
नबराज न्यौपाने
आज मे १७, विश्वभर यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूमाथि हुने घृणा, विभेद र हिंसाविरुद्ध आवाज उठाइने ऐतिहासिक दिन हो। यस दिनको महत्व सन् १९९० को मे १७ मा विश्व स्वास्थ्य संगठनले समलैङ्गिकता तथा यौनिक विविधतालाई मानसिक रोगको सूचीबाट औपचारिक रूपमा हटाएको घटनाबाट सुरु हुन्छ । नेपालमा सन् २००४ यता यस ऐतिहासिक उपलब्धिलाई आधार बनाई “यौनिक तथा लैङ्गिक अल्पसंख्यकमाथि हुने घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवस” का रूपमा विभिन्न कार्यक्रम, अभियान र जनचेतनामूलक गतिविधिहरू हुँदै आएका छन् ।
तर अझै पनि नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय परिवार, समाज र राज्यबाटै हुने विभेद, हिंसा र अस्वीकारको शिकार भइरहेका छन् । तेस्रोलिङ्गी तथा समलैङ्गिक नागरिकहरू खुला रूपमा आफ्नो पहिचान प्रकट गर्न सहज वातावरणबाट वञ्चित छन् । सामाजिक बहिष्कार, पारिवारिक उपेक्षा, कानुनी अन्यौलता र सरकारी उपेक्षाका कारण हामीहरू समान अधिकार र सम्मानका साथ जीवन यापन गर्न सकिरहेका छैनौं । हामी नेपाली नागरिक हौं, यही राष्ट्रका सन्तान हौं । तर हाम्रो अस्तित्वलाई अझै पनि दातृ निकायको भरमा धकेल्ने प्रवृत्ति कायमै छ। राज्यको तर्फबाट समावेशी नीति, कार्यक्रम र बजेट विनियोजनमा स्पष्ट उदासीनता देखिन्छ । यो प्रवृत्तिको अन्त्य यही दिवसबाट शुरु होस् ।
यस सन्दर्भमा, मायाको पहिचान नेपाल निम्न स्पष्ट मागहरू राख्दछ :
१. राजनीतिक समावेश सुनिश्चित गरियोस् :
संघ, प्रदेश र स्थानीय तहका सरकारी निकायहरू, राजनीतिक दलहरू तथा संवैधानिक आयोगहरूमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरूको सार्थक र प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्न सकारात्मक कार्यनीतिहरू निर्माण गरी तुरुन्त कार्यान्वयन गरियोस् ।
२. आर्थिक बहिष्करण अन्त्य गरियोस्ः
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई लक्षित गरी आर्थिक सशक्तीकरण कार्यक्रमहरू, समावेशी वित्तीय नीति, तथा उद्यमशीलता प्रवद्र्धनका अवसरहरू सुनिश्चित गरियोस्। आर्थिक न्याय नै आत्मसम्मान, आत्मनिर्भरता र जीवनको आधार हो ।
३. घृणा अपराधलाई राज्यविरुद्धको अपराध घोषणा गरियोस् ः
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूमाथि हुने विभेद तथा हिंसालाई आपराधिक संहितामा स्पष्ट रूपमा ‘घृणा अपराध’ का रूपमा परिभाषित गरियोस्। यस्ता अपराधलाई राज्यविरुद्धको गम्भीर अपराध मानी, राज्य आफैँले मुद्दा दायर गर्ने र कडा सजाय सुनिश्चित गर्ने कानुनी व्यवस्था गरियोस् ।
यस विशेष अवसरमा हामी सबै सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूसँग अनुरोध गर्न चाहन्छौं, आउनुहोस्, यौनिक तथा लैङ्गिक विविधता भित्र रहेका सबै नागरिकप्रति सम्मान, सहानुभूति र सहयोगको भावना विकास गरौँ। समावेशी, सुरक्षित र बराबरीपूर्ण समाज निर्माणमा साझा जिम्मेवारी बहन गरौं ।
हाम्रो माग स्पष्ट छ । राज्यको मूल प्रवाहमा हाम्रो पहिचान र अधिकारलाई संस्थागत गरियोस् । सबै नागरिकलाई समान अधिकार प्राप्त हुने लोकतान्त्रिक मूल्यको सम्मान गरियोस् ।
‘विविधता घृणाको कारण होइन, सम्मानको आधार हो’ भन्ने सन्देशसहित, मे १७ को यो अर्थपूर्ण दिवसको अवसरमा सबैमा ऐक्यवद्धता र शुभकामना व्यक्त गर्दछौं ।
कोशी प्रदेशका प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले बौद्ध दर्शनका प्रवर्तक एवम् विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६९ औं बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको पावन अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना व्यक्त गर्दै भन्नुभएको छ । “बैशाख शुक्लपक्षको पुर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि–संयोग अर्थात जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मवलम्बीहरूद्वारा गौतम बुद्धप्रति श्रद्धा एवम् भक्तिभाव व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ । त्यसैगरि वसन्त ऋतुको आगमनसँगै प्राकृतिक ऋतुचक्रसँग तादाम्यता कायम गरी मनाइने किरात चाड विशेषगरी राई, लिम्बु, याक्खा, सुनुवार जातिहरूले विभिन्न नामबाट मानउने गर्दछन। यस प्रकारको साँस्कृतिक पर्वले देशको साँस्कृतिक विविधतालाई कायम राख्दै नेपाली समाजको एकतालाई थप बलियो बनाउने विश्वास लिएको छु ।”
भ्रष्टाचार विरुद्धको राष्ट्रिय महाअभियान :
म राजेन्द्र खनाल, वर्ष ४३, काठमाडौ नागार्जुन–८ स्थाइ निवासी ‘भ्रष्टाचार विरुद्धको राष्ट्रिय महाअभियान’को अध्यक्ष साथै सामाजिक अभियनता हु ।
तर, केहिदिन अगाडिदेखि डा.मोज बहादुर बगाले नाम गरेको कन्सल्टटेन्सी व्यवसायी र मेरो पुर्व मित्र पनि रहेको व्यक्तिले मेरो विरुद्धमा मानहानी हुने गरि मिडियाबाजी गर्दै हिडिरहेकोले मेरो गम्भीर ध्यानाकर्षण भै म लगत्तै कानुनी कारबाहीमा जाने उदघोष गर्दौ उसको कुरामा कुनै सत्यता नरहेको पनि यो विज्ञपति मार्फत जानकारी गराउदछु ।
म जहिले पनि सदैव सामाजिक अभियनता र सत्य बोल्ने व्यक्ति भएकोले घटनाको यथार्थ पनि प्रस्तुत गर्दछु ।
यही बैशाख २८ गते वित्तिय पीडितहरुको समर्थन अभियान र दिदी बिमारी समेत भएकोले भेट्न चितवन जान लागेको थिए । त्यत्तिकैमा पुर्व मित्र बगालेले मेरो सितापाइला बासस्थानमा गाडी लिइ आइ पोखरा हुँदै चितवन जावौ भनी जबर्जस्ति गर्यो । त्यसपछी उसको गाडिमा दुवैजना पोखरा गैयो।पोखरामा उसको काम सकियो, ढिलो भयो, म चितवन जान पनि सकिन।अनि उसैले दमौलिको दुना टपरी होटेलमा ल्यायो,रुम बुक गर्यो।त्यसपछि उसैले रक्सी मगायो, नखावौ नखावौ,भन्दा पनि थाकियो केही हुन्न भन्दै मगायो ,खाइयो।अब खाने क्रममा व्यवहारिक कुरा पनि आयो।केही समय अगाडि उसले मेरो अर्को साथी पुर्व प्रहरी इन्सपेक्टर जलु गुरुङको बैनि सुसिला गुरुङलाइ सम्झौता पत्र अनुसार ग्रीनकार्ड सहित ४०लाखमा अमेरिका पुर्याइदिन्छु भने चेक मार्फत १०लाख पेश्की समेत लिएको थियो। जसको माध्यम र जमानी जत्तिकै म थिए।अब कुराकै सिलसिलामा मैले त्यो १०लाखको प्रमाण त दिनुहोस् मात्रै के भनेको थिए, बगालेले मलाइ एक्कासि अदालत मार्फत आइज भन्दै टेवल ठोक्यो।म सालिन अनि झै झगडा गर्न नजान्ने व्यक्ती ,चुपचाप बसे।तर भनाभन चै भको नै हो । त्यत्तिकै एउटै रुममा सुतियो ।
जब,बिहान भएछ,मेरो सिरक खोल्ने व्यक्ति प्रहरि थिए।म झस्किदै किन ?के भो?भन्दा तपाइले उहालाइ मार्न खोज्नु भयो रे, पाच लाख फिरौती माग्नु भयो रे भन्दै कल आयो चौकी जाऔ भन्यो।त्यसपछी मैले कल मार्फत इन्सपेक्टर साथी गुरुङलाइ कल गरे, स्थिति बुझ्नलाइ जाउ भनेपछी म चौकी गए । तर, बगाले भागे।मलाइ बिना प्रमाण, बिना निवेदन, बिना उजुरी प्रहरीले चौकिमा २ दिन राख्यो । त्यसैविच मित्र इन्सपेक्टर गुरुङले पत्रकार प्रतिमा सैजु पठाएर बुझेर म छुटे काठमाडौ आए ।
अब ,बगालेकै गाडिमा, बगालेकै पैसामा म गएको, मैले त्यो बैनिको १०लाखको प्रमाण दिनुहोस् भन्दा आफै अदालत मार्फत आउ भन्ने, निहु खोज्ने अनि अहिले अनेक मिडियाबाजी गर्दै मेरो मानहानी गर्दै आइरहेकोले अझै यो देशमा सत्यता मरेको छैन।इमानदार र सत्यवादी पत्रकार , प्रहरिहरु,समाजसेवीहरु पनि छन् र मैले निश्चित न्याय पाउने छु भन्ने आशा गर्दै, अनुरोध गर्दै त्यस्ता फटाहालाइ खरबरदारी गर्न साथै काननको दायरामा ल्याउन सप्रमाण सहित पत्रकार सम्मेलन गर्दछु ।
कोशी प्रदेशका मुख्यमन्त्री परशुराम खापुङ्गले एक प्रेस विज्ञाप्ति प्रकाशित गरि २५६९ औं बुद्धजयन्ती तथा उभौली पर्वको शुभकामना बौद्ध दर्शनका प्रवर्तक एवम् विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६९ औं बुद्धजयन्ती तथा किरातहरूको महान चाड उभौली, साकेलाको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
बैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि–संयोग अर्थात जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मवलम्बीहरूद्वारा गौतम बुद्धप्रति श्रद्धा एवम् भक्तिभाव व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ ।
त्यसैगरि वसन्त ऋतुको आगमनसँगै प्राकृतिक ऋतुचक्रसँग तादाम्यता कायम गरी मनाइने किरात चाड विशेषगरी राई, लिम्बु, याक्खा, सुनुवार जातिहरूले विभिन्न नामबाट मनाउने गर्दछन् । यस प्रकारको सास्कृतिक पर्वले देशको सांस्कृतिक विविधतालाई कायम राख्दै नेपाली समाजको एकतालाई थप बलियो बनाउने विश्वास लिएको छु ।
अन्तमा, २५६९ औँ बुद्ध जयन्ती तथा उभौली पर्वको यस शुभ अवसरमा बुद्धको अहिंसात्मक शान्ति सन्देश तथा उपदेशको स्मरण गर्दै एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महान् अभियानमा लाग्न सम्पूर्ण महानुभावलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।
प्रतिक्रिया दिनुहोस्: