प्रा.डा.दयाराम श्रेष्ठ लिलाध्वज थापा साहित्य सम्मानबाट पुरस्कृत

२०८२ असार २३

काठमाडौं असार २३, लिलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा लिलाध्वज थापाको १०५ औं जन्मजयन्तीको उपलक्षमा प्रा.डा. दयाराम श्रेष्ठलाई लिलाध्वज थापा साहित्यसम्मान पुरुस्कार प्रदान गरेको छ ।
उक्त लोकार्पण कायक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति बैरागी काइलाले नेपालको उपन्यास विद्यामा प्रथम पुरस्कार पाउने व्यक्तिलाई प्रसंशा नगरिरहन सक्दैन । त्यो पुरस्कार म आफै पुरस्कृत भएको अनुभूत भएको छु । भाषा, साहित्य, र समालोचना क्षेत्र नेपाली शिक्षाको क्षेत्रमा २६ जना सोधकताहरुलाई समेत विद्यावारिधी गराइसकेको व्यक्ति हुनुहुन्छ ।
लोकार्पण कार्यक्रममा साहित्यकार प्रमोद प्रधानले साहित्य लेखन सबैको पहुँचमा नहुने बताएको छ । प्रधानले इतिहास लेखन त्यति सजिलो छैन । इतिहास लेखन गर्न किताबको उपलब्धता हुनुपर्ने बताउदै सन्दर्भ सामाग्रीहरुको उपलब्धता विना इतिहास लेख्न सकिदैन ।
सम्मानित व्यक्ति पा.डा. दयाराम श्रेष्ठले म पहाडको थुप्रोमा थन्कीरहेको मानिस । म हातमा छिनो र हटौला लिएर आएको मान्छे देखेँ के हो भनेर सोचे, ढुंगालाई ओल्टाई पल्टाई गर्नु भयो । पछि थाहा भयो उनी कलाकार रहेछ ।
कलाकारको मन कमलो रहेछ । १६ वटासम्म ढुङ्गा हेर्नु भयो । मेरो पालो आयो । मैले ऐया भनेन एउटा आकृति तयार पार्नमा लागे र मैले कमजोर छैन भन्ने महशुस भयो । कोही पनि कमजोर हुनेबाट टाढा हुनु पर्छ ।
त्यसैगरि वरिष्ठ साहित्यकार रोचक घिमिरले २००९ सालमा प्रकाशित भएको दाह्री तीन बाल साहित्य सोचेको थियो ।
थापा २००७ साल अगाडि कलकता निर्वासित हुनुभयो । बालकृष्ण समको कविता ‘बालकन्याको हत्या’’ कविता सुनाउँदा बाल कृष्ण समले धेरै पटक रोक्नु परेको थियो । किनकी कविता राणाहरुको विरुद्ध लेखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: