
धनबहादुर मगर
काठमाडौं असार १३, प्रगतिशील लेखक संघको आयोजनामा ‘नेपालको गणतान्त्रिक आन्दोलनमा प्रगतिशील स्रष्टाहरुको भूमिका’ विषय विचार चौतारी ८०औं कार्यक्रममा सम्पन्न भएको छ ।
प्रस्तुत कार्यपत्रमा नेपालको जलजला उपन्यासका लेखक तथा अग्रज दार्शनिक नेता मोहनविक्रम सिंहले आफ्नो कार्यपत्र पूर्ण रुपमा नआएको सत्य भएको बताएको छ । शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रमा राणाकाल र पञ्चायत कालमा कुनै फरक नरहेको पनि उहाँले बताउनु भयो । प्रगतिवादी आन्दोलनको विकास हुनुपथ्र्याे, हुन सकेन । देशमा भ्रष्टाचार, अन्याय अत्यचार रानीतिक वृतमा बढेको छ । हामी त्यो भन्दा माथि उठेर अगाडि बढ्नु पर्छ । साहित्यमा विश्वव्यापी दृष्टिकोण आउनु पर्छ । कम्युनिष्ट आन्दोलनमा धेरै नोक्सान भएकोे छ । राजनीतिमा भ्रष्ट भएको छ । क्रान्तिकारी स्रष्टाहरु सँधै सचेत हुनु पर्छ ।
नेपालमा एमसीसीको नाममा अमेरिकी परियोजना चलेको छ । उनीहरुको नियत त्यति सफा देखिएको छैन, सिंहले भन्नुभयो । अमेरिकाकौ कारण विश्व युद्ध भयो भने संसार नष्ट हुनसक्छ । हामी सुरक्षित छौ भनेर नसोचे हुन्छ । जनतामा साहित्यको योगदान भयो भने सबै कुरा राम्रो हुन्छ ।
त्यसका लागि दर्शन, साहित्य कलाले महत्वपूर्ण भूमिका खेल्न आवश्यक छ । तब लेखक, साहित्यकार वा कलाकारहरूले त्यसप्रकारको भूमिका त्यो बेला नै खेल्न सक्दछन्, जब उनीहरूमा उच्च प्रकारको चेतनाको विकास हुन्छ ।
यदि उनीहरू त्यसप्रकारको सोचाइबाट माथि उठ्न सकेनन् वा मुक्त हुन सकेनन् भने देश, समाज वा जनताको हित वा विद्यमान अवस्थामा क्रान्तिकारी परिवर्तनको कुरा परै हुनेछ ।
लोकतन्त्र, गणतन्त्रको आन्दोलन वा प्रतिगमनका विरुद्ध पनि कुनै संघर्ष गर्नु उनीहरूका लागि सम्भव हुने छैन । त्यसप्रकारको भूमिकामा अग्रसर हुनका लागि सर्वप्रथम साहित्यकारहरूले कलम चलाउनु पर्छ ।
कुरा त्यहीँसम्म मात्र सिमित छैन, साहित्यकारका अगाडि एउटा स्वतन्त्र, सम्पन्न, सुखी र सुन्दर समाजको निर्माण गर्ने महान् जिम्मेवारी पनि छ । तर समाजमा एउटा यस्तो वर्ग पनि छ, जसले आफ्नो छुद्र स्वार्थ वा संकीर्ण स्वार्थमाथि आधारित आफ्नो सुखी जीवनको लागि समाजमा ऐतिहासिक कालदेखि नै शोषण, उत्पीडन वा अन्याय र अत्याचारहरू गर्दै आएका छन् । त्यसप्रकारका शोषण र उत्पीडन वा अन्याय र अत्याचारहरूको अन्त्य नगरिकन एउटा स्वतन्त्र, सम्पन्न र सुन्दर समाजको निर्माण हुन नसक्ने कुरा बताउनु भयो
आज खाली गणतन्त्रको रक्षा र प्रतिगमनका विरुद्धको संघर्षका प्रश्नमा मात्र होइन, समाजलाई दीर्घकालीन प्रकारले रूपान्तरण गर्नका लागि पनि साहित्यकारहरूले उच्च वैचारिक स्तरमा आफुलाई ढाल्नुपर्ने बताउनु भएको छ ।
उक्त कुरा प्रगतिशील लेखक संघले आयोजना गरेको विचार चौतारीको ८० श्रँृखला कार्यक्रममा ‘नेपालमा गणतान्त्रिक आन्दोलनमा प्रगतिशील स्रष्टाहरुको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्ने क्रममा बताएका हुन् ।
ललितकला प्रज्ञा प्रतिष्ठानमा उपकुलपति नारदमणी हार्तछलीले आफू वैचारिक रुपमा सक्षम नभएको बताउनु भएको छ । लेखक संघद्धारा आयोजित कार्यक्रम साहित्य सन्ध्या लगायत विभिन्न कार्यक्रममा सहभागी भएको याद आयो ।
हार्तमछलीले हामी गणतन्त्रको ढोका कुरेर बसिरहेका छौं कि गणतन्त्रको लिकमा दौडिरहेका छौं भन्नेकुरा आएको छ । साझा र विषयगत विद्यागत विषय अष्पष्टता हुनुहुँदैन ।
वैचारिक आधारको सांस्कृतिक मोर्चाहरु पनि आज भत्ताभुङ्ग भएको छ । राजनीतिक प्रष्ट हुन नसक्दा बेलाबेला आक्रमण हुने गरेको छ । ललितकला वैचारिक रुपमा कमजोर भएको छ । प्रगतिवादी धारतिरको विचार आएन । सम्झौता गरेर जाने कुरामा अलमलिनु पर्ने छ । भावुकता र बौद्धिकताको संयोजन मिलेको छैन । प्राज्ञिकतासँग जोडिनु पर्छ । भावना र विचारको संस्लेषण गर्ने कहाँ हो भनेर प्रष्ट हुनु पर्छ । कलाको आगमता र निगमताको कुरा प्रगतिवादी धारको मोर्चाले विश्लेषण गरेर जानु पर्छ । वैचारकि रुपमा स्पष्ट हुने सकेन भने नश्लीय, वर्गीय, क्षेत्रीय कुरामा अलमिलनु पर्छ । कविता हेरेर चित्र बनाउने र चित्र हेरेको भरमा कविता लेख्ने साहित्यिक शिल्पलाई सांस्कृतिक फोरमले सामाजिक रुपान्तरणको सवालमा वृहद अन्तरक्रिया गर्नुपर्छ ।
प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष डा.मधुसुदन गिरीले प्रगतिशील आन्दोलनलाई कसरी हेर्ने ? हामी गणतान्त्रिक आान्दोलनमा छैनौं कि जस्तो लाग्छ । कि हामी पश्चिमाहरुको कारक हांैकि, कि पश्चिमाहरुको हामी कारक हौं । कि हामी विद्रोहात्मक आन्दोलनमा छौं भन्नेकुरामा स्पष्ट हुनु पर्छ ।
डा.गिरीले भन्नुभयो, गमला छ गमलामा वटविृक्ष छ । त्यो वटवृक्षमा गणतन्त्रको वटवृक्षलाई जताततै फैलिन स्वतन्त्रता छ । त्यसमा अहिले खुम्रे किराहरु छन् । जरा कमजोर बनाएका छ । हाँगा, पात, फूलहरुमा पश्चिमाहरुको धमिरा लागेको छ । वेष्टर्न हेजेमोनी गणतन्त्रको जरामा खुम्रे किरा भएर बसेको छ ।
गणतन्त्र संस्था गर्ने क्रममा हामीले कस्तो भूमिका खेलेका छौं ? स्वामित्व किसानहरुसँग छैन । उत्पादनको साधानहरुमाथि अनुत्पादकहरुको स्वामित्व बढेको छ । कैयौं नेताका छोराछोरीहरुले संयौं रोपनी जमीन ओगटी राखेका छन् । त्यसको प्रतिवाद गर्नु पर्छ कि पर्दैन ? गिरीले भन्नुभयो ।
त्यसैगरि प्रलेसका पूर्व अध्यक्ष भाषा आयोगका सदस्य मातृका पोखरेलले भाष्यनै परिवर्तन गर्नु पर्ने बताए । गणतन्त्रलाई संस्थागत गर्नु पर्छ भन्ने कुरा पुष्पलाल गरेका थिए ।
पुष्पलालले २०२९ सालमा लेखिएका नयाँ जनवादी संस्कृतिक आन्दोलन प्रगतिशील साहित्यकारहरुले पढ्नै पर्ने सामाग्री भएको बताउनु भएको छ ।
वर्गीय साहित्यि चेतना बोकेका प्रगतिशील स्रष्टाहरुले प्रति ध्रुवीयमा आन्दोलनमा लागिरहेका छन् ।
त्यसरी हाम्रो इतिहासलाई सुरक्षित गर्नु सक्दैनौं । नेपाली कविता, कविता, सिर्जनाहरु कहिलेबाट शुरु भएभन्ने विषयमा लेख्न सकिन्थ्यो होला ।
राजनीतिक र साहित्यिक कार्यक्रममा सचेत भएर अगाडि बढ्न नसके सँधै पुँजीवादीहरुको आक्रमणमा परिरहने बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष समीर सिंहले विचार, दर्शनलाई सही रुपमा बढाउन दृष्टिकोण चाहिन्छ । यो केन्द्रीय समितिले गरेको निर्णय हो । अहिलेको उत्तर आधुनिकतावादमा दर्शन नबुझीकन साहित्य अगाडि बढ्न सक्दैन । प्रगतिशील लेखकहरुमा समेत उत्तरआधुनिकतावाद हावी भएको छ । नयाँ पुस्तालाई वैचारिक स्तर उठाउनु पर्ने जिम्मेवारी आएको छ ।
प्रतिक्रिया दिनुहोस्: