सत्य निरुपण तथा मेलमेलाप आयोगले माग्यो उजुरी

२०८२ जेष्ठ २६

काठमाडौं जेठ २५ गते सत्य निरूपण तथा मेलमिलाप आयोगले एक सूचना जारी गरि वेपत्ता पारिएका व्यक्तिको छानविन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को तेस्रो संशोधनद्वारा सो ऐनको दफा १३ मा थप भएको उपदफा (६–ख) मा “आयोगले यस अघि उजुरी माग गरेको.अवधिभित्र काबु बाहिरको परिस्थिति परि उजुरी दिन नपाएका पीडितले त्यस्तो उजुरी दिन नसकेको आधार र कारण खोली आयोगको अध्यक्ष तथा सदस्यको नियुक्ति भएको मितिले तीन महिनाभित्र आयोग समक्ष उजुरी दिन सक्नेछ” सूचना जारी गरेको छ ।
यस आयोगमा मिति २०८२ जेठ ४ गते माननीय अध्यक्ष तथा सदस्यको नियुक्ति भएको हुँदा उल्लिखित अवधिभित्र काबु बाहिरको परिस्थिति परि उजुरी दिन नपाएको पीडितले मिति २०८२ जेठ ४ ले तीन महिना अर्थात् मिति २०८२ भाद्र ३ गते भित्र यस अघि आयोगले उजुरी माग गरेको अवधिमा काबु बाहिरको परिस्थिती परि त्यसरी उजुरी दिन नसकेको स्पष्ट आधार र कारण सहित सत्य निरूपण तथा मेलमिलाप आयोग, हाँडीगाउँ, काठमाडौंमा देहायको ढाँचामा उजुरी दिन सकिने व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्: