
काठमाडौं जेठ २१, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि प्रस्तुत बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा नपारेको बताएका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली कांग्रेस १५ औं महाधिवेशन महामन्त्री उम्मेदवार समेत रहेका महरले सबै राजनीतिक दलका घोषणापत्रमा शिक्षामा २० प्रतिशत बजेट छुट्याइने उल्लेख भए पनि १० प्रतिशत मात्रै छुट्याइनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका हुन्।
देशकै सबैभन्दा ठूलो पार्टी कांग्रेसको घोषणापत्र र चुनावताका जनतामाँझ गरेका प्रतिबद्धता एकातिर र हालको बजेट अर्कातिर देखिएको महरले औंल्याए ।
‘बजेटमाथिको छलफलमा संशोधन राखेर शिक्षाका लागि २० प्रतिशत बजेट छुट्याउनु अपरिहार्य छ। यसो हुन सकेमा मात्र कक्षा १२ सम्म निःशुल्क, गुणस्तरीय, व्यवहारिक, जीवनोपयोगी, प्रविधिमैत्री शिक्षा लागू गर्न सकिन्छ। यसका साथै, विश्वविद्यालयमा अनुसन्धानमूलक र प्राविधिक शिक्षाको व्यवस्थित कार्यान्वयन गर्न सकिन्छ,’ उनले भने ।
शिक्षामा २० प्रतिशत बजेट विनियोजन भए मात्रै शिक्षक, प्राध्यापकका सेवासुविधा, तालिम, शिक्षाभित्रका पूर्वाधारलगायत समग्र शिक्षा क्षेत्रको विकास गर्न सकिने उनले बताएका छन् ।
बजेटबारे थप टिप्पणी गर्दै उनले भने, ‘बजेटले कृषि, पर्यटन, ऊर्जा, औद्योगीकरण र पूर्वाधारलाई प्राथमिकता दिँदै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य राखेको छ । तर, स्रोत व्यवस्थापन, कार्यान्वयन क्षमता र विगतका सिकाइको प्रयोगमा स्पष्टता अभाव देखिन्छ ।’
पुँजीगत खर्चको कमजोरी, राजस्व र ऋणको यथार्थता तथा कार्यान्वयन संयन्त्रको अभावले यसको प्रभावकारितामा प्रश्न उठाउने महरले बताएका छन्। सामाजिक क्षेत्र, मानव पुँजी र नवप्रवर्तन तथा अनुसन्धानजस्ता दीर्घकालीन विषयमा लगानी कम देखिएको उनको भनाइ छ ।
कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले १८औं गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना दिनुभएको छ ।
शुभकामना सन्देशमा भन्नुभएको छ –“आजको दिन नेपाल र नेपालीका लागि ऐतिहासिक र गौरवमय दिन हो । १८ वर्ष अघि आजकै दिन हामीले नागरिक सर्वोच्चता तथा सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्र नेपालको जग बसाएका थियौं ।”
त्यसैगरी यस ऐतिहासिक दिनको गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्नुहुने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ र घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको र समुन्नत भविष्यका लागि एकतावद्ध भएर अगाडि जाने अवसर दिएको प्रदेश प्रमुखज्यूले बताउनुभएको छ । राष्ट्रनिर्माणको संकल्प र अभिभारालाई पूरा गर्न गणतन्त्र दिवसले प्रतिवद्ध र जिम्मेवार बनाउने पनि प्रदेश प्रमुखज्यूले विश्वास लिनु भएको छ ।
२०८२ जेष्ठ १४ गते प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापनका लागि सात बुँदे प्रतिबद्धता कोहलपुर नगर क्षेत्रमा व्याप्त प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापनका लागि सात बुँदे प्रतिबद्धता जारी गरिएको छ । रेष्टलेस डेभलप्मेण्ट, क्रियसन, युथ ईनोभेसन ल्याव, कोहलपुर नगरपालिका र बास नेपालका संयुक्त आयोजनामा कोहलपुरमा सम्पन्न प्लास्टिकजन्य फोहोरमैलाको असर बिषयक अभिमुखीकरण कार्यक्रममा सो प्रतिबद्धता जारी गरिएको हो ।
सरोकारवालाहरुको उपस्थितीमा सम्पन्न सो कार्यक्रमको अन्तमा जारी प्रतिबद्धताहरुमा कोहलपुर नगरपालिकाले बनाउन लागेको फोहरमैला व्यवस्थापन कार्यबिधिमा समेटिनु पर्ने सबै बिषयबस्तुका बारे सरोकारवालाहरुबाट सुझाव संकलन गरि यस आर्थिक बर्ष भित्र कार्यबिधि जारी गर्ने, सम्पूर्ण वडाहरुमा प्लाष्टिकजन्य फोहर मैला व्यवस्थापन विरुद्ध सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, आगामी आ.ब.मा प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापन बिरुद्धको कार्यक्रमका लागि यथेष्ट बजेट बिनियोजन गर्न नगरपालिकासँग माग गर्ने, प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापन गर्नका लागि आ–आफ्नो तर्फबाट पहल गर्ने रहेका छन् ।
यसैगरी प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापनका लागि नियमित रुपमा अभियान सञ्चालन गर्नुका साथै प्लाष्टिकजन्य झोलाको विकल्पको रुपमा बैकल्पिक व्यवस्था गर्नका लागि आवश्यक पहल गर्ने र प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापनका लागि विषयविज्ञको उपस्थितीमा नगर स्तरिय विशेष प्रकारको तालिम, छलफल सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । प्रतिबद्धता जारी गर्नेहरुमा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी, वडा नम्वर १ का वडाध्यक्ष बद्रि प्रसाद जैशी, वडा नम्वर २ का वडाध्यक्ष हरि कठायत, वडा नम्वर ८ का वडाध्यक्ष लाल बहादुर राना, वडा नम्वर ९ का वडाध्यक्ष उपेन्द्रनाथ योगी, वडा नम्वर ११ की वडाध्यक्ष कल्पना शर्मा, वडा नम्वर १२ का वडाध्यक्ष बिरेन्द्र कुमार शाह, वडा नम्वर १३ की वडाध्यक्ष डम्बर बहादुर खड्का, नगरपालिकाका बाताबरण शाखा प्रमुख बिर बहादुर थापा लगायत नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकारहरू रहेका छन् । बास नेपालका अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले आ–आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दै धारणा राखेका थिए । कार्यक्रममा बोल्दै नागरिक समाजका शंकर न्यौपानेले प्लास्टिकजन्य फोहोरले जनस्वास्थ्यमा पार्ने असरबारे जनचेतना अभिवृद्धिको आवश्यकता आंैल्याए । कोहलपुर युवा सञ्जालकी उर्मिला खड्काले प्लास्टिकजन्य फोहोर नियन्त्रणका लागि स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने बताईन् । बाताबरण शाखा तथा नगर प्रहरी प्रमुख विर बहादुर थापाले प्लास्टिकजन्य फोहोर व्यवस्थापनलाई केवल नगरपालिकाको जिम्मेवारी ठान्नु चुनौतीपूर्ण भएको उल्लेख गर्दै, दैनिक १२–१३ टन फोहोरमध्ये ७० प्रतिशत प्लास्टिकजन्य रहेको जानकारी दिए । घरघरमै कुहिने र नकुहिने फोहोर छुट्याउन सके व्यवस्थापनमा सहजता हुने भन्दै नगर प्रहरी सीसीटिभीमार्फत निगरानीमा सक्रिय रहेको बताए । वडा नं. ११ की अध्यक्ष कल्पना अधिकारीले कृषि हाट बजारबाट प्लास्टिक न्यूनीकरण अभियान शुरु गर्नुपर्ने आवश्यकता औंल्याउँदै, हाटबजार समितिसँग समन्वय गरी कपडाको झोला प्रयोगलाई प्रोत्साहित गर्नुपर्ने धारणा राखिन् ।
प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरीले कोहलपुरलाई ‘स्मार्ट सिटी’ बनाउने सम्भावना औंल्याउँदै, घरघरबाटै फोहोरको वर्गीकरणले रिसाइकल प्रक्रिया सहज हुने बताए । कार्यक्रममा बोल्दै सामाजिक बिकास समिति संयोजक ईश्वरी बिकले फोहरमैला व्यवस्थापनलाई सामाजिक मुद्धाको रुपमा लिनुपर्ने बताए । बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्लास्टिकजन्य फोहोरको असरबारे प्रस्तुति दिँदै कार्यक्रममा सहभागीहरूलाई समस्या र समाधानका उपायहरूबारे जानकारी गराएका थिए । कार्यक्रममा बास नेपालकी निबर्तमान केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले स्वागत गरेकि थिईन् भने कार्यक्रम संयोजक माधव काकीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम प्रबन्धक मन भण्डारीले छलफल सहिजरकण गरेका थिए । कार्यक्रममा ४५ बढिको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्: