
सीसीआरसी र प्रिमियरको जित
काठमाडौं, साउन ३१, सीसीआरसी र प्रिमियरले ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा शनिबार जित हात पारेका छन् ।
अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजनामा भइरहेको प्रतियोगितामा सीसीआरसीले पुष्पसदनलाई ६३–३२ ले सहजै पराजित ग¥यो । सीसीआरसीका सुरेश मगरले १४ अंक जोडे ।
पहिलो क्वाटरमा १६–१० को अग्रता बनाएको सीसीआरसीले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्दै क्रमशः १५–११, १७–९ र १५–२ स्कोर ग¥यो । समूह चरणमा दुवैको पहिलो खेल हो ।
प्रिमियरले बर्नहार्टलाई ५२–२३ ले हराउदै लगातार दोश्रो जित दर्ता ग¥यो । प्रिमियरका प्रथमले १३ स्कोर गरे । दुई खेलमा बर्नहार्टको पहिलो हार हो ।
प्रिमियरले सुरुका ३ क्वाटर क्रमशः २५–८, ७–१ र १२–२ ले आफ्नो पक्षमा पार्दै जितको आधार खडा गरेको थियो । चौथो तथा अन्तिम क्वाटरमा प्रिमियर ८–१२ ले पछि प¥यो ।
सानागाउँस्थित रोयल स्पोट्र्स सेन्ट्रलमा भएको समूह चरणका अन्य खेलमा जेभियर इन्टरनेसनल कलेज र टाइम्स इन्टरनेसनल कलेजले सफलता पाए । दुवैले समान २–२ खेल खेलेका छन् । जेभियरको लगातार दोश्रो जित हात भने टाइम्स पहिलो जित निकाल्न सफल भयो ।
जेभियरले मल्पीमाथि ७५–४१ को आरामदायी जित रच्यो । जेभियरका आशिषले २४ अंक बटुले । तेश्रो क्वाटर बाहेक जेभियर सबैमा अगाडि रह्यो । जेभियरले पहिलोमा २६–६, दोश्रोमा ११–२ र चौथोमा २२–१७ को प्रदर्शन ग¥यो । तेश्रो क्वाटर १६–१६ को बराबरीमा सकियो ।
टाइम्सले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘बी’ लाई ३३–२२ ले पन्छायो । टाइम्सका भिजनले १८ अंक जोडे । टाइम्सले पहिलोमा ८–३, दोश्रोमा ७–३, तेश्रोमा १२–४ र चौथोमा ६–१२ को प्रदर्शन ग¥यो । दुई खेलमा टाइम्सको पहिलो जित हो । त्यत्तिनै खेल खेलेको गोल्डेनगेट ‘बी’ पहिलो खेलमा पनि पराजित भएको थियो ।
रोयल स्पोट्र्स सेन्ट्रलको व्यवस्थापन र चोकोफलको सहयोगमा भइरहेको प्रतियोगिताको तेश्रो दिन आइतबार ५ खेल हुनेछ ।
माफ फुटसल गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
काठमाडौं, साउन ३०, गोल्डेनपिक, पिस प्वाइन्ट र विच किडले माफ अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । गोल्डेनपिक सिनियर ब्वाइज, पिस प्वाइन्ट जुनियर ब्वाइज र विच किड सिनियर गल्र्समा च्याम्पियन बने ।
म्युचल एकेडेमिक एक्टिभिटी फोरम (माफ) को आयोजनामा धन्यन्टरी फुटसलमा भएको सिनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले बेबिलनलाई टाइब्रेकरमा २–० गोलले पराजित ग¥यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । एलेक्सिर र क्याम्ब्रिज तेश्रो भए ।
जुनियर ब्वाइजको फाइनलमा पिस प्वाइन्टले प्रस्फुटनलाई ४–० गोलले हरायो । जगत मन्दिर र शम्भावी तेश्रो बने ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा विच किडले पिस प्वाइन्टलाई टाइब्रेकरमा १–० गोलले पाखा लगायो । निर्धारित समयको खेलमा दुवै पक्षबाट गोल भएन । शम्भावी र प्रस्फुटन तेश्रो भए ।
सिनियर ब्वाइजमा गोल्डेनपिकका विजय तामाङ, जुनियर ब्वाइजमा प्रस्फुटनका विपिन खत्री र सिनियर गल्र्समा पिस प्वाइन्टकी रुविना बोगटी उत्कृष्ट खेलाडी घोषित भए ।
सिनियर ब्वाइजमा अनेक साउकोला, जुनियर ब्वाइजमा पिस प्वाइन्टका अरोष योञ्जन र सिनियर गल्र्समा विच किडकी सुहाना मलेकर उत्कृष्ट गोलरक्षक चुनिए । सिनियर ब्वाइजमा पिस प्वाइन्टका प्रज्ञान राई (१२ गोल), जुनियर ब्वाइजमा पिस प्वाइन्टका कपिल गुरुङ (२१ गोल) र सिनियर गल्र्समा विच किडकी रशिका तामाङ (५ गोल) सर्वाधिक गोलकर्ता बने ।
विजेतालाई राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक अन्जिला तुम्बापो, माफकी अध्यक्ष इशु गुरुङ, महासचिव राजेश खरेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सिनियर र जुनियर ब्वाइजमा समान १६–१६ तथा सिनियर गल्र्समा १५ टिम सहभागी थिए । सिनियर ब्वाइजको पहिलो संस्करण हो भने सिनियर गल्र्सको दोश्रो र जुनियर ब्वाइजको पाँचौं संस्करण हो ।
जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत
जेभियर इन्टरनेसनल कलेज र ग्रिनफिल्डले ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेका छन् ।
सानागाउँस्थित रोयल स्पोट्र्स सेन्ट्रलमा भएको खेलमा जेभियरले कान्जिरोवालाई ५८–३४ ले पराजित ग¥यो । जेभियरको जितमा कुशल गुरुङले १२ अंक योगदान गरे । पहिलो क्वाटरमा ६–१२ ले पछि परेको जेभियरले बाँकीमा अग्रता बनाउदै जित सुनिश्चित ग¥यो । जेभियरले दोश्रोमा २४–६, तेश्रोमा १४–८ र चौथोमा १४–८ स्कोर ग¥यो ।
सशान्त कार्कीको २१ अंक सहयोगमा ग्रिनफिल्डले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’ लाई ६३–५१ ले हरायो । पहिलो र दोश्रो क्वाटरमा १६–१५ र १८–११ को अग्रता लिएको ग्रिनफिल्ड तेश्रोमा ८–१३ ले पछि प¥यो । ग्रिनफिल्डले चौथो क्वाटरमा २१–१२ को स्कोर गर्दै जित निकाल्यो ।
अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजनामा भइरहेको प्रतियोगितामा बर्नहार्ट र प्रिमियरले पनि जितका साथ यात्रा प्रारम्भ गरे ।
बर्नहार्टले टाइम्स इन्टरनेसनल कलेजमाथि ५६–४६ को जित दर्ता ग¥यो । बर्नहार्टका अनिश गुरुङले १७ अंक बटुले । बर्नहार्टले पहिलो क्वाटरमा २१–१५ र दोश्रोमा १२–१० को अग्रता लियो । तेश्रो क्वाटरमा ११–१२ को झीनोअन्तरले पछि परेको बर्नहार्टले चौथोमा १२–९ को प्रदर्शन ग¥यो ।
प्रिमियरले गोल्डेनगेट ‘बी’ लाई ५३–३० ले पाखा लगायो । प्रिमियरका अश्विन चालिसेले २१ स्कोर गरे । प्रिमियरले पहिलोमा २१–४ र दोश्रोमा ११–८ अंक जोडे । तेश्रो क्वाटर ११–११ को बराबरी भयो भने चौथोमा प्रिमियर १०–७ ले अगाडि रह्यो ।
प्रतियोगिताको नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे । ११ टिम सहभागी प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई ५ हजार नगदबाट पुरस्कृत गरिने छ । रोयल स्पोट्र्स सेन्ट्रलको व्यवस्थापन र चोकोफलको सहयोगमा भइरहेको प्रतियोगिताको फाइनल भदौ ६ गते हुनेछ ।
प्रतिक्रिया दिनुहोस्: