
नेपालगञ्ज जेठ १८, नेपालको सहजीकरण र गेरुवा गाँउपालिकाको आयोजनामा पालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई स्थानिय कानुन निर्माण र गाँउ सभा सञ्चालन बिषयमा तालिम सम्पन्न भएको छ ।
बर्दियाको ठाकुरद्धारा स्थित बर्दिया टाईगर रिसोर्टमा शनिबार र आईतवार गरी दुई दिन सम्म सञ्चालन भएको उक्त तालिममा नेपालका सरकारका पूर्व अर्थ सचिव तथा राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयुक्त कृष्णहरी बास्कोटाले प्रशिक्षण दिएका थिए ।
दुईदिन सम्म सञ्चालन भएको तालिमा प्रशक्षिक बास्कोटाले सभाको बैठक र कार्यप्रणाली, सभाको व्यवस्थापन सम्बन्धी कार्यविधि, स्थानिय तहको योजना तर्जुमा तथा कार्यन्वयन, स्थानीय तहको न्यायीक कार्य सम्बन्धी व्यवस्था, स्थानीय तहमा अख्तियारले औंल्याउने गरेको बेरुजुको अवस्था कम गर्ने रणनीतिक उपाय,, स्थानीय तहमा गठबन्धनका विभिन्न समिति र तिनका कर्तव्य तथा आपसी समन्वयको अवस्थाका बारेमा प्रशिक्षण दिएका थिए ।
त्यस्तै स्थानीय तहको निति तथा कार्यक्रम र बजेटको अवस्था, स्थानीय तहमा कानुन निर्माण प्रक्रिया, स्थानीय तहमा सवारी साधनको प्रयोग तथा त्यसमा खपत हुने ईन्धन सम्बन्धी कानूनी सिमा, स्थानीय तहले गर्ने खर्च सिमा, स्थानीय तहले उपलब्ध गराउने सेवा सुविधाहरुको सिमा, स्थानीय तहको आन्तरिक खर्च प्रणलीको नियन्त्रण र कार्यपालिका र सभाको क्षेत्राधिकार र कानूनी मान्यता लगायतका बिषयमा दुई दिनसम्म तालिम दिईएका थिए ।
गेरुवा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा नम्बर १ देखी ६ नम्बर वडाका सबै वडा अध्यक्षका साथै वडा सदस्यहरु, कार्यापालिका सदस्यहरु, पालिकाका बिभिन्न शाखा प्रमुखहरुका साथै सम्पुर्ण कर्मचारीहरुको गरी तालिममा ७० जनाको सहभागीता रहेका थिए ।
तालिमा समापनमा प्रतिक्रिया मन्तब्यमा बोल्दै गेरुवा गाँउपपालिकाका सामाजिक बिकास समति संयोजक तथा वडा नम्बर ३ का वडा अध्यक्ष निर्मल चौधरी र पुर्वाधार शाखा प्रमुख टंकर रोकायाले यो दुई दिनको बसाई निकै उपलब्धीमुलक रहेको बताए ।
तालिमको समापन सत्रमा बोल्दै गेरुवा गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत नर बहादुर चन्दले पुर्व अर्थ सचिव बास्कोटाबाट विभिन्न कानूनी पाटोका कुराहरु, दैनिक रुपमा गर्दै आएका कामकाजहरु नीति नियममा रहेर सहज र सरल रुपमा गर्न सकिने तरिकाहरुका बारेमा जानकारी भएको बताए ।
गाँउ सभा सञ्चालन देखि स्थानीय कानून निर्माणको विषयमा कर्मचारीहरु र जनप्रतिनिधिहरु जानकार हुनै पर्ने कुरालाई मध्यनजर गर्दै यो तालिम आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत चन्दले भने ।
तालिमको धन्यवाद ज्ञापन सहित समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए कार्यक्रम सञ्चालन कार्यक्रम प्रबन्धक मन भण्डारीले गरेका थिए ।
त्यसैगरि आईतवारनै ठाकुरबाबा नगरपालिकाका जन प्रतिनिधिहरु र कर्मचारीहरुलाई सकारात्मक शोच तथा क्षमता अभिवृद्धि तालिम दिईयो ।
नगरपालिकाकै सभाहलमा आयोजना गरिएको उक्त तालिममा नेपालका सरकारका पुर्व अर्थ सचिव तथा राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयुक्त कृष्णहरी बास्कोटाले प्रशिक्षण दिएका थिए ।
ठाकुरबाबा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि आयोजना गरिएको तालिममा पालिका उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, शाखा प्रमुख र कर्मचारीहरु गरी ६० जनाको उपस्थिति रहेका थिए ।
कार्यक्रमको समापनमा धन्यवाद ज्ञापन सहित आफ्नो मन्तब्य राख्दै मधुवन नगरपालिकाकी नगर उप प्रमुख विना कुमारी भटराईले आफूहरुलाई थाहा नभएको कुराहरुका बारेमा जानकारी दिएकोमा नेपाल सरकारका पुर्व अर्थ सचिव कृष्णहरि बास्कोटालाई धन्यवाद दिईन् । उप प्रमुख भटराई भन्छिन् यो पटकको तालिमको अवधि छोटो भएकाले आउँदो आर्थिक बजेटमा दुईदिनको तालिमको आयोजना गर्ने बताइन् ।
नेपाल संघीय समाजवादी पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न, तीनवुँदे निर्णय सार्वजनिक
संघीय समाजवादीले ‘जनजागरण तथा संगठन सुदृढीकरण अभियान’ देशभर सञ्चालन गर्ने
प्रतिक्रिया दिनुहोस्: