
काठमाडौं असार ५, नेपाल पत्रकार महासंघ काठमाडौंका सचिव रमेशकुमार बोहोराले प्रेस विज्ञाप्ति प्रकाशित गरि तामाकोसी सन्देश साप्ताहिक प्रकाशक, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्व कोषाध्यक्ष पत्रकार रामचन्द्र बस्नेतमाथि विन मिडिया प्रा. लि. मा कार्यरत लिला थापाले दिएको धम्की र गालीगलौज प्रति ध्यानाकर्षण गरेको छ ।
उक्त घटना केवल व्यक्तिगत असहिष्णुता वा रिसइवीको परिणाम मात्र नभई स्वतन्त्र पत्रकारितामाथिको प्रत्यक्ष हमला हो, जसले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र अभिव्यक्तिको अधिकारको गम्भीर उल्लंघन गरेको शाखाले महसुस गरेको छ । शाखालाई प्राप्त जानकारीअनुसार, पत्रकार बस्नेतले आफ्नो पेशागत जिम्मेवारी निर्वाह गरिरहेका अवस्थामा लिला थापाले सार्वजनिक रूपमै अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएका थिए । यस्तो अमर्यादित र आक्रामक व्यवहार प्रेस आचारसंहिता, सामाजिक शिष्टाचार र प्रचलित कानुनको ठाडो उल्लंघन हो ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले यस किसिमका आपराधिक र अमानवीय क्रियाकलापप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घोर भत्र्सना गर्दछ । स्वतन्त्र प्रेस र निर्भीक पत्रकारिता लोकतान्त्रिक समाजका आधारभूत अंग हुन् । यस्ता घटनाहरूले पत्रकार हरूलाई डर, त्रास र असुरक्षाको वातावरणमा काम गर्न बाध्य पार्ने खालका छन्, जुन कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन ।
शाखा सम्बन्धित सुरक्षा निकाय र प्रशासनसँग घटनाको निष्पक्ष र तत्काल अनुसन्धान गरी दोषीमाथि कानूनबमोजिम कडा कारबाही गर्न जोडदार माग गर्दछ विज्ञाप्तिमा जनाएको विज्ञाप्तिमा जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: