
क्रिकेटर जोय सम्मानित
काठमाडौं, असार २९ मनमैजुस्थित एन्जल्स हार्ट नेसनल स्कुलले एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोलीका सदस्य जोय थापालाई नगदसहित सम्मान गरेको छ ।
एन्जल्स हार्टबाट एइइ उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रममा जोय सम्मानित भएका हुन् । जोय पनि एसइइ उत्तीर्ण भएका छन् । मलेसियामा भएको प्रतियोगितामा जोयले इन्डोनेसिया विरुद्ध ५७ रन, भुटान विरुद्ध ६१ रन र सिंगापुर विरुद्ध २४ रन बनाएका थिए ।
जोयलाई एन्जल्स हार्टका अध्यक्ष लिलबहादुर पुन, प्रिन्सिपल टकबहादुर थापा र खेलकुद संयोजक सुमन तिमल्सिनाले ए कार्यक्रमबीचसम्मान गरे ।
नेपाललाई ४ पदक
नेपाली कराते खेलाडीले अन्तर्राष्ट्रिय केआई खेलकुद महोत्सवमा २ स्वर्ण र २ कांस्य पदक जितेका छन् ।
दक्षिण कोरियाको बुसानमा भएको प्रतियोगितामा अनु मोक्तान र विकास घर्तीले स्वर्ण जितेको निर्णायक महेश महर्जनले जनाएका छन् । आशिष धामी र जमानसिंह गुरुङले कांस्य जिते । जमान कोरियामै बस्दै आएका छन् । प्रतियोगितामा चित्र श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
सोयबलाई रजत
सोयबमान श्रेष्ठले युआईपीएम ग्लोबल लेजर रन सिटीमा रजत जितेका छन् । सिंगापुरमा जुलाइ १३ तारिखमा भएको प्रतियोगिताको यु–१७ उमेरसमूहमा रजत जितेको नेपाल मोर्डन पेन्टाथलन संघले जनाएको छ ।
लेभल वान कोचिङ कोर्ष सम्पन्न
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा लेभल वान कोचिङ कोर्ष बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आइतबार सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को वार्षिक क्यालेन्डर अनुसार भएको कोर्षमा पारासहित नेपालका २८ र भारतका २ गरी ३० प्रशिक्षार्थीको सहभागिता थियो ।
नेपालबाट संयोग कपाली, विपुल महर्जन, रितिज जोशी, कृष्ण थापा मगर, आशिप अवाले, रिजन गोथे, सुजन गडाल, दिवस जेठारा, राहुल शाह, रोशन श्रेष्ठ, अजय श्रेष्ठ, दीपक गिरी, नारायण घिमिरे, कपिल थापा मगर, रोशन अधिकारी, विवेक राई, दिपेश राना, सिखा सुवाल श्रेष्ठ, वियन्का राई, इभाना थापा, आश्मा पहाडी, नविता श्रेष्ठ, रविना देसार, रायकोशी शाही, अन्जु सुवाल, सोनिका ढकाल, एश्वस्वी अवाल र अजय विक सहभागी छन् । भारतबाट निथिन हरिदास सुदर्शाने भेलायोदमले भाग लिएका थिए ।
पाँचदिने कोर्ष आईटीटीएफका डेभलोप्मेन्ट प्रोग्राम म्यानेजर बेन होज माब्रुक रामजीले सञ्चालन गरेका थिए । सहभागीलाई आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, सह–अध्यक्ष शंकर गौतम, महासचिव कुवेरप्रकाश सिंह, कोषाध्यक्ष ज्याकी महर्जनलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।
भीष्मराज ढकालको अध्यक्षतामा काठमाडौं जिल्ला डजबलको नयाँ कार्यसमिति गठन
काठमाडौं जिल्ला डजबल संघको प्रथम साधारण सभा तथा निर्वाचनले भीष्मराज ढकालको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
शनिबार कपनस्थित पुष्पलाल मेमोरियल स्कुलमा सम्पन्न निर्वाचनमा अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित्त भएका हुन् । उपाध्यक्षमा विनोद अधिकारी, सचिवमा श्यामबहादुर श्रेष्ठ, कोषाध्यक्षमा शोभा ठाकुर तथा सदस्यहरूमा पवित्रा घिमिरे नेपाल, रेखा लामा, मनीष ढकाल, मदनबहादुर बिक र कौशल ज्ञवाली चयन भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठको प्रमुख आतित्थ्यतामा भएको उक्त कार्यक्रममा, काठमाडौं जिल्ला खेलकुद विकास समितिकको प्रतिनिधिका रुपमा कार्यालय प्रमुख शारदा दाहाल, बूढानीलकण्ठ नगरपालिका–१० का वडा अध्यक्ष एवं नगर प्रवक्ता नवराज भट्टराई, वडा नं. १२ का अध्यक्ष शम्भु भट्टराई, कलाकार आशोक ढकाल, अर्जुन तिमल्सिना, सुमन ज्योति न्यौपाने, रत्न श्रेष्ठ, ब्याडमिन्टनका अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याल, नेपाल क्योकुशिन कराँतेका सहायक प्रशिक्षक सन्जु महार्जनलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा नेपाल डजबल महासंघ तदर्थ समितिका प्रतिनिधिको विशेष उपस्थिति रहेको थियो ।
वल्र्ड समर युनिभर्सिटी गेममा सहभागिता जनाउने खेलाडीको विदाई
काठमाडौं । जर्मनीमा ६ देखि २७ जुलाईसम्म आयोजना हुने ३२ औं वल्र्ड समर युनिभर्सिटी प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीलाई आज आईतवार एक कार्यक्रमको आयोजना गरि विश्व विद्यालय खेलकुद संघ नेपाल (उसान)ले विदाई गरिएको छ ।
प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेप सदस्य जगतसिंह धामी, उसानका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्र पौडेललगायतले एक कार्यक्रमबीच विदाई गरे ।
३२ औं वल्र्ड समर युनिभर्सिटी प्रतियोगितामा नेपालको तर्फवाट चार खेलका १५ खेलाडीले सहभागिता जनाउन लागेको अध्यक्ष पौडेलले जानकारी गराए । टेबलटेनिसतर्फ गनन्जय दाहाल, रितिज जोशी र शिखा सुवाल श्रेष्ठ रहेका छन् । त्यस्तै ब्याडमिन्टतर्फ रोशन साउद, अनिल मल्ल, क्षितिज खनाल, आयुष्मा नेपाल र निशम हाङ्मा शेर्पा रहेका छन् ।
यसैगरि एथलेटिक्सतर्फ पाल्देन पाख्रिन तामाङ र आयुश श्रेष्ठको सहभागिता रहेको छ भने तेक्वान्दोतर्फ अभिषेक बराल, अभिषेक डल्लाकोटी, रुपेश तामाङ, पुजन खड्का र रेजिना पार्कीले सहभागिता जनाउने छन् ।
टोलीमा संंघका अध्यक्ष ज्ञानेन्द्र पौडेल, पूर्व डिन पूर्वाञ्चल विश्वविद्यालयका प्रा.डा. अनिलकुमार पोखरेल, वोर्ड सदस्य अशोक श्रेष्ठ र हेड अफ डेलिकेशनको रुपमा संघका महासचिव पूर्णसिंह बोहरा लगायत ८ पदाधिकारी सहित २३ जनाको सहभागिता रहनेछ ।
सो अवसरमा गण्डकी विश्व विद्यालयका उप–प्रध्यापक एवं राखेपका सदस्य मधुसुदन सुवेदी, मध्यपश्चिम विश्व विद्यालयका उप–प्रध्यापक तेजबिक्रम बस्नेत र सिआईटीई प्रिन्सिपल इन्जिनियर सुघीर गुरागाईं पनि टोलीको सदस्य रहेको महासचिव बोहराले जानकारी गराए ।
जर्मनीमा आयोजना हुने उक्त प्रतियोगितामा विश्वका १ सय ५१ राष्ट्रका ८ हजार ५ सय खेलाडीहरुको सहभागिता रहने संघले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्: