अमेरिकामा कमल सम्मानित

२०८२ असार १४

उमा कुङफु खेलाडी कमल मगर अमेरिकामा नगद सम्मानित भएका छन् । नेपालमा उमा कुङफु खेलको विकास र विस्तारमा योगदान पु¥याएको र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै नेपालको गौरव बढाएकोमा कमललाई सम्मान गरिएको हो ।
कमललाई अमेरिकामा रहेका वरिष्ठ कानुन व्यवसायी खगेन्द्र घर्ती क्षेत्री, सिद्धार्थ लामालगायतले २ लाख ७४ हजार नगदसहित सम्मान गरेका हुन् । त्यसमा क्षेत्रीले १ लाख २ हजार ७ सय ५० र लामाले ६८ हजार ५ सय रुपैयाँ सहयोग गरेका थिए ।
न्युयोर्कस्थित च्याम्पियन मार्सल आट्र्स क्लब, युएसएमा आयोजित कार्यक्रममा कमललाई प्रशंसा पत्रसहित नगद प्रदान गरिएको थियो । त्यसै अवसरमा न्युयोर्क स्टेट एसेम्बलीका सदस्य माननीय स्टेवन वी. रागाले कमललाई ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरी सम्मान गरे । त्यस्तै, न्युयोर्कको ज्याक्सन हाइट्समा आयोजना गरिएको ‘हिमालयन स्ट्रिट फेयर–हाम्रो मेला’ कार्यक्रममा क्विन्स बरो अध्यक्ष माननीय डोनेभान रिचार्डले कमललाई ‘साइटेसन अफ अनर’ बाट सम्मान गरे ।
सम्मानित भएपछि कमलले च्याम्पियन मार्सल आटर््स क्लबप्रति आभार व्यक्त गर्दै यस्तो सम्मानले खेलाडीलाई आफ्नो खेल जीवन अगाडि बढाउन प्रेरणा दिने बताउदै भविष्यमा पनि नेपाली खेलाडीलाई सहयोग गर्न आग्रह गरे । उनले क्लबका अध्यक्ष ११ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुनिल लामा र क्लब परिवारप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए ।
सम्मान कार्यक्रममा च्याम्पियन मार्सल आटर््स क्लबका अध्यक्ष लामाले इमानदार, उत्तरदायी र सहयोगी खेलाडीका रूपमा परिचित कमलको सफलताले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा गौरवान्वित तुल्याएको बताए । उनले कमलको प्रेरणादायी यात्रा भविष्यका पुस्ताका लागि मार्गदर्शक बन्ने विश्वास व्यक्त गरे ।
सोलुखुम्बुको दूधकुण्ड नगरपालिका १० निवासी चौथो डान कमल प्रशिक्षक र निर्णायकको भूमिकामा पनि उत्तिकै सक्रिय रहेको नेपाल उमा कुङफु संघका उपाध्यक्ष सिद्धार्थ लामाले बताए ।
कमलले इन्टरनेसनल ब्याटल अफ डेटोना, अमेरिका, युरोपियन च्याम्पियनसिप, बेलायत, डब्लुएमएसी प्यान्डेमिक गेम्स, अष्ट्रिया, १३ औं वल्र्ड मार्सल आटर््स गेम्स, क्रोएसिया, १२ औं डब्लुएमए वल्र्ड च्याम्पियनसिप, बेलायत र ७ औं वल्र्ड कुङफु च्याम्पियनसिप, थाइल्यान्डमा स्वर्ण स्वर्ण जितेका छन् ।
उनले निर्णायकको रूपमा कमलले विभिन्न राष्ट्रिय उमा कुङफु च्याम्पियनसिप, उमा वल्र्ड च्याम्पियनसिप ग्रीस, १४ औं राष्ट्रिय कुङफु च्याम्पियनसिप, भारत, केम्पो खुकुरी च्याम्पियनसिपलगायत विभिन्न प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका छन् ।
कमलले चीनको बेइजिङ साओलिन उसु स्कुलमा एक महिनाको विशेष प्रशिक्षण लिएर सियाङसिङवान, ब्रॉडस्वर्ड, डबल सेक्सन स्टाफ, नाइन सेक्सन ह्विप, कुङ फु फ्यान, कुडजेल, छिगोङ जस्ता विधामा दक्षता हासिल गरेका छन् । कमल नेपाल उमा कुङफु संघका महासचिव पनि हुन् ।

हाइसेन्स नेपाल सायम अन्तरकलेज फुटसलमा २८ टिम
सायम कलेजको आयोजनामा हुने हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगितामा २८ छात्र टिमको सहभागिता रहने भएको छ । प्रतियोगिता बुधबारदेखि सुरु हुनेछ ।
प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा सायमका प्रिन्सिपल अशोकराज पाण्डेले पहिलो संस्करणमा २८ टिमको सहभागिता निश्चित भएको जानकारी गराए । प्रिन्सिपल पाण्डेले विद्यार्थीको क्षमता बढाउन कलेजले विद्यार्थीले गर्ने हरेक कार्यक्रममा भरपुर सहयोग गर्दै आएको बताए ।
सहभागी टिमलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । हाइसेन्स मुख्य प्रायोजक रहेको प्रतियोगितामा स्नातक तह सेमेस्टर प्रणालीका कलेजका टिम सहभागी हुने छन् ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ९० हजार, ४० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान ३–३ हजार नगद पुरस्कारसहित गिफ्ट भौचर प्राप्त गर्ने छन् । उत्कृष्ट प्रशिक्षकले ट्रफीसहित गिफ्ट भौचर पाउने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख ५० हजार खर्च हुने सायमका भाइस प्रिन्सिपल विशाल श्रेष्ठले जानकारी दिए । तीनदिने प्रतियोगिताका खेलहरु भक्तपुरको दिब्येश्वरी प्लानिङस्थित रोयल नेपाल फुटसलमा हुनेछ ।
सायम प्रिमियर लिग इन्ट्रा कलेज क्रिकेटको पाँचौं संस्करण सफलतापूर्वक आयोजना गरिसकेको सायमले पहिलोपटक फुटसल आयोजना गर्न लागेको प्रतियोगिता संयोजक दशरथ शाहीले बताए । प्रायोजकमा एथर इनर्जी, पठाउ नेपाल, उप्स नेपाल, मेडेक्स मल्टी स्पेसिएलिटी क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, पार्क भिलेज रिसोर्ट, सूर्य नेपाल, जस्मिन पेन्ट्स र बेन नेभिस रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: