकेएसएसले सत्यसाइलाई १८–१५ ले पाखा लगाए । भ्याली पब्लिककी लोरिशा गौचनले ९ र केभीकेएसएसकी खुशी मिटोकले ११ अंक बटुले ।
जुनियर ब्वाइजमा भ्याली पब्लिकले ज्ञानभूमिलाई १२–११, न्युटनले एन्जल्स हार्टलाई २९–२६, पारामाउन्ट एकेडेमीले रिलायन्स पब्लिकलाई ४१–११, गोल्डेनपिकले भद्रकालीलाई २६–९ र तेजस्वीले फ्युजनलाई १२–८ ले पन्छाए । भ्याली पब्लिकका सुयोग गौतमले ६, न्युटनका आर्यन विकले ११, पारामाउन्टका सुदिप घलेले ८, गोल्डेनपिकका फुर्वा शेर्पाले १३ र तेजस्वीका अशोक तामाङले ६ अंक जोडे ।

तेक्वान्दोमा १३ पदक
नेपाली खेलाडीले एन्टा २०२५ तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनलमा १३ पदक जितेका छन् । नेपालले ५ स्वर्ण, ३ रजत र ५ कांस्य जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन् ।
अगष्ट २१ देखि २२ तारिखसम्म चीनको छेङडुमा भएको प्रतियोगितामा एकल पुम्सेको यु–१० मा आरुषी थिङ, यु–१२ मा तभिसा तामाङ र विवश तामाङ, ३४ केजीमुनि आयु रे र भीआर इभेन्टमा कुमार तामाङले स्वर्ण जिते ।
त्यस्तै ३८ केजीमुनि निकी थिङ, ५८ केजीमुनि अफेस खत्री र एकल पुम्सेको यु–१४ मा पविना घलेले रजत हात पारे । २७ केजीमुनि सुजल कार्की, २९ केजीमुनि पवन घले, ३१ केजीुमनि सफल गुरुङ र ३६ केजीमुनि सागर गुरुङले कांस्य प्राप्त गरे ।
प्रशिक्षकमा प्रवीण खड्गी रहेका छन् भने प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायक विकेश विडारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा काभ्रेस्थली, गोलढुंगा, अल्टिमेट र स्युचाटार तेक्वान्दो डोजाङका खेलाडीले सहभागिता जनाएको अध्यक्ष खड्गीले जानकारी गराए ।
उर्मिलालाई कांस्य
नेपालकी उर्मिला श्रेष्ठले थाइल्यान्डको बैंककमा जारी ५७ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपअन्तर्गत एथलेटिक्स फिजिक्सको ३५ वर्षमाथि उमेरसमूहमा कांस्य पदक जितेकी छन् । ८ खेलाडी सहभागी उक्त स्पर्धामा थाइल्यान्डकी सिरिन्थिप इन्सीले स्वर्ण तथा लाओसकी सोमानिन फानोसिथले रजत जिते ।
उर्मिला एथलेटिक्स फिजिक्सकै ओपन क्याटेगोरीमा भने चौथो भएको अफिसियल दिनेश राजभण्डारीले जनाएका छन् ।

छैठौं शुभकामना दौड सम्पन्न
काठमाडौं बुद्धवीर लामा चौंधौं गितिमय सांगितिक साँझको तयारी सहित छैठौं शुभकामना भेट्रान्स दौड प्रतियोगिता सम्पन्न भएको छ । शनिवार त्रिपुरेश्वर स्थित दशरथ रंगशालाबाट शुरु भएको दौड सुन्धारा, रत्नपार्क, जमल, केशरमहल, दरबारमार्ग, सहिदगेट हुँदै पुन रंगशालामा आएर समाप्त भएको थियो । बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्च नेपालको संयुक्त आयोजनामा सम्पन्न दौडमा ५० वर्ष माथि पुरुष तर्फ जापानका धावक मिजुकी मात्सुजुकी प्रथम, नेपालका राजेश महर्जन दोस्रो तथा रामकुमार रायमाझी तेस्रो हुन सफल भएका थिए । यस्तै ३५ वर्ष माथि पुरुष तर्फ दिेनेश महर्जन पहिलो, सुनिल महर्जन दोस्रो र नवराज कार्कीले तेस्रो स्थान हासिल गरे । खुल्ला पुरुष तर्फ आयुष चाम्लिङ, सुनज विक र अभिनारायण अधिकारी क्रमश पहिलो, दोश्रो र तेस्रो भए । यसैगरी ३५ वर्ष माथि उमेर समुहकै महिला तर्फ कल्पना महर्जन पहिलो, चारु अर्याल दोस्रो र उर्मिला शाक्यले तेस्रो स्थान हासिल गरेका छन् । ६५ वर्ष माथि पुरुष तर्फ जापानी खेलाडि नोरी हिकोवातान्ने पहिलो र नेपालका पुष्पलाल श्रेष्ठ दोस्रो हुन सफल भए । यस्तै ७० वर्ष माथि उमेर समुहको पुरुष तर्फकै प्रतिष्पर्धामा मंगलदास तण्डुकार र गजेन्द्र लाल प्रधानले क्रमश पहिलो र दोस्रो स्थान हासिल गर्न सफल भएका थिए । विजयी खेलाडिहरुलाई प्रमुख अतिथि किर्तिमानी धावक बैकुण्ठ मानन्धर र विशेष अतिथि बुद्धवीर लामाले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा १३० खेलाडिहरुले सहभागीता जनाएका थिए ।

 

प्रिमियरलाई प्लस टु बास्केटबल उपाधि
प्रिमियर आईबी कन्टिनम स्कुलले ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।
सानागाउँस्थित रोयल स्पोट्र्स सेन्ट्रलको हलमा भएको फाइनलमा प्रिमियरले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) लाई ७९–७२ ले पराजित ग¥यो । समूह चरणको खेलमा पनि प्रिमियरले सीसीआरसीलाई हराएको थियो । अपराजित रहँदै उपाधि जितेको प्रिमियरका लागि अश्विन चालिसे एक्लैले ३२ अंक जोडे ।
पहिलो क्वाटरमा १९–१४ को अग्रता लिएको प्रिमियर दोश्रोमा २०–२२ ले पछि प¥यो । प्रिमियरले तेश्रो क्वाटरमा २३–१० को अग्रता बनाउदै जितको आधार खडा ग¥यो । चौथोमा सीसीआरसी २६–१७ ले अगाडि रहेपनि जितका लागि पर्याप्त भएन ।
उपाधिसंगै प्रिमियरले २५ हजार तथा उपविजेता सीसीआरसीले १० हजार नगद पुरस्कार पाए । अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजना भएको प्रतियोगितामा फाइनलका सर्वाधिक स्कोरकर्ता अश्विन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनले ५ हजार नगद पुरस्कार हात पारे । सीसीआरसीका आशालाल श्रेष्ठ उदीयमान खेलाडी चुनिए ।
विजेतालाई नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसन, अबाइडका प्रबन्ध निर्देशक मनीष श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत आशिष श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे । रोयल स्पोट्र्स सेन्ट्रलको व्यवस्थापन र चोकोफलको सहयोगमा भएको प्रतियोगितामा ११ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक नृपेश श्रेष्ठले जनाएका छन् ।

स्वेता सदन र जिनियस विजयी
स्वेता सदन र जिनियस वल्र्डले १९ औं ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार जित हात पारेका छन् ।
धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा स्वेता सदनले सरस्वतीलाई ४२–३३ ले पराजित ग¥यो । स्वेता सदनको जितमा सुमित श्रेष्ठले २५ अंक योगदान गरे । प्रत्युश मगरको १५ अंक सहयोगमा जिनियसले तेजस्वीलाई ५१–४५ ले हरायो ।
सिनियर ब्वाइजमै टीआईएले सेबलाई ४५–३५, किङडमले जेबी स्कुललाई ४१–३७ र लालीगुराँस नेसनल एकेडेमीले एचएचसीएलाई ३७–३३ ले पाखा लगाए । टीआईएका रोशन नगरकोटीले १८, किङडमका पेम्बा तामाङले १२ र लालीगुराँसका प्राण मल्लले १२ स्कोर गरे ।
जुनियर ब्वाइजमा लालीगुराँसले हिमालयलाई १९–१० तथा बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले ज्ञान संस्कारलाई २६–१८ ले पन्छाए । लालीगुराँसका लक्ष्मण बुढा तथा बीएनएका सुप्रिम बस्नेतले समान ८–८ अंक बटुले ।
सिनियर गल्र्समा टीआईएले बीएनएलाई १९–१४, इडेन ब्रिज एकेडेमी (इबीए) ले ज्ञान संस्कारलाई २५–१८ र फेरिल्यान्डले क्यान्भास ऋतु बसन्तलाई १८–१० ले पराजित गरे । टीआईएकी शुभश्री सोनमले १४, इबीएकी अनामिका पटेलले १६ र फेरिल्यान्डकी करुणा बोगटीले ९ अंक जोडे ।

काठमाडौं जेभियरको जित
काठमाडौं जेभियर्स पब्लिक स्कुलले दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार जित हात पारेको छ ।
गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित आयोजक टाइमलाइन स्कुलको कोर्टमा काठमाडौं जेभियर्सले वेब्सलाई ६०–३१ ले सहजै पराजित ग¥यो । विजेताका सुवर्ण भुजेलले २२ अंक जोडे ।
सिनियर ब्वाइजमै नेमोनिक मोर्डन एकेडेमीले विट्स एकेडेमीलाई २५–१३, एम्बासडरले इस्टपोललाई ४०–१३ र सर्वनम शिक्षालयले बाल संसारलाई ४३–१८ ले हराए । नेमोनिकका करण राईले १०, एम्बसडरका विसन खड्काले २४ र सर्वनम शिक्षालयका निग्मा शेर्पाले १४ स्कोर गरे ।
सिनियर गल्र्समा बागमती बोर्डिङ स्कुलले भेनस पब्लिकलाई १३–८, योङ हाट्र्स एकेडेमीले विट्स एकेडेमीलाई १३–६, बाल संसारले इस्टपोललाई १०–२ र लर्डस् लाइट एकेडेमीले सीसीएसलाई १६–१४ ले पाखा लगाए । बागमतीकी स्मृति पोखरेलले ४, योङ हाट्र्सकी प्राश्ना केसीले ६, बाल संसारकी विपसना गिरीले ४ र लर्डस् लाइटकी डोमी शेर्पाले ६ अंक बटुले ।

मास्टर्स टेबलटेनिसमा नेपाललाई २ पदक
नेपाली भेट्रान खेलाडीले प्रथम ठोडो मास्टर्स टेबलटेनिस प्रतियोगितामा २ पदक जितेका छन् । माल्दिभ्समा जारी प्रतियोगितामा नेपालले समान १–१ रजत र कांस्य जितेको माल्दिभ्समा रहेका टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जनाएका छन् ।
पुरुष सिंगल्स ४० वर्षमाथि नेपालका सुरज वज्राचार्यले रजत जिते । सुरज फाइनलमा रुसका जियोर्गी भाख्निन्संग ३–० को सोझो सेटमा पराजित भए । ६० वर्षमाथि पुरुष सिंगल्समा सुरेन्द्रप्रसाद ढकालले कांस्य हात पारे । सेमिफाइनलमा भारतका नाज्मी किन्खाब्वालाले सुरेन्द्रलाई ३–१ ले हराए ।
नेपालबाट प्रतियोगितामा ६ खेलाडी सहभागी छन् । पूर्व मुख्य प्रशिक्षक कपालीका अनुसार प्रतियोगितामा १७ राष्ट्रका ३ सय ३० खेलाडी सहभागी छन् ।

साम्बा र कृषि विकासबीच ब्राण्ड एम्बेसडर सम्झौता नविकरण
नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र कृषि विकास बैंक लिमिटेडबीच ब्राण्ड एम्बेसडरको लागि सम्झौता नविकरण भएको छ ।
कृषि विकास बैंकले गत वर्ष नै साम्बालाई बैंकको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको थियो । बैंकले आज एक कार्यक्रममाझ आगामी वर्षका लागि पनि साम्बासँगको सम्झौता नविकरण गरेको हो । सम्झौता रकम भने आपसी समझदारीमा तय भएको बताइएको छ ।
सम्झौता पत्रमा बैंकका उप महाप्रबन्धक सुदीप कुमार दाहाल र साम्बा स्वयंले हस्ताक्षर गरेका थिए । बैंकको तर्फबाट साक्षीमा मार्केटिङ विभाग प्रमुख सरिता दहाल उपस्थित थिइन् ।
कार्यक्रममा बोल्दै साम्बाले कृषि विकास बैंकसँगको सम्झौता आफ्नो भावनासँग जोडिएको बताइन् । ‘मेरो लागि पहिलो ब्राण्ड एम्बेसडरको प्रस्ताव कृषि विकास बैंकले गरेको थियो । सानो हुँदा मैले विज्ञापनमा धेरै कलाकार र खेलाडीको तस्विर देख्थें । र सपना थियो कुनै दिन मेरो पनि त्यस्तो दिन आउनेछ । कृषि विकास बैंकले पहिलो पटक एम्बेसडर नियुक्त गर्दा निकै खुसी लागेको थियो । बैंकले गरेको विश्वासप्रति सदा आभारी छु,’ उनले भनिन् ।
बैंकका प्रमुख कार्यकरी अधिकृत गोविन्द गुरुङले साम्बा एक फुटबल खेलाडी मात्र नभएर मिहिनेतको प्रतिक पनि भएको बताए । ‘साम्बासँग कृषि विकास बैंक जोडिनु भनेको हाम्रो बैंकको लागि पनि प्रतिष्ठाको विषय हो । वहाँले देश र विदेशमा खेल्दा हाम्रो बैंकको प्रतिनिधित्व गर्नुहुन्छ । र वहाँ आफ्नो क्षेत्रमा अब्बल भएजस्तै हामी पनि बैंकिङ्ग क्षेत्रमा अब्बल हुने लक्ष्यसाथ अघि बढेका छौं । वहाँको मिहिनेतले हामीलाई पनि अझ राम्रो गर्न प्रेरित गर्छ,’ उनले भने ।
मार्केटिङ विभाग प्रमुख दहालले बैंकको प्रचारमा साम्बाको उपस्थितिले बेग्लै प्रभाव पारेको जानकारी दिइन् ।
साम्बालाई गत साता म्याक्सीम्याक्स एजुकेसन एण्ड भिसा सर्भिसेस र हिरो मोटोकर्पले पनि ब्राण्ड एम्बेसडर नियुक्त गरेको थियो ।
बहराइनको मानामामा भएको आईएसएफ जिम्नासाइडको तेक्वान्दोमा उज्ज्वल वाग्लेले पुरुष ६८ केजीमुनि स्वर्ण र पुरुष एकल पुम्सेमा रजत तथा निविता केसीले महिला एकल पुम्सेमा कांस्य प्राप्त गरे । ग्यालेक्सी पब्लिक क्वाटरफाइनलमा

प्रिमियरलाई प्लस टु बास्केटबल उपाधि
प्रिमियर आईबी कन्टिनम स्कुलले ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।
सानागाउँस्थित रोयल स्पोट्र्स सेन्ट्रलको हलमा भएको फाइनलमा प्रिमियरले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) लाई ७९–७२ ले पराजित ग¥यो । समूह चरणको खेलमा पनि प्रिमियरले सीसीआरसीलाई हराएको थियो । अपराजित रहँदै उपाधि जितेको प्रिमियरका लागि अश्विन चालिसे एक्लैले ३२ अंक जोडे ।
पहिलो क्वाटरमा १९–१४ को अग्रता लिएको प्रिमियर दोश्रोमा २०–२२ ले पछि प¥यो । प्रिमियरले तेश्रो क्वाटरमा २३–१० को अग्रता बनाउदै जितको आधार खडा ग¥यो । चौथोमा सीसीआरसी २६–१७ ले अगाडि रहेपनि जितका लागि पर्याप्त भएन ।
उपाधिसंगै प्रिमियरले २५ हजार तथा उपविजेता सीसीआरसीले १० हजार नगद पुरस्कार पाए । अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजना भएको प्रतियोगितामा फाइनलका सर्वाधिक स्कोरकर्ता अश्विन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनले ५ हजार नगद पुरस्कार हात पारे । सीसीआरसीका आशालाल श्रेष्ठ उदीयमान खेलाडी चुनिए ।
विजेतालाई नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसन, अबाइडका प्रबन्ध निर्देशक मनीष श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत आशिष श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे । रोयल स्पोट्र्स सेन्ट्रलको व्यवस्थापन र चोकोफलको सहयोगमा भएको प्रतियोगितामा ११ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक नृपेश श्रेष्ठले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्: