सय वर्षको उमेरसम्म पनि कम्युनिस्ट आन्दोलन अगाडि बढाउँछु : वामदेवको घोषणा

२०८२ श्रावण ३

काठमाडांै साउन २, पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले सय वर्षसम्म कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने संकल्प गरेका छन् ।
शुक्रबार काठमाडौँमा एकीकृत समाजवादी पार्टीसँग एकता समारोहमा उनले अझै २३ वर्ष कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने संकल्प गरेका हुन् । विभाजन भएको चार वर्षपछि फेरि एकीकृत समाजवादीमा प्रवेश गर्न पाउँदा ज्यादै खुसी भएको जिकिर गरे ।
‘म एसएलसी मात्र पास गरेका मान्छे हो । त्यही पनि थर्ड डिविजनमा बल्लतल्ल पास गरेँ । अहिले ७७ वर्षको भएँ । सय वर्षसम्म बाँच्नुपर्छ जस्तो लाग्छ । सय वर्ष कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउँछु’, उनले भने, ‘दुई वटा सङ्कल्प लिएर म कम्युनिस्ट आन्दोलनमा लागेँ । एउटा राजतन्त्रको अन्त्य अर्को कम्युनिस्ट पार्टीलाई एउटै बनाउने । त्यो २०७५ सालमा पास भयो । त्यतिबेला म ज्यादै खुसी थिएँ ।’
अबको सङ्कल्प आफ्नै जीवनका कालमा समाजवादमा लैजाने रहेको भएपनि त्यो पुरा हुनेमा उनले आशङ्का व्यक्त गरे । आफूले चार वर्षदेखि नै वामपन्थी राजनीतिमा लागेको जिकिर गर्दै यस यात्रामा धेरै हण्डर ठक्कर खाएर आएकाले फहराएको झण्डालाई झुक्न नदिने संकल्प गरे ।

प्रतिक्रिया दिनुहोस्: