हेटौंडा महाधिवेशनको मर्म अनुसार उत्पादन व्रिगेडलाई बढाउन सकेनौं : प्रचण्ड अध्यक्ष नेकपा (माओवादी केन्द्र)

२०८२ जेष्ठ २५

काठमाडौं जेठ २४, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को किसानसँग वैज्ञानिक अभियान अन्तर्गत ऐतिहासिक प्रथम कृषि विशेषसभा माओवादी केन्द्रको सभाहल पेरिसडाँडाँमा सम्पन्न भएको छ ।

प्रमुख अतिथिको रुपमा रहेका नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जतिसुकै राम्रो संविधान लेखे पनि कार्यन्वयन गर्ने हैसियत नहुँदा सम्म कार्यन्वयन नहुने बताएको छ ।
प्रचण्डले औद्यौगिक कालमा जनताको अधिकारको बारेमा संविधानमा वहस भएको थियो । कार्लमाक्र्सले भनेको कुरा मैले सम्झे, तपाई जतिसुकै राम्रो संविधान लेख्नु तर, तपाईको हातमा अधिकार छैन भने केही गर्न सक्दैन ।
कोठामा बसेर धेरै राम्रो संविधान लेखेको बराबर हुने पनि बताए । संविधान लेखेकै बेलामा सहमतीबाट आएकोले भनेजसरी संविधान लेख्न सक्दैनौं भन्दै आएको थियौं । हामीले ग्रामीण तहमा जनकम्यून स्थापना गरि जनवादी सरकारको अभ्यास गरेका थियौं । जनयुद्धले तागत पैदा गरेको छ । गणतन्त्र जस्ताको तस्तै हुन्छ भनेको थिएन । दलाल पुँजीवादी अर्थतन्त्र भएकाले हामीले सोचेको जस्तो अर्थतन्त्र मन पराएको थिएन । सम्झौताबाट आएको भएकोले उनीहरुसँगको सहकार्यमा लाग्दा हाम्रो जनसंगठन बलियो बनाउन चुक्यौं ।
यथास्थितिमा हामीले भने जस्तो बनाउन सक्दैनौं । तपाईहरु कहिँकतै कन्फ्यूजमा नहुनुहोला । जनयुद्ध लडेका, जनसरकार र जनअदालत बनाएका हामी एक्लैले संविधान लेख्न सक्ने थिएन । बुर्जुवाहरु संघीयता असफल भयो भन्ने भाष्य तयार गरिरहेको छ ।
नेकपा एमाले माध्यम वर्गको समेत सम्वोधन गर्ने तयार छैनन् भन्ने स्पष्ट हुन्छ । अब उपल्लो वर्गलाई सम्वोधन गर्ने पक्षमा छन् ।
अब हामीले समाजवादमा आधारित साम्यवादको भ्रुण रोप्ने आधार तयार गर्न आफ्ना ठाउँहरुमा पहल गर्नुपर्ने बताए । हेटौडा महाधिवेशनमा उठेको उत्पादन व्रिगेडबाट हाम्रो मौलिक उत्पादनको अध्ययन गर्न सकेनौं

उक्त विज्ञ सभामा कृषि विज्ञहरु पूर्व कृषि सचिव सुरोज पोखरेल, युवा वैज्ञानिक सञ्जिव सुवेदी, मित्र दवाडी, कृषि वन अध्ययन संस्थान रामपुर चितवनका पूर्व डीन, डा. सुरेश तिवारी, डा.पुण्यप्रसाद रेग्मी, डा. शित्तलकाजी श्रेष्ठ, मत्स्य वैज्ञानिक डा.रमानन्द मिश्र लगायत कृषि विज्ञहरुले अवधारणा माथि छलफल गरेका थिए ।
विशेषाज्ञ सभाले ५५ सदस्यीय विज्ञ सभा गठन गरेको छ ।

भने कार्यक्रको अध्यक्षता अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, स्वागत उपाध्यक्ष केपी वराल, कार्यक्रम सञ्चानल महासचिव नहेन्द्र खड्काले गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्: