गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन

२०८२ जेष्ठ १४

काठमाडौं जेठ १३, मंगलबार माइतीघरमण्डलमा अखिल क्रान्तिकारी, अखिल समाजवादी, अनेरास्ववियू, युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग र युवा संगठनले संयुक्त रुपमा प्रदर्शन गर्दै गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् ।
काठमाडौंमा विभिन्न विद्यार्थी संगठनले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रदर्शन गरे ।
प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन र मन्त्रीको राजीनामा आवश्यक ठहराए ।
भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन् ।
१३ जेठ, काठमाडौं। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै अखिल क्रान्तिकारी विद्यार्थी संगठनलगायतले प्रदर्शन गरेका छन् ।
मंगलबार माइतीघरमण्डलमा अखिल क्रान्तिकारी, अखिल समाजवादी, अनेरास्ववियू, युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग र युवा संगठनले संयुक्त रुपमा प्रदर्शन गर्दै गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् ।
उनीहरूले नालायक गृहमन्त्री राजीनामा दे, भ्रष्ट गृहमन्त्री राजीनामा दे, दलाल सरकार मुर्दावाद, भिजिट भिसा काण्डको निष्पक्ष छानबिन गरलगायतका नारा लगाएका थिए ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा तथा भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै विपक्षी दलले आजको बैठक चल्न दिएनन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रालय सहसचिव तीर्थराज भट्टराई पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्: