
काठमाडौ असार २९, आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा काठमाडौको पीस एम्बेसी बिल्डीङ्ग नक्सालमा स्रष्टाहरूले आफ्ना रचना वाचन तथा शान्ति साहित्यक सभाको आयोजना गरेर मनाएका छन् ।
विश्व शान्ति तथा एकीकृत परिवार संघ तथा सिद्धान्त अनुसन्धान महाविद्यालय संघको सयुक्त आयोजनामा शान्ति साहित्यिक सभा तथा एक लाख एक रुपैया राशीको शान्ति साहित्यिक पुरस्कार धोषणा गरिएको छ । साहित्यक सभामा आयोजक विश्व शान्ति तथा एकीकृत परिवार संघका दक्षिण एसियाका निर्देशक कृष्ण बहादुर अधिकारी सेवकले घोषणा उक्त पुरस्कारको घोषणा गरेको हुन् । गीतकार समेत रहेका अधिकारीले आदिकवि भानुभक्त आचार्यको जन्म दिन नेपाली भाषाको गौरव गाउने महान दिन भएको बताएका छन् । अधिकारीले नेपाल मात्र नभई दार्जलिङका पहाडसम्म दौरा–सुरुवाल, गुन्यु–चोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुने गरेको बताए ।
संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको शुरुवात हुनु अद्वितीय उदाहरण भएको अधिकारीको भनाई छ । ‘भानु जयन्ती केवल जन्मजयन्ती होइन, नेपाली भाषाको गौरव गाउने महान् दिन हो,’ उनले भने, ‘नेपाल मात्र होइन, दार्जलिङका पहाडसम्म दौरा–सुरुवाल, गुन्यु–चोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुनु र संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको शुरुवात हुनु अद्वितीय उदाहरण हो ।
अधिकारीले नेपाली भाषालाई अझ प्रगतिशिल र विश्व साहित्यको हिस्सा बनाउने प्रण गर्न जरुरी रहेको बताए । गीतकार अधिकारीले विश्व शान्तिका अभियन्ता डा.सन म्याङ्ग मुन र डा.हाक जा हान मुनको प्रेरणाबाटै आपूmले साहित्य मार्फत शान्ति स्थापना गर्न सकियो भनेर शान्ति साहित्यिक सभाको घोषणा गरेको जानकारी दिए ।
कार्यक्रमको प्रमुख आतिथ्यता भिम उप्रेतिले कविता वाचन कार्यक्रममा सन्तोष कुमार पोखरेल, स्नेह सायमी र रञ्जना निरौला, कृष्ण बाउँसे, भोज कुमार धमला, गंगा खतिवडा, दिप डाँगी, रिता खतिवडा, सुभाष सिंह पराजुली लगायतका १८ जना चर्चित अतिथि कविहरुले कविता वाचन गरेका थिए । कविता वाचन कार्यक्रममा अधिकांशले समसामयिक राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा देखिएको विसंगतिविरुद्ध सिर्जनामार्फत् भावना पस्किए ।
प्रतिक्रिया दिनुहोस्: