
काठमाडौं साउन १३, संयुक्त राष्ट्र संघअन्तर्गत इराकस्थित शान्ति मिसनमा तैनाथ रहेका नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली स्वदेश फिर्ता भएको छ ।
संयुक्त राष्ट्र संघको आह्वानमा त्यहाँ कार्यरत सबै शान्ति सैनिक र कर्मचारीलाई सन् २०२५ को जुलाई अन्त्यसम्ममा फिर्ता गरिसक्ने निर्णयअनुसार मिसनमा खटिएका ८८ जना नेपाली शान्ति सैनिकमध्ये अन्तिम चरणको २७ सदस्यीय टोली आज स्वदेश फर्किएको हो ।
प्रमुख सेनानी हिमालय थापाको नेतृत्वमा रहेको उक्त टोलीको आगमनसँगै मिसनमा तैनाथ सबै नेपाली सैनिकहरू विभिन्न चार व्यावसायिक उडानमार्फत स्वदेश फिर्ता भइसकेको सेनाले मंगलबार जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: