
टुसाल मल्टि भेन्युको आयोजनामा चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा विभिन्न २९ स्पर्धामा १ सय ५० खेलाडीको सहभागिता अपेक्षा गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक मल्टि भेन्युका अपरेसन प्रबन्धक विशाल खड्काले जानकारी गराए ।
विगतका संस्करण सिनियर÷जुनियरमा प्रतिस्पर्धा भएकोमा यो संस्करणदेखि विभिन्न उमेरसमूहमा खेल हुनेछ । नेपाल पौडी संघको प्राििवधक सहयोग तथा तार्केश्वर नगरपालिकाको सहयोगमा हुने प्रतियोगिताका खेलहरु आयोजक मल्टि भेन्युको आफ्नै पौडी पोखरीमा हुनेछ । मल्टि भेन्यु हातामा २५ मिटर र १० मिटर लम्बाइको २ पौडी पोखरी रहेको छ ।
मल्टि भेन्युका प्रबन्ध निर्देशक लक्ष्मण केसीले विद्यालय स्तरबाटै खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरणमा सहभागी गराइ खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको बताए ।
अपरेसन प्रबन्धक खड्काले विगतका संस्करणमा पाएको सकारत्मक अनुभवले प्रतियोगितालाई निरन्तरता दिन हौसला प्राप्त भएको बताए ।
तार्केश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीले नगरपालिकाले खेलकुदलाई प्राथमिकता दिदै आएको बताउदै प्रतियोगिता सफलताका लागि शुभकामना दिए ।
प्रतियोगितामा खेलाडीले हासिल गरेको पदकलाई निश्चित अंक प्रदान गरी शीर्ष तीन स्थानमा रहने टिमलाई पुरस्कृत गरिने छ । शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई पनि पदकका आधारमा प्याकेज प्रदान गरिने छ ।
तार्केश्वर नगरपालिका वडा ८, मनमैजुस्थित मल्टि भेन्युमा पौडी पोखरीसहित साउना, स्टिम, जिम÷कार्डियो, ज्याकुजी, बैंक्युट, इभेन्ट हल, रेस्टुरेन्टलगायतका सुविधा छन् । पौडीको सिजनमा अकुवा जुम्बा पनि सञ्चालन गर्ने गरिएको छ ।
जेम्स च्याम्पियन
काठमाडौं साउन १२, प्रथम अन्तर विद्यालय उमेर समूह पौडी प्रतियोगितामा जेम्स स्कुलले ८ सय ४१ फिना अंक सहित पहिलो स्थान पायो । निसर्ग बाटिका ५ सय ६९ दोस्रो तथा प्रिमियर इन्टनेशनल स्कुल ३ सय ६९ अंक सहित तेस्रो भयो ।
विजयी टोली तथा खेलाडीलाई प्रतिनिधी सभा सदस्य डा. तोसिमा कार्की र नेपाल पौडी सघका अध्यक्ष जगतमान श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे ।
सातदोबाटो स्थित खेलकुद परिसर केन्द्रमा भएको २ दिने प्रतियोगिताको समापन समारोहमा फुटबलको राष्ट्रिय टोलीका पूर्व कप्तानहरुलाई सम्मान गरिएको थियो ।
प्रतियागयतामा २ सय ५० विद्यार्थीको सहभागिता थियो । प्रतियोगिताले विद्यालय तहमा पौडी खेलको विकासमा सहयोग पुग्ने विश्वास रहेको प्रतियोगिता संयोजक मुखिया लामाले बताए । प्रतियोगितामा ५३ स्पर्धा समावेश थिए ।
प्रतिक्रिया दिनुहोस्: